काठमाडौं - लागत उच्च भएको भन्दै प्रक्रिया रोकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अब भने निर्माण हुने संकेत देखिएको छ। यो विमानस्थल चिनियाँ ठेकेदार कम्पनीले नेपाली लागतमै बनाउने भएका हुन्।
विमानस्थल निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले आह्वान गरेको टेन्डरमा सबैभन्दा सस्तो कबोल गरेको चाइना सिएएमसी कम्पनी आधाभन्दा सस्तोमा बनाउन 'सहमत' भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले जानकारी दियो।
'सिएएमसीले यसअघि २८ अर्ब ६ करोड रुपैयाँमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन टेन्डर हालेको थियो। यसको चौतर्फी विरोध भएपछि प्रक्रिया रोकिएको थियो,' स्रोतले सोमबार नागरिकसँग भने, 'अहिले आएर सिएएमसी हाम्रो अनुमानअनुसार १५ अर्ब २७ करोड २० लाख रुपैयाँमा विमानस्थल निर्माण गर्न सहमत भएको छ।'
स्रोतका अनुसार चीनले नेपाली अधिकारीहरूलाई आफ्ना विभिन्न विमानस्थल र तिनका डिजाइन अध्ययन गर्न दिएको निम्तो स्वीकार्दै हालै त्यता गएको टोलीसँग नेपाली लागतमै विमानस्थल निर्माण गर्न सहमत भएको हो। टोलीको नेतृत्व पर्यटन मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्यालले गरेका थिए। उड्डयन प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धर पनि सँगै गएका थिए।
चीन पुगेर नेपाली टोलीले बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थल र चेङ्दु अन्तर्राष्ट्रिय विमानस्थल भ्रमण गरेको थियो। ती विमानस्थलका डिजाइन पनि टोलीले अध्ययन गरेको थियो।
'विमानस्थल निर्माणका लागि सिएएमसीसँग आगामी साउन १७ देखि भदौ १५ भित्र व्यापारिक सम्झौता हुनेछ,' स्रोतले भन्यो, 'त्यसपछि सम्भाव्यता अध्ययन हुन्छ। अध्ययन प्रतिवेदनलाई अर्थ मन्त्रालयमार्फत चीनको एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंक पठाइने छ। अध्ययनका लागि चिनियाँ टोली चाँडै आउँदैछ।'
त्यसपछि ठेक्का सम्झौता हुने र दुवै देशका सरकारबीच ऋण सम्झौता हुने सम्बद्ध एक अधिकारीले जानकारी दिए। त्यसपछि इन्जिनियरिङका सुरु हुने र निर्माण कार्य अगाडि बढ्ने उनले बताए। 'टेन्डर मागेको डेढ वर्ष भयो, तर राजनीतिक अस्थिरता र चौतर्फी विरोध भएपछि काम अगाडि बढ्न सकेको थिएन,' उनले भने, 'अहिले भने बल हाम्रो कोर्टमा आइपुगेको छ।'
प्राधिकरणले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न २०६८ चैतमा आह्वान गरेको टेन्डरमा चीनका तीन कम्पनी चाइना सिएएमसी कम्पनी लिमिटेड, चाइना वाटर एन्ड इलेक्ट्रिक कम्पनी र सिनो हाइड्रोमात्र योग्य भएका थिए। तीमध्ये सिएएमसीले सबैभन्दा सस्तो प्रस्ताव गरेको थियो। उसले ३० करोड ५० लाख अमेरिकी डलर (त्यसबेलाको २७ अर्ब रुपैयाँ) लागतमा उक्त विमानस्थल निर्माण गर्ने प्रस्ताव हालेको थियो।
प्राधिकरणले भने १६ करोड ६० लाख डलर (त्यसबेलाको १२ अर्ब रुपैयाँ) मा विमानस्थल निर्माण गर्ने अुनमान गरेको थियो। प्राधिकरणले आफ्नै परामर्शदाता कम्पनीबाट गरेको लागत अनुमान १४ करोड ७० लाख डलर (११ अर्ब ७६ करोड रुपैयाँ) थियो।
अर्थ मन्त्रालयले चीनको एक्जिम बैंकबाट लिने सहुलियत ऋणलाई प्राधिकरणले ८ प्रतिशत ब्याज दरमा लिएर विमानस्थल निर्माण गर्न लागेको हो। चिनियाँ एक्जिम बैंकबाट ऋण लिने भएका कारण विमानस्थल बनाउन चिनियाँ ठेकेदार कम्पनीबाहेक अरू सहभागी हुन नपाउने चीनको सर्त थियो।
सम्बद्ध अधिकारीका अनुसार प्राधिकरणले '४डी' स्तरमा विमानस्थल बनाउने गरी टेन्डर आह्वान गरे पनि चिनियाँ पक्षले भने '४ई' बुझेका थिए। ४डी भनेको बोइङ ७५७ सिरिज (२ सय सिट क्षमता) का जहाज उडान–अवतरण गर्न मिल्ने स्तर र ४ई भनेको त्यसभन्दा ठूला आकारका जहाज उडान–अवतरण गर्न मिल्ने खालको विमानस्थल हो। चिनियाँ ठेकेदार कम्पनीले ४ई स्तर बुझेका कारण टेन्डर बुझाउँदा बढी मूल्य तोकेका थिए।
'इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन' (इपिसी) ढाँचामा टेन्डर आह्वान गरिए पनि त्यसको 'गाइडलाइन' नभएका कारण सार्वजनिक खरिद ऐनअनुसार प्रक्रिया अगाडि बढाउन खोज्दा टेन्डर स्वीकृत हुन सकेको थिएन।
विमानस्थल बनाउन इच्छुक कम्पनीसँग पूर्वाधार निर्माणमा न्यूनतम १० वर्षको अनुभवसहित चीन वा त्यहाँभन्दा बाहिर १२ करोड अमेरिकी डलर ( त्यसबेलाको ९ अर्ब ६० करोड रुपैयाँबराबर) को कम्तीमा एउटा विमानस्थल निर्माण गरेको थप अनुभव हुनुपर्ने सर्त छ।
टेन्डर प्रस्तावअनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे, एप्रोन, अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनल बिल्डिङ, एयर ट्राफिक कन्ट्रोल टावर, कार्गो टर्मिनल बिल्डिङ, एयरपोर्ट ह्यांगरलगायत निर्माण गर्नुपर्छ।
ती अधिकारीका अनुसार पहिले ठेकेदार छनोट गर्ने, त्यसपछि ऋण सम्झौता गरेर निर्माण सुरु गर्ने चिनियाँ प्रक्रिया हो। नेपालमा भने पहिले ऋण सम्झौता, त्यसपछि ठेकदार छनोट र बल्ल निर्माण सुरु गर्ने नियम छ। चिनियाँ एक्जिम बैंकले पहिले ठकेदार छनोट गर्न भनेको थियो।
लागत धान्न नसकिने भन्दै प्राधिकरणका कर्मचारीले पोखरामा नयाँ विमानस्थल बनाउन नहुने अडान लिँदै आएका थिए। उता पोखरेलीहरू भने कुनै हालतमा विमानस्थल बनाउनैपर्ने भन्दै आन्दोलनमा उत्रिएका थिए। उनीहरूले विमानस्थल निर्माण सरोकार समितिको अगुवाइमा मुलुककै प्रमुख प्रशानिक केन्द्र सिंहदरबार घेराउदेखि वर्तमान पोखरा विमानस्थलमा उडान–अवतरण बन्दसमेत गरेका थिए।
पोखराको छिनेडाँडामा उक्त क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको हो। यसका लागि ३८ वर्षअघि नै ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। यो विमानस्थलमा ४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लम्बाइको पक्की धावनमार्ग हन्छ। यसमा बोइङ ७५७ आकारसम्मका जहाज उडान–अवतरण गर्न मिल्ने प्राधिकरणको भनाइ छ।