काठमाडौं - व्यवसायीले सुन नकिनेपछि वाणिज्य बैंकहरुसँग साढे ३ सय किलो सुन सञ्चित भएको छ। एक सातादेखि देशभरका पसल बन्द हुँदा हरेक दिनको कोटा र पहिलाको स्टकसमेत गरेर साढे ३ सय किलो सुन थन्किएको बैंकरले बताएका छन्।
१२ वटा बैंकले पालैपालो सुन आयात गरी नेपाल सुनचाँदी व्यवसायी महासंघको सिफारिसमा पसलेलाई बेच्दै आइरहेका छन्। बैंकले एक सातामा बागमती अञ्चलभित्र ५० र बाहिर ५० किलो बिक्री गर्दै आइरहेका छन्। अहिले बैंकले दिनको २० किलो सुन आयात गर्न पाउँछन्।
'व्यवसायीको आन्दोलनले वाणिज्य बैंकमा सुनको सञ्चिती बढ्दै गएको छ,' ग्लोबल बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज व्रजाचार्यले नागरिकसँग भने, 'हरेक दिनको कोटा आयात गर्दा र पहिला बाँकी रहेको सुन जम्मा हुँदै गएको छ।'
व्यवसायीको आन्दोलनले सुन बिक्री नभएपछि बेच्ने वातावरण मिलाउन बैंकहरुले राष्ट्र बैंकलाई पत्र लेखेका छन्। सुन बिक्री नहँुदा त्यसले अर्काे प्रभाव पनि पार्न सक्ने भएकाले सुन बजारमा पुर्याउने वातावरण मिलाउन राष्ट्र बैंकलाई आग्रह गरिएको नेपाल बैंकर्स संघका अध्यक्ष राजनसिंह भण्डारीले बताए। 'महासंघको सिफारिसबिना नै बैंकले बजारमा सुन बेच्न पाउनुपर्ने माग हामीले राष्ट्रबैंकलाई राखेका छौं। राष्ट्र बैंकले एकदुई दिन कुर्न भनेको छ,' उनले भने।
महासंघका अध्यक्ष मणिरत्न शाक्यले सरकारले माग पूरा नगरेसम्म पसल नखोल्ने, सुनको मूल्य पनि नतोक्ने र बैंकबाट सुन पनि नउठाउने बताए। 'सरकारले जबसम्म माग सुनुवाई गर्दैन तबसम्म सुनचाँदीको कुनै कारोबार हुँदैन,' उनले भने।
अनुगमन मापदण्ड नबनाई आफ्ना सदस्यलाई सरकारले कारबाही गर्ने लागेको भन्दै व्यवसायीले अनिश्चितकालीन पसल बन्द गर्दा ६ दिनदेखि सुनको कारोबार भएको छैन।
ठगीमा सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाएपछि व्यवसायीले त्यसको विरोध पसल बन्द गराएका हुन्। आन्दोलनरत व्यवसायी र सरकारबीच सोमबारसम्म वार्ता हुन सकेको छैन।
विभागले पत्र काटेर मंगलबार वार्ताका लागि डाकेको छ। 'त्यसमा सचिव वा मन्त्रीको सहभागिता भयो भने हामी वार्तामा अघि बढ्छं। नत्र वार्ताको सार्थकता हुँदैन,' अध्यक्ष शाक्यले भने। सरकारले शुक्रबार व्यवसायीलाई बोलाए पनि वाणिज्य सचिव लालमणि जोशीको सोही भएपछि छलफल हुन सकेन।
सरकारले ठगी गरेको आरोपमा श्री गणपति ज्वेलर्स, आरबी डायमन्ड र तेजमिन ज्वेलर्सलाई मुद्दा लगाउन अन्तिम तयारी गरेको वाणिज्य विभागले जनाएको छ। व्यवसायीको आन्दोलनले गर्दा उपभोक्ताले सुन किन्न र बेच्न पाइरहेका छैन। १२ हजारभन्दा बढी व्यवसायी पसल बन्द गरेर घाटा खाइरहेका छन् भने ५५ हजार कालीगढ ६ दिनदेखि वेरोजगार छन्।
कारोबार निर्देशका अन्योलमा
व्यवसायीले माग गरेअनुसार वाणिज्य विभागले सुनचाँदी लगायत हीरा जवारतको अनुगमन मापदण्डबारे निर्देशिका बनाउन सकेको छैन। सुनको तौल, ज्याला, र फरक मात्रालगायतको विषयमा विभाग स्ष्पष्ट हुन नसकेको व्यवसायी बताउँछन्।
'बैंकले नै व्यवसायीलाई ९.५ को गुणस्तर उपलब्ध गराउँछ तर सरकारले ९.९९ मात्रा खोज्छ जुन सम्भव नै छैन,' महासंघका महासचिव माणिकरत्न शाक्यले भने, 'ज्यालाका विषयमा पनि त्यस्तै अस्वाभिक कुरा छ। विभागले ५ प्रतिशत भन्छ जब कि ज्याला भनेको कामअनुसारको हुन्छ।'
व्यवसायीले यसअघि कारोबार निर्देशिकाको मस्यौदा बनाएर विभागमा प्रस्ताव गरेका छन्। त्यसमा व्यवसायीको स्वार्थमात्र रहेकाले सबै कुरा उनीहरुले भनेजस्तो नहुने विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले बताए। कारोबार निर्देशिका लागि सुझाव संकलन भएर चाँडै नै जारी गर्ने तयारीसमेत भएको उनले जानकारी दिए।