काठमाडौं - व्यावसायिक प्रतिस्पर्धा र उपभोक्ता रुची हेरेर व्यवसायीले एक सातादेखि चार महिनाभित्र १२ नयाँ मोडेलका गाडी ल्याउँदै छन्।
कार तथा जिपमा उपभोक्ता आकर्षण बढ्दै गएकाले पहिलेको ब्रान्डको नयाँ संस्करणदेखि नयाँलाई नेपाली बजार भित्र्याउन व्यवसायीको प्रतिस्पर्धा चलेको हो। उनीहरुले मध्यमदेखि उच्च वर्ग लक्ष्य गर्दै सुविधायुक्त कार तथा जिप भित्र्याउन लागेका हुन्।
एक साताअघि हुन्डाइको 'आइजेन आइ–२०' भित्र्याएको लक्ष्मी इन्टरकन्टिनेन्टलले १० दिनभित्र 'स्यान्टाफे' जिप ल्याउँदै छ। कम्पनीका बजार व्यवस्थापक रुपेश भट्टले २ हजार ३ सय सिसीको नयाँ जिप १० दिनभित्र सार्वजनिक गर्ने बताए। नेपाली बजारका लागि मूल्य निर्धारण नभए पनि ८० लाख रुपैयाँभन्दा माथि पर्ने कम्पनीले जनाएको छ।
त्यस्तै कन्टिनेन्टल ट्रेडिङले यो महिना अन्तिमतिर रियोको १ हजार ४ सय सिसी क्षमतायुक्त कार भित्र्याउन लागेको छ। २९ देखि ३८ लाख रुपैयाँ पर्ने कार नेपाली उपभोक्तालाई उपयोगी हुने कम्पनीका वरिष्ठ प्रबन्धक छत्र बलायरले बताए। मध्यम वर्गीय उपभोक्तालाई रियोको नयाँ मोडेल उपयोगी हुने उनले दाबी गरे।
केही महिनाअघि 'अल्टो–८००' सार्वजनिक गरेको अरुण इन्टरकन्टिनेन्टलले केही समयपछि सुजुकीको नयाँ मोडेल 'वागनआर' भित्र्याउने छ। १ हजार सिसीको नयाँ मोडेलमा पहिलेभन्दा धेरै विशेषतायुक्त रहेको कम्पनीले जनाएको छ। १९ लाख मूल्यको यो कार पनि मध्यम वर्गीय रोजाइमा पर्ने कम्पनीले विश्वास लिएको छ।
गोल्छा समूहको जिओ अटोमोबाइल्सले पनि 'इको स्पोटर््स' कार ल्याउन लागेको छ। तीन इन्जिनयुक्त गाडी १५ दिन भित्र यहाँ सार्वजनिक गर्न लागिएको प्रबन्ध निर्देशक आकाश गोल्छाले जानकारी दिए। ३५ देखी ४५ लाख रुपैयाँसम्म पर्नसक्ने गाडी पछिल्ला विशेषता र सुविधासहित आउन लागेको कम्पनीले जनाएको छ।
युनाइटेड ट्रेडर्सले पनि केही महिनाभित्र टोयोटा 'इटिएस' को नयाँ संस्करण घरेलु बजार ल्याउँदै छ छ। बजार व्यवस्थापक सहारा केसीले आगामी दशैंसम्म गाडी आउन सक्ने बताइन्। केही ढिला आउने भएकाले हाल यसको नेपालमा बजार मूल्य भने तोकिएको छैन।
सिप्रदीले पनि टाटाको नयाँ कार भित्र्याउन लागेको छ। यसै महिना अन्तिममा टाटाको 'सफारी स्ट्रोम' लाई बजार ल्याउन लागेको हो। २ हजार २ सय सिसीको यो कारको मूल्य ३८ देखि ५० लाखसम्म हुन सक्ने कम्पनीका बजार व्यवस्थापक प्रवीण खड्काले बताए।
केही महिनाभित्र अर्काे कम्पनी नेमलिंक इन्टरनेसनलले पनि पेरोडुआको 'माइभीमा' नयाँ सस्करण भित्र्याउने तयारी गरेको छ। त्यस्तै पद्यश्रीले पनि माज्दाको नयाँ गाडी ल्याउने भएको छ। कारका तीन मोडेल र पिकअप गाडी बेच्दै आएको कम्पनीले एसुयुभीअन्तर्गतका 'सिएक्स–५' गाडी ल्याउने तयारी गरेको हो। सिएक्सको मूल्य नेपालमा ८० देखि १ करोडसम्म पर्नेसक्ने कम्पनीले जनाएको छ।
पूजा इन्टरकन्टिनेन्टलले पोलोको 'जिटिटिएसआई' को नयाँ संस्करण ल्याउन लागेको छ। १ हजार २ सय सिसीको यो गाडी नेपाली बजारमा ३५ लाखसम्म पर्ने बजार व्यवस्थापक सरिक बोगटीले बताए। कम्पनीले पोलोकै 'क्रस' लाई पनि ल्याउने योजना बनाएको छ। निशानका गाडी बेच्दै आएको दुगडले 'सिल्फी' भित्र्याउँदै छ। १ हजार ६ सय सिसीको यो गाडीको बजार मूल्य ५५ देखी ६० लाखसम्म पर्ने कम्पनीले जनाएको छ। त्यस्तै महिन्द्रा, राइनो आरएक्स, होन्डा, फियाटका नयाँ मोडेल पनि नेपाली बजार भित्रिने तयारीमा छन्।