बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक १३औं वर्षमा प्रवेश गरेको छ । १२ औं वार्षिकोत्सवको अवसरमा बैंकले बुटवलको कालिकानगरमा नव निर्मित आफ्नै भवनबाट सेवा प्रवाह शुरु गरेको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले पत्रकार सम्मेलन गरी राष्ट्रियस्तरमा स्तरोन्नति भएपनि लुम्बिनी प्रदेशलाई केन्द्र मानेर समग्र बैंकिङ क्षेत्रसँग प्रतिस्पर्धा गर्ने जनाएको छ । बैंकलाई समुदायको भावना र चाहना अनुसार अगाडि बढाउदै आएको र लुम्बिनी प्रदेशबासीको पहिलो रोजाईको बैंक बनाउन सफल भएको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । उनले राष्ट्रकै अग्रणी विकास बैंक बन्ने लक्ष्यमा साथ बैक अगाडि बढेको जानकारी दिए ।
बैकका अध्यक्ष थानेश्वर पौडेलले १२ बर्षअघि छ करोड पु्ंजीबाट सुरु गरिएको बैंकको चुक्ता पुंँजी तीन अर्व ४० करोड र जगेडा कोष ७२ करोड गरी चार अर्व १२ करोड पुगेको जानकारी दिए । बैंकमा हाल ३३ अर्व १२ करोड निक्षेप रहेको र ३० अर्व ५० करोड कर्जा प्रवाह गरिएको तथा चार लाख २३ हजार ग्राहक रहेको बैंकले जनाएको छ । बैंकका अध्यक्ष पौडेलका अनुसार बैंकको काठमाडौंमा तीनवटा सहित देशभर ७८ वटा शाखा कार्यालय र तीन वटा एक्स्टेन्सन काउण्टर छन् ।
अध्यक्ष पौडेलले बैंकले कुल कर्जाको २४.६९ प्रतिशत लगानी उत्पादनशील क्षेत्रमा र १०.९९ प्रतिशत लगानी कृषि क्षेत्रमा गरेको जानकारी दिए । बैंकले यसअघि अनुमति लिदा लुम्बिनीका तीन जिल्लालाई कारोवार र शाखा सञ्चालन गर्ने गरी अनुमति लिएकोमा राष्ट्र बैंकको निर्देशन अनुसार गुल्मीको रेसुंगा बिकास बैंक,प्युठानको गौमुखी विकास बैंक, भैरहवाको पुर्णिमा बिकास बैंक र नेपालगन्जको भार्गव बिकास बैंकलाई मर्ज गरी राष्ट्रिय स्तरको बिकास बैंक बनेको अध्यक्ष पौडेलले बताए ।
बैंकको ४ लाख २३ हजार भन्दा बढी ग्राहकहरु रहेका छन् । नेपाल राष्ट्र बैंकले कूल कर्जाको कम्तीमा १६ प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने नीतिगत ब्यवस्था गरेकोमा बैंकले २०७७ पौष मसान्तसम्ममा उत्पादनशील क्षेत्रमा कूल कर्जाको २४.६९ प्रतिशत लगानी गरेको छ भने कृषि लगायत ब्याज अनुदानमा आधारित कर्जा १०.९९ प्रतिशत कर्जा प्रवाह गरेको छ ।बैंकले लघु, घरेलु तथा साना उद्यम १५ लाखसम्मका उद्यम, व्यापार व्यावसाय कर्जा अन्तर्गत ३०४ जना ऋणीलाई रु. २४ करोड ५ प्रतिशत व्याज दरमा प्रदान गरको छ ।
समाजसंगै बैंक भन्ने अभियान अन्तर्गत वित्तीय जागरण, दुर्घटना न्यूनीकरण, सरसफाई तथा वातावरण संरक्षण, बृक्षारोपण, शैक्षिक क्षेत्र, स्वास्थ्य उपचार लगायतका क्षेत्रहरुमा बैंकले आफूलाई जोडेको प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए ।