कंचनपुरको दैजी छेलामा सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन । २०५१ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारका वेला दैजीछेलामा औद्योगिक क्षेत्रको स्थापना गर्न सर्भे अध्ययन गर्ने निर्णय गरिएको थियो । सर्भे अध्ययनका लागी बजेट समेत बिनियोजन गरिएको थियो । त्यसको २५ बर्षपछि पश्चिमको किनारामा पर्ने जिल्ला कंचनपुरको दैजीमा औद्योगिक क्षेत्रको शिलान्यास भएको छ । प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्र स्थापनाले रोजगारी उपलब्ध, सिप बिकास र तालिम उपलब्धका साथै प्रविधीको विकास र हस्तान्तरण हुने बताए । ठूला, मझौला र साना उद्योगहरु स्थापना हुने उनले बताए । ‘बिभिन्न स्तरमा जमिन छुट्याएर उद्योगको प्रवृती हेरेर उद्योग संचालन गर्नेलाई जमिन उपलब्ध गराईने छ’उनले भने । ५ बर्षसम्म कर नलाग्ने, पानीको सुविधा, बिद्युतमा कर छुट उपलब्ध गराइने उनले बताए ।
देशका बिभिन्न स्थानमा औद्योगिक क्षेत्र स्थापना गरिने भएकोमा सुदूरपश्चिमवाट औद्योगिक क्षेत्रको शिलान्यास शुरु गरिएको छ । बिगतमा सवै योजना र काम पुर्ववाट शुरु हुने गरेकोमा औद्योगिक क्षेत्रको शिलान्यास प्रधानमन्त्रीले सुदूरपश्चिमवाट शुरु गरेर नयाँ संदेश दिएको उद्योग तथा आपुर्ती मन्त्री लेखराज भट्टले बताए । ५ बर्षभित्र औद्योगिक क्षेत्र स्थापनाको काम सम्पन्न हुने उनले बताए । सरकारले बिद्युत,खानेपानी,जमिन, सडक लगायतका सवै पुर्वाधार तयार पारेर उद्योग संचालन गर्न चाहनेलाई आवश्यकता बमोजिम जमिन उपलब्ध गराउने छ । उद्योग संचालन गर्नेले आफू अनुकुल भवन लगायतको उद्योगको लागी आवश्यक संरचना निर्माण गर्ने छ । औद्योगिक क्षेत्रमा बैदेशिक लगानी पनि आकर्षित गरिने मन्त्री भट्टले बताए । सिमेन्ट लगायतका निर्माण सामग्री, खाद्यान वस्तु लगायत जडिबुटी प्रशोधन केन्द्र समेतका उद्योग याहाँ स्थापना हुने छन । ‘औद्योगिक क्षेत्रको स्थापनाले सुदूरपश्चिमको काचुली फेरिने छ’मन्त्रि भट्टले भने,‘यसले निर्यात बढेर देशकै व्यापार घाटा कम गर्ने छ।’
९ अर्बको लागतमा पाँच वर्षभित्र सो औद्योगिक क्षेत्र निर्माण हुने मन्त्री भट्टले बताए । विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) र इआइए प्रतिवेदनको स्वीकृतिको काम सम्पन्न पश्चात निर्माणका लागि बाटो खुलेको छ । औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले ९ सय बिघा जग्गा उपलब्ध गराएको भए पनि हाल चार सय बिघा जग्गामा भौतिक संरचना निर्माण हुने बताइएको छ । औद्योगिक क्षेत्रको डिपिआर अनुसार १ सय २४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुने छन् जसबाट २२ हजार बढीले रोजगार पाउने अपेक्षा गरिएको छ ।