रसुवागढी आइसिपीः चीनसँगको व्यापारमा कोसेढुंगा
१२ फागुन २०७७
•
७ मिनेट पाठ
रसुवागढी आइसिपीः चीनसँगको व्यापारमा कोसेढुंगा
भनिन्छ, समस्या सिर्जना भएपछि समाधानका लागि अनेकौं बाटा खुल्छन् । उत्तरी छिमेकी चीन जोड्ने नेपालको दोस्रो प्रमुख नाका रसुवागढीको हकमा पनि यही उक्ति चरितार्थ भएको छ । २०७१ मा भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएपछि सरकारले विकल्पका रुपमा यो नाकाबाट व्यापारिक कारोबार सुरु गरेको थियो । नाकाबन्दीअगाडि रसुवागढी नाकामार्फत छिटफुट रूपमा सर्वसाधारणको आवतजावत हुने गथ्र्यो । सानो परिमाणमा मात्र व्यापारिक कारोबार हुँदै आएको थियो । २०७१ अघिसम्म नेपालले चीनसँग तातोपानी नाकाबाट मात्र कारोबार गरिरहेको थियो । रसुवागढी नाका गुमनाम थियो । त्यतिबेला नाकासम्म सडक पहुँच भने पुगिसकेको थियो तर स्तरीय थिएन । नेपाल र चीन जोड्ने मितेरी पुल जीर्ण अवस्थामा थियो । नाकाबाट खासै सवारीसाधनको आवतजावत पनि थिएन ।




भारतको अघोषित नाकाबन्दीपछि सरकारले वैकल्पिक नाकाको रूपमा रसुवागढीलाई सञ्चालनमा ल्यायो । नेपालको तेस्रो मुलुकसँगको व्यापारिक कारोबार भारतीय बन्दरगाहमार्फत भइरहेको थियो । भारतको सहयोगविना नेपालले अरू मुलुकसँग स्थलमार्ग हुँदै व्यापारिक कारोबार गर्नसक्ने अवस्था थिएन । अहिलेसम्म पारवहन सुविधामा भारत वेष्ठित रहेको हाम्रो मुलुकलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले चीनसँग पारवाहन सम्झौता गरेर तोडेको थियो । नेपालले तेस्रो मुलुकहरूसँग अब चीनका बन्दरगाह प्रयोग गर्न पाउने भएपछि रसुवागढीको महत्व बढेर गएको छ । यही कारण तत्कालको समस्या समाधान गर्न आवश्यक पूर्वाधारको विकासविनै सरकारले यो नाका सञ्चालनमा ल्याएको थियो । सुरुमा चीनले अनुदानमा दिएको पेट्रोलियम पदार्थ आयात गर्नका लागि नाका सञ्चालनमा ल्याइएको थियो । नाकामा कारोबार बढ्दै जान थालेपछि पूर्वाधार निर्माणतर्फ व्यापारीले सरकारलाई घचघचाउन थाले ।

यो नाका सञ्चालनमा आएपछि प्रधानमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्रीलगायत मन्त्रीहरू नाकाको अवलोकनमा आए । उनीहरूले नाकामा आवश्यक भौतिक पूर्वाधारको विकास गर्ने आश्वासन दिएका थिए तर सोचेजस्तो प्रगति अझै भएको छैन । नाकामा पुगेपछि चीनतर्फ देखिने गगनचुम्बी भवन, त्यहाँ बनेको सडक र रिमोटबाट चल्ने गेट देखिन्छ । तर नेपालतर्फ भने सुस्त गतिमा पूर्वाधारको विकास हुने चरणमा छ ।

पूर्वाधार निर्माणविनै नाका सञ्चालनमा ल्याएपछि विभिन्न समस्या थपिँदै गयो । नाकामा नियमित कारोबार सञ्चालन भएको तीन वर्षपछि चीनले रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका घोषणा ग¥यो । २०७४ भदौ १४ मा चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि नाकामा चीनलगायत तेस्रो देशका पर्यटकको समेत आवतजावत बढेको छ । त्यसपछि चीनले चीनतर्फ पूर्वाधारको विकासलाई तीव्रता दियो । नेपालतर्फ भने पूर्वाधार विकासले प्राथमिकता पाएन । त्यसको केही समयपछि नेपालले नाकामा विभिन्न पूर्वाधार निर्माणका लागि योजना अघि सार्‍यो ।

अन्तर्राष्ट्रिय नाकामा आवश्यक पर्ने कार्यालयहरू एकै ठाउँमा हुनपर्नेमा टाढाटाढा हुँदा विभिन्न समस्या आएपछि नाकामा पूर्वाधार निर्माणका लागि सरकारले बजेट विनियोजन गर्न थालेको छ । नाकामा पूर्वाधारको विकास गर्ने चरणमा सुरुमा एकीकृत जाँच चौकी (आइसिपी) निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको छ । सरकारले भारतसँगका चार ठूला भन्सार नाकाहरूमा आइसिपी बनाउने योजना अगाडि सारेको छ । वीरगन्जमा आइसिपी सञ्चालनमा आएको छ भने विराटनगर, भैरहवा र नेपालगन्ज भन्सार नाकामा बन्ने क्रममा छ । चीनसँगको प्रमुख नाका तातोपानीमा पनि सरकारले सुक्खा बन्दरगाह बनाएर प्रयोगमा ल्याएको छ । यही क्रममा सरकारले रसुवागढीमा पनि आइसिपी बनाउने योजना ल्याएको हो । यहाँ आइसिपी निर्माणका लागि अहिले ठेक्का प्रक्रिया सुरु भएर निर्माणको चरणमा छ । श्यामसुन्दर रबिना जेभी कन्स्ट्रक्सनले आइसिपी बनाइरहेको छ ।

नेपालमा ठूला ठेक्का लगाउँदा निर्माण व्यवसायीबीच हुने चलखेल र त्यसपछि मुद्दामामिला झिकेर निर्माणमा हुने अवरोधको सिकार यहाँको आइसिपी पनि बनेको छ । निर्माण प्रक्रिया सुरु भएपछि आफूले ठेक्का पाउनुपर्ने माग गर्दै एमबी चक्रेश्वरी शिवशक्ति जेभीले २०७३ पुस १९ मा सर्वोच्च अदालतमा रिट हालेको थियो । अदालतमा परेको रिट निवेदन २०७५ जेठ २४ मा खारेज भएपछि मात्र यसको भौतिक निर्माणको काम सुरु भयो । न्यायाधीश चोलेन्द्रशमशेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले रिट निवेदन खारेज गरेपछि निर्माण प्रक्रिया अघि बढेको हो । आइसिपी २०७५ पुसदेखि निर्माण सुरु भए पनि कामले गति लिन सकेको छैन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस, बर्खाको समयमा सडक बन्द हुने समस्या, कामदार नपाइने र बेलाबेलामा स्थानीयको अवरोध हुँदा निर्माण कार्य प्रभावित हुँदै आएको छ ।

अहिले पछिल्लो समय भने आइसिपी निर्माणले तीव्रता पाएको छ । आयोजनाको कामको गति बढाउन कामदार थप्न लागिएको छ । विभिन्न समस्याका कारण तोकिएको समयसीमाभित्र निर्माण पूरा गर्न नसकिएको आयोजना प्रमुख योगेन्द्र तुम्बाहाम्फेले बताए । ‘लामो समय अदालती प्रक्रियाले काम सुरु गर्नै पाइएन,’ उनले नागरिकसँग भने, ‘त्यसपछि निर्माणस्थलमा आएपछि पनि विभिन्न समस्या आइराखे ।’

अहिले निर्माणाधीन आइसिपी भवनको करिब ५० प्रतिशत काम सकिएको छ । निर्माण सुरु भएको २ वर्षमा करिब ५० प्रतिशत काम सकिएको हो । श्यामसुन्दर रबिना जेभी कन्स्ट्रक्सनले अहिले भवनको निर्माण गरिरहेको छ । आइसिपी भवनको आरसिसीको काम सकिएर पहिलो तलाको कोलम उठाउने तयारी भइरहेको तुम्बाहाम्फेले बताए । ‘यसअघि निरन्तर काम हुन सकेन,’ उनले भने, ‘त्यसकारण पहिलो पटक म्याद थप गर्नुपर्‍यो ।’

आयोजना निर्माणको अन्तिम म्याद गएको असार २५ सम्म थियो । निर्माण नसकिएपछि सरकारले पहिलो पटक म्याद थपेर आगामी चैत २५ सम्मका लागि समय दिएको छ । अहिले तोकिएको समयभित्र निर्माण हुन नसके पुनः ९ महिना म्याद थप हुनेछ । ‘अहिले आयोजनाको काम पनि थप हुँदै गएको छ,’ तुम्बाहाङफेले भने, ‘ आर्किटेक्चर डिजाइनको केही काम पनि बाँकी छ ।’ पहिलो पटक थपिएको समयभित्र काम सम्पन्न गर्न नसकिने उनले बताए । अबको दुई वर्षभित्र निर्माण सम्पन्न भएर औपचारिक रूपमा सञ्चालनमा ल्याउने लक्ष्य छ । अहिले मासिक सवा करोड रुपैयाँबराबरको काम भइरहेको छ । अब यसलाई बढाएर २ करोडमा पुर्‍याउने आयोजनाले लक्ष्य राखेको छ ।

‘सुपर स्ट्रक्चरको काम करिब ५० प्रतिशत सकिएको छ,’ उनले भने, ‘अहिले हामीले कामलाई गति दिएका छौं ।’ साइडमा अहिले २२ जना कामदार छन् । थप १५ जना कामदार आउने चरणमा रहेको उनको भनाइ छ ।

कानुनी प्रक्रिया, ट्रान्सफर्मरको व्यवस्थापनमा ढिलाइ, निर्माण सामग्रीको अभाव, कामदारको अभाव, नाकामा डाइभर्सन पुल निर्माणलगायत कारण निर्माण कार्य सुस्त भएको थियो । सम्झौता अनुसार २०७७ असार २५ भित्र भवन निर्माण गरिसक्नुपर्ने थियो । भवन निर्माणका लागि करिब ६२ करोड खर्च हुने अनुमान छ ।

भवन पाँच तलाको हुनेछ । यसमा भन्सार, अध्यागमन, क्वारेन्टिन र सुरक्षा निकाय रहनेछन् । भवन निर्माणपछि जाँचपास गर्न तथा अवैध क्रियाकलाप रोक्न सहज हुनेछ । आयोजनाले अहिले आइसिपी भवन निर्माणका साथै सशस्त्र प्रहरी बलका लागि बनाउन लागिएको भवनको फाउन्डेसनको काम पनि गरिरहेको छ । यसको करिब ३० प्रतिशत काम सकिएको उनले बताए ।

नाकामा अहिले आइसिपी निर्माण सुरु गर्नुका साथै सुक्खा बन्दरगाह निर्माण र स्याफ्रु–रसुवागढी सडकको स्तरोन्नतिको कार्य पनि अघि बढाइएको छ । आइसिपी भवन नेपाल आफैंले निर्माण गरिरहेको छ । सुक्खा बन्दरगाह र स्याफ्रु रसुवागढी सडक चिनियाँ सहयोगमा चिनियाँ पक्षले नै निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।

रसुवागढी चीनसँग व्यापार हुने पुरानो नाका हो । यस स्थानमा २०१३ सालमा भन्सार कार्यालयको स्थापना भएको थियो । पहिले नाकासम्म जानका लागि सडकमार्ग निर्माण भएको थिएन । सडकमार्ग निर्माण नहुँदासम्म नाकाबाट नुन, भेडाच्यांग्रा, जिम्बु, ऊन, जिन्स, मखमलको रोल कपडालगायत सामग्री भरियाले बोकेर ल्याउँथे ।

सडकले नजोडिँदासम्म नाकामा चहलपहल थिएन । २०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएपछि रसुवागढी नाकामा पूर्वाधार निर्माणको कार्यलाई प्राथमिकतामा राखिएको हो । अघिल्लो वर्ष चीनले नाका जोड्ने मितेरी पुलको पनि पुनर्निर्माण गरिदिएको थियो । चीनतर्फ सुविधासम्पन्न भवन निर्माण भएर सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि नाकामा स्थापना भएका सबै कार्यालय भाडाको घरमा बसेका छन् ।

नाकामा अहिले भन्सार कार्यालय, अध्यामगन कार्यालय, खाद्य तथा गुणस्तर कार्यालय, प्लान्ट क्वारेन्टिनलगायत कार्यालय स्थापना भएर सञ्चालन भइरहेका छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि प्रिफ्याब भवनमा बसेर सेवा दिइरहेका छन् । तर यी कार्यालय एकै ठाउँमा भएर फरक फरक ठाउँमा बस्दा समस्या सिर्जना हुँदै आएको छ । विगतमा दैनिक २ सय ५० भन्दा बढी सवारीसाधनले यो नाकामा आवतजावत गर्ने गरेका थिए । अहिले कोभिड–१९ का कारण चिनियाँ सीमित गाडीले रसुवासम्म सामग्री ल्याएर झार्ने काम गरिरहेका छन् । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।
अर्को समाचार
माथिल्लो सान्जेनको उपकरण जडानका लागि चिनियाँ टोली वैकल्पिक मार्गबाट आउने
१२ भदौ २०७८
•
२ मिनेट पाठ
माथिल्लो सान्जेनको उपकरण जडानका लागि चिनियाँ टोली वैकल्पिक मार्गबाट आउने
रसुवामा निर्माणाधीन माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ  उपकरण जडान गर्नका लागि वैकल्पिक मार्ग भएर चिनियाँ टोली आउने भएका छन्। कोभिड–१९ का कारण नेपाल चीनबीच सिधा हवाइ सेवा सञ्चालन नभएका कारण टोली कतारको दोहा हुँदै आउन लागेका हुन्।  




इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेसनका टोली कोभिडका कारण उतै रोकिएपछि लामो समयदेखि कामअघि बढ्न सकेको थिएन। आयोजना प्रमुख सुदनसिंह महतका अनुसार टोली नेता सहितको चार जनाको टोली सेप्टेम्बर पहिलो सातासम्ममा आउने छन्।  

पहिलो चरणमा चारजना आउने भएपनि अन्य जनशक्ति पनि चाँडै आउने उनले बताए। टोली आएपछि उपकरण जडानको काम अघि बढ्ने छ। इलेक्ट्रोमेकानिकलबाहेक अन्य काम अन्तिम चरणमा पुगेको छ। उपकरण जडानको काम सुरु भएको नौ महिनाभित्र आयोजनाले उत्पादन सुरु गर्नेछ। आयोजनाको ९९ प्रतिशत भौतिक प्रगति भइसकेको छ।  

यो १४.८ मेगावट क्षमताको आयोजना हो। आयोजनाले अहिले पोखरी निर्माणको काम गरिरहेको छ। आयोजनाले दिएको जानकारीअनुसार सिभिलतर्फ ९९, इलेक्ट्रोमेकानिकलतर्फ ७० र हाइड्रोमेकानिकलतर्फ ९० प्रतिशत काम सम्पन्न भएको छ। आयोजनामा अहिले फिनिसिङ, उपकरण जडानको काम चलिरहेको छ। आयोजनाको हालसम्म ८९ प्रतिशत काम सकिएको छ।

आयोजनाको २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। आयोजनाको २०६८ असोज २३ गते विद्युत् खरिद सम्झौता भएको थियो। आयोजनाकोे भूमिगत सुरुङ एक हजार तीन सय मिटर रहेको छ। सिभिल ठेकेदार इसिआई बज्रगुरुले आयोजना निर्माण गरिरहेकोे छ। सिभिल कार्यमा इसिआई बज्रगुरु जेभी, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड र प्रशारण लाइन निर्माणमा मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका आयोजनाले जनाएको छ।  

आयोजनाले पावर हाउसदेखि चिलिमे हवसम्म ७ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्छ। १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको काम चलिरहेको छ। आयोजनाले विद्युत उत्पादन गर्ने समयसम्म चिलिमे हबको निर्माण पूरा नभएमा कन्टिन्जेन्सी प्लान बनाएर चिलिमे प्रसारण लाइनमा विद्युत जोडिने छ। ११ केभी डबल सर्किट लाइनमा सीमित विद्युत् जोड्न सकिने उनले बताए। हब निर्माण भएपछि उत्पादित विद्युत हबमा नै जोडिने छ। 
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस