नयाँ सहकारी बैंक स्थापना हुने
१८ माघ २०७७
•
२ मिनेट पाठ
नयाँ सहकारी बैंक स्थापना हुने
नेपाल सहकारी बैंक लिमिटेडको प्रारम्भिक भेला उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि । तस्बिरः नागरिक
मुलुकमा एउटा मात्र सहकारी बैंकले सहकारी क्षेत्रलाई प्रयाप्त सेवा दिन नसकेको भन्दै अर्को सहकारी बैंक स्थापना हुने भएको छ। अहिलेसम्म राष्ट्रिय सहकारी बैंक मात्र रहेकोमा नयाँ सहकारी बैंक स्थापना गर्न लागिएको हो।




प्रस्तावित नेपाल सहकारी बैंक लिमिटेडको प्रारम्भिक भेला शनिवार राजधानीमा सम्पन्न भएको छ। भेलामा ४२ जिल्लाका करिब एक हजार भन्दा बढी सहकारीका प्रनिनिधि सहभागी थिए। भेलाले बैंक सहकारी अभियान्ता सुरेन्द्र भण्डारीको संयोजकत्वमा तदर्श सञ्चालक समिति गठन भएको छ।

बैंकको भेलाको उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति सहकारी ऐनमा भएको व्यवस्था अनुसार प्रतिस्पर्धी रुपमा बैंक आउनु आवश्यक भएको बताए। मुलुकको संविधानमा तीन खम्बे अर्थनीतिले सहकारीलाई एक खम्बाको रुपमा परिभाषित गरेकाले सहकारीको महत्व रहेको बताए। ‘मुलुककमा एउटा मात्र सहकारी बैंक प्रयाप्त छैन,’ निधिले भने, ‘सहकारी बैंक आर्थिक समृद्धिको सारथी बन्नुपर्छ।’

तीन अर्ब रुपैयाँ पुँजीको सहकारी बैंक स्थापना गर्न लागेको तदर्श समितिका संयोजक सुरेन्द्र भण्डारीले बताए। अहिलेको राष्ट्रिय सहकारी बैंकले सबै सहकारीलाई सेवा दिन नसकेकाले नयाँ बैंक ल्याउन लागेको बताए।

नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर चिरन्जिबी नेपालले मुलुकमा सहकारीको संख्या धेरै भएकाले नयाँ बैंक आवश्यक रहेको बताए। ‘मुलुकका लागि थप सहकारी बैंक आवश्यक छ,’ नेपालले भने, ‘छरिएर रहेको बचतलाई एकीकृत गर्न सघाउँछ।’  

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७५ मा भएको व्यवस्था अनुसार नयाँ बैंक आउनु आवश्यक रहेको बताए। ‘सहकारीलाई प्रतिस्पर्धी बनाउनु पर्छ,’ पौडेलले भने, ‘अब सहकारीमा प्रविधिको प्रयोग गर्नुपर्छ।’

सकारीले गरिबी निवारणमा भूमिका खेल्नुपर्ने नेपाली कांग्रेस सहकारी तथा वित्त विभागका प्रमुख आनन्द ढुंगानाले बताए।  

पूर्व अर्थ राज्य मन्त्री उदय शमशेर राणाले प्रतिस्पर्धी बजारमा एकाधिकार अन्त्य गर्नका लागि नयाँ बैंक आवश्यक रहेको बताए। नयाँ सहकारी बैंक व्यावसायिक हुनुपर्ने सहकारी अभियान्ता भानुक्त ढकालले बताए। अर्थतन्त्रमा सहकारीको योगदान बढाउनका लागि पनि बैंक आवश्यक भएको नेपाल सहकारी बैंक लिमिटेडका प्रस्तावित प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र पौडेलले बताए।
अर्को समाचार
रैथानेबाली संरक्षण गर्न ‘बीउ बैंक’
३० वैशाख २०८२
•
१ मिनेट पाठ
रैथानेबाली संरक्षण गर्न ‘बीउ बैंक’
दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित मूलकोट कृषि सहकारी संस्थाले रैथानेबाली संरक्षण गर्न बीउ बैंक स्थापना गरेको छ। लोप भइसकेका बालीलाई संरक्षण गर्न बीउ बैंक स्थापना गरिएको हो।




संस्थाका अध्यक्ष झरना पुनले अहिले बीउ सङ्कलन कार्य सुरु गरिएको बताउँदै आगामी दिनमा त्यसलाई उत्पादन गरेर बिक्री गर्ने योजना रहेको जानकारी दिए। अहिले ५० भन्दा बढी बालीको बीउ सङ्कलन गरिएको उनले उल्लेख गरे।

'हामीले ५० भन्दा बढी लोेप हुने अवस्थामा रहेका बाली सङ्कलन गरेका छौँ, ती बालीको बीउ सङ्कलन गरेर बैंक बनाएका छौँ,' उनले भने, 'सङ्कलित बीउ उत्पादन गरेर बजारमा बिक्री गर्ने योजना बनाएका छौँ।'

कोदो, फापर, स्थानीय धान, भटमास, गहुँ, टमाटर, तिल, गहत, बोरी, टमाटरलगायत बाली उत्पादन गर्ने गरिएको छ। अहिले कतिपय स्थानीय बाली लोप भइसकेका भन्दै यसरी बीउ बैंक निर्माण गर्नु सकारात्मक पक्ष भएको तुलसीपुर उपमहानगरपालिकाका कृषि शाखा प्रमुख कुलराज चौधरीले बताए।

'परम्परागत बाली धेरै लोप भइसकेका छन्,' उनले भने, 'यसरी बीउ बैंक स्थापना गरेर संरक्षणको पहल थाल्नु सकारात्मक पक्ष हो।' यो कार्य सबै कृषि सहकारीहरूले गर्नुपर्नेमा उनले जोड दिए। रासस
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस