काठमाडौं -राजधानीका सपिङ मलमा व्यापार घट्दै गएपछि पुराना व्यवसायीले सटर छोड्ने क्रम बढेको छ। नयाँ खुलेका सपिङ मलका सटर बुक हुन सकेको छैन।
सपिङ मलको संख्या थपिँदै जाँदा एउटै प्रवृत्तिका ग्राहक बाँडिएका छन्। उपभोक्ताको क्रयशक्ति नबढ्दा पनि सपिङ मलभित्रको व्यापार हुन नसकेको व्यवसायी तथा सञ्चालक बताउँछन्।
राजधानीमा साना र ठूला गरेर ४० भन्दा बढी कम्प्लेक्स तथा मल छन्। सपिङ मल कम्प्लेक्स डेभलपमेन्ट एन्ड लिजर्स एसोसिएसनमा २० सपिङ मल तथा कम्प्लेक्स आबद्ध भएको एसोसियनले जनाएको छ। अधिकांश मलका व्यापारीले आफ्नो व्यवसायप्रति सन्तुष्ट नरहेको बताएका छन्।
महँगो सटर भाडा र उपभोक्ताको क्रयशक्ति खस्कँदै गएका कारण मलको व्यापार सन्तोषजनक नभएको पिपुल्स प्लाजा व्यापार संघका सदस्य विनय अग्रवालले बताए। 'पछिल्लो समय अधिकांश मल तथा कम्प्लेक्समा व्यापार सन्तोषजनक छैन। भाडा तिर्न पनि गाह्रो भइरहेको छ। त्यसैले मलका धेरै व्यापारी घाटामा छन्,' उनले भने।
सिटी सेन्टर, काठमाडौं मल, वर्ल्ड ट्रेड सेन्टर, सिभिल मल, पशुपति प्लाजा, पिपल्स प्लाजा, विशाल बजार, कान्तिपुर मल, के एल टावर, शेर्पा मल र टाइम स्वाक्यर मल लगायत नाम चलेका मलमा पनि व्यापार घटेको व्यवसायी बताउँछन्।
'मलको व्यापार अहिले खस्कँदो छ,' वर्ल्ड ट्रेड सेन्टर त्रिपुश्वेरभित्र व्यापार गरिरहेका मनीष राजभण्डारीले भने, 'केही व्यापारीले घाटा खाएर सटरसमेत छोडिसकेका छन्। मलमा चहलपहल घटिरहेको छ।'
वर्ल्ड ट्रेड सेन्टर, पिपुल्स प्लाजा, काठमाडौं मल, कान्तिपुर मल, ब्लुबर्ड मल र सिटी सेन्टर लगायत मलमा केही सटर खाली भइसकेका छन्। नयाँ बनेका मलमा पनि सटर बुक हुन सकिरहेको छैन। सुन्धारामा निर्माण भएको सिभिल ट्रेड सेन्टरमा अधिकांश सटर खाली छन्। हालै सञ्चालनमा आएको जमलको मायालु मल, न्युरोडको नेपा कम्प्लेक्स, केही समयअघि सञ्चालनमा आएको चाहबिलको केएल टावरमा पनि पूरै सटर बुक भएका छैनन्।
'व्यापार नै नभएपछि पसल छोड्न बाध्य भएँ,' ब्लुबर्ड मलमा व्यापार गरेका दीपेन पराजुलीले भने, 'मलभित्रको व्यापार अहिले छैन। त्यसैले भाडामात्र तिरेर घाटा बढाउनुभन्दा पसल नै छोडेको राम्रो।'
राजधानीका सपिङ मल र कम्पेक्सको सटर भाडा प्रति वर्गफिट ७५ देखि १ हजार रुपैयाँसम्म छ। मलमा वर्ल्ड ट्रेड सेन्टरको भाडा तुलनात्मक रुपमा सस्तो छ। तर, अब उपभोक्तालाई वर्ल्ड ट्रेड सेन्टर पायक नपर्ने भएपछि व्यापार खस्केको व्यवसायी बताउँछन्। दरबारमार्गका मल र कम्प्लेक्सको भाडादर प्रति वर्गफिट ४ सयदेखि ८ सय रुपैयाँसम्म छ। एउटा सामान्य पसलका लागि थोरैमा ५ सय वर्गफिट क्षेत्रफल आवश्यक पर्छ। व्यापारीले मलमा थोरैमा ६० हजारदेखि ५ लाख रुपैयाँसम्म मासिक भाडा तिर्ने गरेको बताएका छन्। त्यसमा स्टाफ र विद्युत खर्च जोड्दा व्यापारको नाफाले नथेग्न उनीहरु बताउँछन्। सिटी सेन्टर, सिभिल र केएल टावरमा सिनेमा हल भएका कारण केही चहलपहल भए पनि व्यापार नभएको व्यवसायीको अनुभव छ। काठमाडौंका मल र कम्प्लेक्सभित्र ३ हजारभन्दा बढी पसल रहेको व्यवसायीको अनुमान छ।
'अहिले मलहरु बढ्दै गएका कारण मलमा सपिङ गर्ने ग्राहक बाँडिएका छन्,' पिपुल्स प्लाजाका सञ्चालक राजेन्द्र श्रेष्ठले भने, 'मलको व्यापार तुलनात्मक रुपमा पहिलाको जस्तो छैन। मलमा ब्रान्डेड सामान हुन्छ। महँगो पर्छ तर उपभोक्ताको क्रयशक्ति बढेको छैन।'
ग्राहक आउन कम भएपछि वर्ल्ड ट्रेड सेन्टरको संरचना परिवर्तन हुँदैछ। सेन्टरभित्र भाटभटेनीको नयाँ आउटलेट आउने भएको छ। मलभित्र चहलपहलका लागि केही संरचना परिवर्तन गर्ने लागेको सञ्चालक सन्दीप हिराचनले बताए। 'भाटभटेनी पनि आउँदैछ। अब नयाँ स्वरुपले सञ्चालन हुन्छ,' उनले भने ।