काठमाडौं - अन्ततः राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसलाई दुईवटा जहाजको पहिलो किस्ता रकम सोमबार पठाएको छ।
विविध प्राविधिक कारण नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा सटही सुविधा पाउन नसक्दा निगमले जहाज खरिद सम्झौताअनुसार तोकिएको मितिमा पहिलो किस्ता पठाउन सकेको थिएन। तर, दुई साताको प्रयासपछि निगमले केन्द्रीय बैंकबाट गत बिहीबार (असार २७ गते) विदेशी मुद्रा सटही सुविधा पाएपछि सोमबार पैसा पठाएको हो।'दुइटा जहाजलाई पहिलो किस्ताबापत १ करोड ४७ लाख डलर (१ अर्ब ३९ करोड ६५ लाख रुपैयाँ) पठायौं,' वायुसेवा निगमका फाइनान्स डाइरेक्टर केशवराज शर्माले सोमबार नागरिकसँग भने, 'यति रकम दुई जहाजको अंकित मूल्य (क्याटालग प्राइस) को ८ प्रतिशत हो। पैसा एयरबसमा पुगेको छ, अब हाम्रो जहाज निर्माण सुरु हुन्छ।'
निगमले जहाजका लागि ऋण उपलब्ध गराएको कर्मचारी सञ्चय कोषबाट गत शुक्रबार उक्त परिमाणबराबरको रकम आफ्नो खातामा ल्याएको थियो। त्यस दिन पैसा मध्याह्नमा पाएकाले एयरबसको फ्रान्सस्थित मुख्यालय पठाउन सकेको थिएन। शनिबार यता र आइतबार उता सार्वजनिक बिदा परेका कारण निगमले सोमबार पैसा पठाएको हो।
फाइनान्स डाइरेक्टर शर्माका अनुसार पहिलो किस्तापछि साउन १७ मा दोस्रो र आगामी असोज १५ गते तेस्रो किस्ता रकम पठाइने सम्झौता छ। पहिलो किस्ता ८ प्रतिशत पठाइएको र बाँकी दुई किस्ता ७/७ प्रतिशतका दरले पठाइने छ।
'तीन किस्तामा दुई जहाजको क्याटालग प्राइसको २२ प्रतिशत पठाउने सम्झौता छ,' शर्माले भने, 'त्यसपछि बाँकी रकम एकमुष्ट पठाउनुपर्छ।' निगमले राष्ट्रिय वाणिज्य बैंकस्थित आफ्नो डलर खाताबाट एयरबसलाई पहिलो किस्ता रकम पठाएको हो। 'बल्ल जहाज आउने निश्चित भयो,' उनले ढुक्क हुँदै भने।
पहिलो किस्ता पठाउन एयरबसले दिएको पाँच–पाँच दिनको दुईवटा म्याद गुजि्रए पनि जहाज भने सम्झौताअनुसार तोकिएकै मितिमा काठमाडौं आइपुग्ने शर्माले जानकारी दिए। सञ्चय कोषबाट पहिलो किस्ता रकम निकासा भएकाले ब्याज गणना सुरु भइसकेको उनले बताए।
निगमले एयरबसलाई पहिलो किस्ता रकम पठाउन खोजेको १३ दिनपछि मात्र विदेशी मुद्रा सटही सुविधा पाएको थियो। एयरबससँग दुई जहाज खरिदका लागि असार १३ गते भएको सम्झौताअनुसार त्यसको पाँच दिनभित्र पहिलो किस्ता रकम पठाउनुपर्ने सर्त थियो।
निगम र एयरबसबीच असार १३ मा भएको सम्झौताअनुसार एउटा जहाजको क्याटालग प्राइस ७ करोड ५० लाख डलर (७ अर्ब १२ करोड ५० लाख रुपैयाँ) रहेको छ।
निगम र एयरबसबीच २०६९ चैत २३ मा ए३२०–२०० सिरिजका दुई जहाज खरिद–बिक्रीका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो। त्यसपछि निगम व्यवस्थापनले २०७० वैशाख ९ मा ती जहाज खरिद गर्न प्रतिबद्धता रकम (बैना) स्वरूप एयरबसलाई ५ लाख डलर पठाएको थियो। त्यसपछि जेठ २९ मा निगम र कर्मचारी सञ्चय कोषबीच १० अर्ब रुपैयाँबराबरको ऋण आदान–प्रदान सम्झौता भएको थियो।
सम्झौताअनुसार अन्तर्राष्ट्रिय उडान गर्न आगामी २० महिनाभित्र एयरबसले दुई नयाँ जहाज दिनेछ। एयरबसले निगमलाई सन् २०१५ फेब्रुअरी (२०७१ फागुन) मा पहिलो जहाज आपूर्ति गर्ने मिति दिएको छ। त्यसको दुई महिनापछि दोस्रो जहाज दिनेछ।
निगम र एयरबसबीच करिब पाँच वर्ष (सन् २००८) अघिको क्याटालग प्राइसमा लागत मूल्य (इस्कालेसन) जोडेर त्यसैअनुसार जहाज लिने–दिने सम्झौता भएको छ। सम्बद्ध स्रोतका अनुसार पाँच वर्षअघिको मूल्यमा २० प्रतिशतसम्म स्कालेसन जोडेपछि जहाजको यकिन भाउ निक्लन्छ। त्यसबेला एयरबसले ४ करोड १२ लाख ८९ हजार डलर (३ अर्ब ८ करोड ४२ लाख ८८ हजार ३ सय रुपैयाँ) मा एउटा ए३२०–२०० सिरिजको जहाज दिने गरी निगमको टेन्डर जितेको थियो।
उक्त भाउमा हाल २० प्रतिशत स्कालेसन जोड्दा ८२ लाख ५७ हजार ८ सय डलर थपिन्छ। यसमा पुरानो भाउ जोड्दा निगमले एउटा जहाज ४ करोड ९५ लाख ४६ हजार ८ सय डलर (४ अर्ब ७० करोड ६९ लाख ४६ हजार रुपैयाँ) मा पाउन सक्छ। सञ्चय कोषले दिने १० अर्ब ऋणबाटै निगमलाई दुई जहाज किन्न पैसा पुग्छ। निगमले अहिले किन्न लागेको जहाजमा १ सय ५० सिट हुन्छ। यसमा सिट बढाएर १ सय ६४ बनाउने निगमको योजना छ।
सञ्चय कोषसँग भएको सम्झौताअनुसार जहाज खरिद भएर व्यापारिक उडान सुरु भएको मितिबाट ऋणको सावाँ भुक्तानी अवधि १५ वर्षसम्म हुनेछ। जहाज आएर उडान नभए पनि ब्याज भने तिरिरहनुपर्छ। निगमले कर्जाको ब्याज प्रत्येक त्रैमासिक (असोज, पुस, चैत र असार) भित्र भुक्तानी गर्नुपर्छ।
१० अर्ब रुपैयाँको १२ प्रतिशतका दरले वर्षको १ अर्ब २० करोड रुपैयाँ ब्याज उठ्छ। यो हिसाबले महिनैपिच्छे १० करोड रुपैयाँ ब्याज तिर्नुपर्छ। दुई नयाँ जहाज उडाएर प्रत्येक महिना अधिकतम ८ करोड रुपैयाँसम्म नाफा गर्ने निगमको व्यापारिक योजना छ।
हाल निगमका जहाज यहाँबाट दोहा, हङकङ, बैंकक र क्वालालम्पुर जान्छ। युएईको दुबई उडान स्थगन गरेको छ भने भारत नयाँदिल्ली उडान पूर्णरूपमा बन्द छ। नयाँ जहाज आएपछि यी सेक्टरमा उडान संख्या बढाउने निगमको योजना छ। ७५७ लाई भने चीनको सांघाईसहित मध्यम दूरीमा उडाउन निगमले अध्ययन गरिरहेको छ।