स्थानीय तह र प्रदेश सरकारले लगानी गर्न चाहेर पनि स्रोत अभाव भएका परियोजना कार्यान्वयन गर्न सरकारले सहलगानीका परियोजना अघि बढाउने भएको छ।
समानीकरण, ससर्त, विशेष तथा समपूरक अनुदान दिँदै आएको अर्थ मन्त्रालयले सहलगानीमा पूर्वाधार आयोजना अघि बढाउन नयाँ ढाँचा सुरु गरेको छ।
विभिन्न शीर्षकका अनुदानमार्फत प्रदेश र स्थानीय तहमा बजेट पठाउँदै आएको अर्थ मन्त्रालयले पारस्परिक समन्वय र सहकार्यको आधारमा भौतिक पूर्वाधार र व्यावसायिक क्षेत्रको पूर्वाधार निर्माणका सहलगानी परियोजना अघि बढाउन लागेको हो।
स्थानीय तह तथा प्रदेश सरकारको आयस्रोत बढाउन तथा परियोजनामा साझेदारी र अपनत्व विकास गर्न सहलगानीको अवधारणा ल्याएको अर्थ मन्त्रालयका प्रवक्ता रामप्रसाद घिमिरले बताए। ‘चार प्रकारका अनुदान दिँदै आएका छौं,’ घिमिरेले भने, ‘सहलगानीका परियोजनामार्फत प्रदेश र स्थानीय तहलाई फरक ढाँचामा बजेट दिन लागिएको हो।’ सहलगानीमा सञ्चालन हुने आयोजनाले प्रतिफल दिनुपर्ने उनले बताए।
अर्थ मन्त्रालयले सहलगानी सम्बन्धी कार्यविधि, २०७७ तयार गरेर सहलगानी परियोजनाका लागि प्रस्ताव आह्वान गरेको छ। यसै साता सूचना सार्वजनिक गरेको मन्त्रालयले आगामी फागुन १५ गतेसम्म प्रस्ताव पेस गर्न सक्ने जनाएको छ।
सहलगानीमा सञ्चालन गर्ने स्थानीय तहका आयोजनाको हकमा गाउँपालिका वा नगरपालिकामा कम्तीमा २० करोड रूपैयाँ, उपमहानगरपालिका वा महानगरपालिकामा कम्तीमा ५० करोड र प्रदेश स्तरको आयोजनाको हकमा कम्तीमा एक अर्ब रूपैयाँका आयोजनाका लागि प्रस्ताव पेस गर्न सक्नेछन्।
सहलगानीमा छानिएका आयोजनाको कार्यान्वयन सम्बन्धित प्रदेश वा स्थानीय तहबाट हुनेछ। यस्ता आयोजनाको कार्यान्वयन गर्नुपर्ने अवधि बढीमा पाँच वर्षको हुने व्यवस्था छ। उच्च आर्थिक वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारणमा सहयोग पुग्ने आयोजनालाई प्राथमिकता दिने मन्त्रालयले जनाएको छ।
सञ्चालन गर्ने गरी छनोट भएका आयोजनासँग दोहोरो परेका आयोजनामा भने सहलगानी हुन नसक्ने कार्यविधिले स्पष्ट पारेको छ। स्थानीय तथा प्रदेश सरकारले उपयुक्त देखेका तर बजेट अभावले कार्यान्वयन गर्न नसकेका आयोजनामा प्रस्तावको आधारमा लगानी गर्ने प्रवक्ता घिमिरेले बताए। ‘सहलगानी अनुदान नभएर प्रतिफल दिने लगानी हो,’ उनले भने, ‘प्रतिफल दिने आयोजनामा साझेदारीमा लगानी गर्न नयाँ अभ्यास सुरु गर्न लागेका हौं।’ स्थानीय तथा प्रदेश सरकारले आय बढाउन सकोस् भन्ने उद्देश्य लिएको उनले बताए।
विकासका दृष्टिले प्रदेश र स्थानीय तहमा सन्तुलन कायम गर्ने, प्रदेश र स्थानीय तहको परनिर्भरता घटाउने, स्थानीय स्रोत, साधन र अवसरको उपयोग गर्ने ध्येयले सहलगानीको मोडालिटी तयार गरेर कार्यान्वनयमा ल्याउन लागिएको हो।
स्थानीय तथा प्रदेश सरकारसँगको सहलगानीमा परियोजना सञ्चालन गर्ने तयारी छ। तीनै तहका सरकारको सहभागितामा आर्थिक प्रतिफलयुक्त परियोजना सञ्चालन गर्ने योजना छ। व्यावसायिक रूपमा सम्भाव्य परियोजनामा लगानी सुनिस्चित गरी आयोजना सञ्चालनमा ल्याउन लागेको हो।
यसले प्रदेश र स्थानीय सरकारको स्वामित्वभाव विकास गर्न सघाउ पुग्ने विश्वास गरिएको छ।
अन्तर–सहकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम सरकारले प्रदेश तथा स्थानीय तहलाई पूर्वाधार विकाससम्बन्धी योजना कार्यान्वयन गर्न समपूरक अनुदान दिँदै आएको थियो।
संघ, प्रदेश, स्थानीय तहले सहलगानीमा सञ्चालन गर्ने कार्यक्रम आयोजनाको लागि तत्–तत् तहरूबाट हुने अनुपातिक लगानी नै सहलगानी हो। संघीय सरकार र प्रदेश सरकार, प्रदेश र स्थानीय तह, संघीय सरकार र स्थानीय तह, संघीय सरकार, प्रदेश र स्थानीय तहबीच सहलगानीका आयोजना सञ्चालन गर्न सक्ने व्यवस्था छ।
सहलगानी सम्बन्धी कार्यविधि, २०७७ को दफा ११ बमोजिम न्यूनतम लागत भएका प्रदेश तथा स्थानीय तहमा हस्तान्तरित अधुरा आयोजनामा लगानी गर्न सकिनेछ।
सुरुङ मार्ग, सडक, पुल, फ्लाइओभर, विमानस्थल निर्माण, मेट्रोरेल, मोनोरेल, केबलकार, रोपवे र आन्तरिक जलयातायात निर्माण तथा सञ्चालन सहलगानीमा गर्न सक्नेछन्। त्यसैगरी, जलविद्युत्, सौर्य उर्जा, वायु ऊर्जा तथा अन्य वैकल्पिक उर्जा उत्पादन तथा वितरण, भूमि बैंक स्थापना र सञ्चालन, खानीजन्य वस्तुको उत्खनन तथा प्रशोधन, कृषि तथा वनजन्य वस्तुको व्यावसायिक उत्पादन, प्रशोधन, भण्डारण, फाहेरमैलाको व्यावसायिक व्यवस्थापनका आयोजनामा सहलगानी गर्न सक्ने व्यवस्था छ।
त्यसैगरी, सामुदायिक विद्युतीकरण, आवास आयोजना, स्मार्ट सिटी, सिटी हल, प्रदर्शनी केन्द्र निर्माण, व्यावसायिक एकीकृत वस्ती विकास र स्थानान्तरणसँग सम्बन्धित पूर्वाधार आयोजना, प्रत्यक्ष रूपमा आम्दानी प्राप्त गर्न र सञ्चालन खर्च व्यवस्थापन गर्न सक्ने पर्यटन पूर्वाधार तथा औद्योगिक पूर्वाधार निर्माण, बहुउद्देश्यीय जलाशय निर्माण, खेलकुद पूर्वाधारका आयोजनामा सहलगानी गर्न सकिने अर्थ मन्त्रालयले जनाएको छ।
आयोजना बैंकमा सूचीकृत भएका आयोजना, विस्तृत सर्वेक्षण, ड्रइङ, डिजाइन, स्पेसिफिकेसन, जग्गा प्राप्ति, वातावरणीय प्रभाव मूल्यांकन लगायतका पूर्वतयारी पूरा भएका आयोजना हुनुपर्नेछ। सहलगानी स्वरूप लगानी गरिने रकम वार्षिक कार्यक्रममा समावेश गरी वार्षिक विनियोजनमार्फत सरकारबाट सम्बन्धित प्रदेश वा स्थानीय तहमा हस्तान्तण गर्ने बताइएको छ।