नेपालमै पहिलोपटक किसानलाई ‘परिचयपत्र’
१६ माघ २०७७
•
३ मिनेट पाठ
नेपालमै पहिलोपटक किसानलाई ‘परिचयपत्र’
जानकी एग्रो फार्मका सञ्चालक दीपक तिमिल्सिनालाई किसान परिचय पत्र वितरण गर्दै गण्डकी प्रदेशका कृषिमन्त्री लेखबहादुर थापामगर । तस्बिर ः सन्देश श्रेष्ठ÷नागरिक
पोखरा महानगरपालिकाले किसानलाई ‘किसान परिचयपत्र’ वितरण सुरु गरेको छ । महानगरपालिकाले शुक्रबार पोखरामा एक औपचारिक कार्यक्रम गरी ‘किसान परिचय पत्र’ वितरण शुरु गरेको हो ।  




किसान परिचय पत्र वितरण गर्नेमा पोखरा महानगरपालिका देशकै पहिलो स्थानीय तह बनेको महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए । महानगरले पहिलो चरणमा २ सय ८८ जना पशुपंछी पालक किसानलाई ‘किसान परिचय पत्र’ वितरण गरेको जनाएको छ । जस अन्तर्गत विशिष्ट कृषक ८, उद्यमी कृषक ५, व्यवसायिक किसान १३, व्यवसाय उन्मुख किसान ९८ र साना व्यवसायी कृषक १६४ जनालाई किसान परिचय पत्र वितरण गरिएको पोखरा महानगरपालिकाका पशु सेवा विभागका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले किसानलाई ७ वर्गमा वर्गीकरण गर्ने नीति लिए अनुरुप महानगरपालिकाले किसान वर्गीकरण गरेर परिचय पत्र वितरण गरेको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । प्रदेश सरकारले १५० भन्दा बढी गाईभैंसी पाल्ने र १ करोड रुपैयाँ भन्दा बढी लगानी गरेका किसानलाई विशिष्ट किसान, ६१ देखि १५० वटासम्म गाईभैंसी पाल्ने र १ करोड रुपैयाँसम्म लगानी गर्ने किसानलाई उद्यमी किसान, ३० देखि ६० वटासम्म गाईभैंसी पाल्ने र ५० लाख भन्दा बढी लगानी गर्ने किसानलाई व्यवसायीक, १० देखि ३० वटासम्म गाईभैंसी र ५० लाखसम्म लगानी गर्ने किसानलाई व्यवसाय उन्मुख कृषक, ५ देखि ९ वटासम्म गाईभैंसी र १० लाखसम्म लगानी गर्ने किसानलाई साना व्यवसायी कृषक भनेर वर्गीकरण गरेको छ ।  

त्यस्तै १ देखि ४ वटासम्म गाईभैंसी पाल्ने किसानलाई निर्वाहमुखी कृषक र एउटा मात्र गाईभैंसी पाल्ने किसानलाई सिमान्तकृत कृषक भनेर वर्गिकरण गरेको छ । महानगरपालिकाले निर्वाहमुखी कृषक र सिमान्तकृत कृषकलाई भने परिचय पत्र वितरण तत्काल नगर्ने जनाएको छ । किसान परिचयपत्र पाएपछि पोखरेली किसान खुसी भएका छन् । किसान भएर पनि परिचयपत्र नपाउँदा पहिचानविहीन बनेका किसानले परिचयपत्र पाउँदा खुसी लागेको बताए । किसान परिचयपत्र पाएका किसान दीपक तिमिल्सिनाले वर्षौंदेखि किसान परिचयपत्रका लागि लड्दै आएपनि बल्ल अधिकार पाएको बताए । ‘लड्दालड्दा बल्लबल्ल किसानको पहिचान प्राप्त भयो, हामीले वर्षौंदेखिको लडाईंको प्रतिफल प्राप्त ग¥यौं,’ उनले भने ।

किसान परिचयपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले किसान परिचयपत्र किसानका लागि गर्वको विषय भएको बताए । ‘कृषिको स्तर मापन गर्न पनि किसान परिचयपत्र चाहिन्छ, ‘उनले भने, ‘यो किसानको पहिचान पनि हो ।’ उनले किसान परिचयपत्र कृषकलाई पेन्सन वितरण गर्नका लागि पनि उपयोगी हुने बताए ।

मन्त्री थापामगरले किसानलाई अनुदान वितरणका लागि पनि परिचयपत्रले मद्दत गर्ने बताए । किसान परिचयपत्र वितरणपछि झोले किसानले अनुदान पाउने अवस्थाको अन्त्य हुने उनले विश्वास व्यक्त गरे । साथै उनले उत्पादनसँगै उत्पादित वस्तुको बजारको समेत ग्यारेन्टी गर्नुपर्ने बताए । त्यसको जिम्मा सरकारले लिनुपर्ने उनको भनाई छ ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले किसानलाई किसान हो भनेर परिचय पत्र वितरण गर्न पाएकोमा खुशी व्यक्त गरे । किसान परिचयपत्र नहुँदा अनुदान बास्तविक किसानले पाउन नसकेको बताउँदै उनले भने, ‘अहिलेसम्म सरकार जसको हो त्यहि पार्टी निकटका कार्यकर्ताले कृषि अनुदान लैजाने गरेका थिए । तर यसले त्यसको अन्त्य गर्छ ।’ उनले किसानलाई उत्पादनमा जोड दिन आग्रह गर्दै भने, ‘तपाईंहरु उत्पादन गर्नुस्, महानगरले उत्पादित वस्तुको न्यूनतम मूल्य तोक्छ, त्यस्ता बस्तुको बजार खोज्छ । बजार नपाएर उत्पादित वस्तु खेर गएमा त्यसको क्षतिपूर्तिसमेत महानगरले दिन्छ ।’  

उनले महानगरपालिका भित्र उत्पादित वस्तुको बजार ग्यारेन्टी गर्न बाहिरका वस्तु आयातमा प्रतिबन्ध लगाउने पक्षमा महानगर रहेको बताए । ‘कसैले सिण्डिकेट भन्छ भने पनि भनोस्, ‘उनले भने, ‘महानगरपालिका भित्र उत्पादित वस्तुको उपभोग पहिले महानगरभित्रै हुनुपर्छ, बाहिरका बस्तु ल्याएर यहाँकोले बजार नपाउने स्थिति हुनु हुँदैन, हामी त्यहि दिशामा अघि बढ्दैछौं ।’
अर्को समाचार
द्वन्द्वपीडितको परिचयपत्रले सिंहदरबार प्रवेश पाइने
०७ कार्तिक २०७८
•
१ मिनेट पाठ
द्वन्द्वपीडितको परिचयपत्रले सिंहदरबार प्रवेश पाइने
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वपीडित भनेर जारी गरेको परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न पाइने भएको छ।  




गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँण र आयोगका पदाधिकारीबीच आज भएको छलफलमा आयोगले जारी गरेको परिचयपत्र वाहकलाई सिंहदरबारमा प्रवेश दिने सहमति भएको हो।

आयोगका अध्यक्ष युवराज सुवेदी, सदस्य विश्वप्रकाश भण्डारी, डा गङ्गाधर अधिकारी, सुनिल रञ्जन सिंह र सरिता थापा तथा सचिव श्यामकुमार भट्टराई अहिलेसम्म गरेका काम र अब गृह मन्त्रालयसँगको समन्वय गर्ने कामबारे मन्त्री खाँणसँग छलफल गरेका थिए।

गृह मन्त्रालयका तर्फबाट मन्त्री खाँण, सचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सहभागी थिए। आयोगका पदाधिकारीले तत्कालका लागि आयोगले परिचयपत्र प्रदान गरेका द्वन्द्वपीडितलाई त्यही परिचयपत्र देखाएर सिंहदरबार छिर्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए।

आग्रहअनुरुप आयोगको परिचयपत्र भएकालाई  सिंहदरबारमा प्रवेश गर्न दिने व्यवस्था मिलाउन गृहमन्त्री खाँणले निर्देशन दिएको प्रवक्ता पोखरेलले जानकारी दिए।

गृहमन्त्री खाँणसहित मन्त्रालयका पदाधिकारी र आयोगका पदाधिकारीबीच पीडित परिवारलाई राहत उपलब्ध गराउने, आयोगले परिचयपत्र दिएका व्यक्तिले पाउने सेवासुविधा, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ मा संशोधनलगायत विषयमा छलफल भएको थियो।  

आयोगले अहिलेसम्म ७४४ परिवारका एक हजार ३७८ जनालाई परिचयपत्र प्रदान गरेको छ। आयोगका प्रवक्ता डा अधिकारीका अनुसार आयोगमा अहिलेसम्म तीन हजार २४३ ले आफ्नो परिवारका सदस्य बेपत्ता भएको भनेर उजुरी दिएका छन्। त्यसमध्ये आयोगले दुई हजार ४९७ उजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको प्रवक्ता डा अधिकारीले जानकारी दिए।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस