थोत्रियो एयरपोर्ट सडक
१३ फागुन २०७७
•
३ मिनेट पाठ
थोत्रियो एयरपोर्ट सडक
थोत्रिएको मोहनपुर–एयरपोर्ट सडक खण्ड । तस्बिरः पुष्पराज जोशी ÷नागरिक
मोहनपुर–गेटा एयरपोर्ट सडक खण्ड निर्माणपछि मर्मतसम्भार नगरिँदा थोत्रिएको छ । निर्माणको ७ वर्षदेखि मर्मतसम्भार नगरिँदा दिनहुँ एयरपोर्ट आउजाउ गर्ने यात्रुले सास्ती खेप्नु परेको छ । वर्षौदेखि सडक बीचमा परेका खाल्डा खुल्डीले धनगढी बिमानस्थलको शोभालाई विगारिदिनुका साथै थप मर्मत सम्भार नहुँदा दिनदिनै थोत्रिँदै गएको छ ।  




‘धनगढी बिमानस्थल गेटा जाँदा कालोपत्रे सडकमा परेका खाल्डाखुल्डीले यात्रा दिक्दार लाग्छ,’ धनगढीका खगेन्द्र ओझाले भने,‘आफन्तलाई एयरपोर्ट छोड्न मोटरसाइकलमा जाँदा थोत्रिएको बाटोले यात्रा झुर बनाइदिन्छ ।’ कालोपत्रे सडकको बीचबीचमा परेका खाल्डाखुल्डीले सवारी साधन समेतलाई थोत्राउने गरेको उनी बताउँछन् । सुदूरपश्चिम आउँदा राजधानी काठमाडौंसँग जोड्ने एक मात्रै विमानस्थल गेटा आउजाउ गर्ने सडकको हालत बेहाल भएको बताउँदै अर्का स्थानीय राजेन्द्र चौधरीले भने,‘यो सडक भएर प्रधानमन्त्रीदेखि प्रदेश सरकारका मुख्यमन्त्री मन्त्रीका गाडी दिनहुँ हुइँकिन्छन्, तर सडक बनाउन कसैलाई चासो छैन ।’ सडकमा परेका खाल्डाखुल्डीले सवारी साधन दुर्घटनाको भय पनि बढेकोप्रति उनी चिन्ता गर्छन् । ‘यो सडकमा सवारी चाप बढेको हुन्छ,’ उनले भने,‘यस्तैमा थोत्रो सडक हुँदा दुर्घटनाको भय पनि उत्तिकै छ ।’ सडक मर्मतसम्भारका लागि अहिलेसम्म कसैले पनि चासो नदिएको बताउँदै उनले भने,‘यो सडक बनेदेखि अहिलेसम्म कसैले पनि मर्मतसम्भार गरेको थाहा छैन मलाई ।’ काठमाडौंदेखि मन्त्री तथा नेताहरु विमानस्थलमा ओर्लदा भने सयौं नेता तथा कार्यकर्ता स्वागतका लागि फूलमाला लिएर यही सडक भएर गेटा पुग्ने गरेको बताउँदै स्थानीय रविन्द्र जोशीले भने,‘तर यो सडकको दुर्दशा यस्तो हुँदा पनि कसैले मर्मतसम्भारका लागि पहल गरेको देखिएन ।’ मोहनपुरदेखि गेटा विमानस्थलसम्मको दुई दशमलव १ किलोमिटर कालोपत्रे सडक खण्ड जीर्ण बन्नैलाग्दा पनि कसैले आवाज नउठाएको बताउँदै उनले भने,‘यो सडकको अवस्थाका बारेमा सबै जानकार छन्, तर पनि कसैले आवाज उठाउँदैन ।’ आर्थिक वर्ष २०७०÷०७१ मा निर्माण गरिएको कालोपत्रे सडक त्यसपछि भने मर्मतसम्भार नभएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इञ्जिनियर लक्ष्मणदत्त जोशी बताउँछन् । ‘यो सडक निर्माण भएदेखि मर्मतर सम्भार भएको छैन,’ उनले भने,‘सडक हरेक वर्ष नियमित मर्मतसम्भार हुनुपर्ने हो ।’ तीन वर्षदेखि सडक डिभिजन कार्यालय महेन्द्रनगर मातहतबाट छुटेको बताउँदै उनले भने,‘हामीसँग अहिले यो सडक छैन, हामीले पनि केही गर्न सक्दैनौँ ।’

एयरपोर्ट सडकको अवस्था दयनिय भएको बताउँदै धनगढी उपमहानगरपालिकाका इञ्जिनियर दीजराज भट्टले भने,‘मोहनपुर–एयरपोर्ट सडक निर्माण डिभिजन कार्यालय महेन्द्रनगरले गरेको हो, मर्मत सम्भार पनि उसैको जिम्मा थियो ।’ पछिल्लो समयमा मर्मत सम्भार उपमहानगरपालिकाले सडक डिभिजन कार्यालयलाई पत्राचार गरेको बताउँदै उनले भने,‘सडक मर्मत सम्भार गरिदिन भनेर हामीले डिभिजन कार्यालय महेन्द्रनगरलाई पत्राचार ग¥यौँ, तर उसले मर्मतका लागि हामीसँग बजेट छैन भनेपछि रोकिएको हो ।’ सडक डिभिजन कार्यालयले पनि मर्मतका लागि बजेट अभाव भएको देखाएपछि यसपालि भने उपमहानगरपालिकाले आफ्नै बजेटले सामान्य मर्मत सम्भार गर्ने लक्ष्य लिएको उनले बताए । ‘कसैले चासो नदेखाएपछि मोहनपुर–एयरपोर्ट सडकलाई हामीले सामान्य मर्मतसम्भार गर्ने भएका छौँ,’ उनले भने,‘यो सडकलाई चौडा गर्ने  र पूर्णरुपमा जिम्मा कसले लिने भन्ने कुरा अहिलेसम्म टुंगो लागेको छैन ।’ सडक संघीय सरकार वा प्रदेश सरकारले जिम्मा नलिए स्थानीय सरकारले लिने बताउँदै उनले भने,‘हामीलाई आधिकारिक रुपमा जिम्मा लिन भनेपछि हामी लिन्थ्यौँ, तर कसले जिम्मा लिने भन्ने अहिलेसम्म टुंगो लगाइएको छैन ।’  

मेयर नृपबहादुर वडले भने,‘सडकको अवस्था दयनिय छ, हामीले मर्मतसम्भारका लागि प्रदेश सरकारसँग आग्रह ग¥यौँ, सरकारले सुनेन ।’ गेट एयरपोर्टको सडक सबैको भएको बताउँदै उनले भने,‘पटक–पटक प्रदेश सरकारलाई आग्रह गर्दा पनि नसुनेपछि यसपटक भने हामी आफैले मर्मत सम्भार गर्ने भएका छौँ ।’ मोहनपुर–एयरपोर्ट सडकलाई एक लेयर कालोपत्रे गरेर मर्मत सम्भार गरिने उनले बताए ।
अर्को समाचार
थोत्रियो एयरपोर्ट सडक
१४ फागुन २०७७
•
३ मिनेट पाठ
थोत्रियो एयरपोर्ट सडक
थोत्रिएको मोहनपुर–एयरपोर्ट सडक खण्ड । तस्बिरः पुष्पराज/नागरिक
मोहनपुर–गेटा एयरपोर्ट सडक खण्ड निर्माणपछि मर्मतसम्भार नगरिँदा थोत्रिएको छ । निर्माणको ७ वर्षदेखि मर्मतसम्भार नगरिँदा दिनहुँ एयरपोर्ट आउजाउ गर्ने यात्रुले सास्ती खेप्नु परेको छ । वर्षौदेखि सडक बीचमा परेका खाल्डा खुल्डीले धनगढी बिमानस्थलको शोभालाई विगारिदिनुका साथै थप मर्मत सम्भार नहुँदा दिनदिनै थोत्रिँदै गएको छ ।  




‘धनगढी बिमानस्थल गेटा जाँदा कालोपत्रे सडकमा परेका खाल्डाखुल्डीले यात्रा दिक्दार लाग्छ,’ धनगढीका खगेन्द्र ओझाले भने,‘आफन्तलाई एयरपोर्ट छोड्न मोटरसाइकलमा जाँदा थोत्रिएको बाटोले यात्रा झुर बनाइदिन्छ ।’ कालोपत्रे सडकको बीचबीचमा परेका खाल्डाखुल्डीले सवारी साधन समेतलाई थोत्राउने गरेको उनी बताउँछन् । सुदूरपश्चिम आउँदा राजधानी काठमाडौंसँग जोड्ने एक मात्रै विमानस्थल गेटा आउजाउ गर्ने सडकको हालत बेहाल भएको बताउँदै अर्का स्थानीय राजेन्द्र चौधरीले भने,‘यो सडक भएर प्रधानमन्त्रीदेखि प्रदेश सरकारका मुख्यमन्त्री मन्त्रीका गाडी दिनहुँ हुइँकिन्छन्, तर सडक बनाउन कसैलाई चासो छैन ।’ सडकमा परेका खाल्डाखुल्डीले सवारी साधन दुर्घटनाको भय पनि बढेकोप्रति उनी चिन्ता गर्छन् । ‘यो सडकमा सवारी चाप बढेको हुन्छ,’ उनले भने,‘यस्तैमा थोत्रो सडक हुँदा दुर्घटनाको भय पनि उत्तिकै छ ।’ सडक मर्मतसम्भारका लागि अहिलेसम्म कसैले पनि चासो नदिएको बताउँदै उनले भने,‘यो सडक बनेदेखि अहिलेसम्म कसैले पनि मर्मतसम्भार गरेको थाहा छैन मलाई ।’

काठमाडौंदेखि मन्त्री तथा नेताहरु विमानस्थलमा ओर्लदा भने सयौं नेता तथा कार्यकर्ता स्वागतका लागि फूलमाला लिएर यही सडक भएर गेटा पुग्ने गरेको बताउँदै स्थानीय रविन्द्र जोशीले भने,‘तर यो सडकको दुर्दशा यस्तो हुँदा पनि कसैले मर्मतसम्भारका लागि पहल गरेको देखिएन ।’ मोहनपुरदेखि गेटा विमानस्थलसम्मको दुई दशमलव १ किलोमिटर कालोपत्रे सडक खण्ड जीर्ण बन्नैलाग्दा पनि कसैले आवाज नउठाएको बताउँदै उनले भने,‘यो सडकको अवस्थाका बारेमा सबै जानकार छन्, तर पनि कसैले आवाज उठाउँदैन ।’ आर्थिक वर्ष २०७०/०७१ मा निर्माण गरिएको कालोपत्रे सडक त्यसपछि भने मर्मतसम्भार नभएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इञ्जिनियर लक्ष्मणदत्त जोशी बताउँछन् । ‘यो सडक निर्माण भएदेखि मर्मतर सम्भार भएको छैन,’ उनले भने,‘सडक हरेक वर्ष नियमित मर्मतसम्भार हुनुपर्ने हो ।’ तीन वर्षदेखि सडक डिभिजन कार्यालय महेन्द्रनगर मातहतबाट छुटेको बताउँदै उनले भने,‘हामीसँग अहिले यो सडक छैन, हामीले पनि केही गर्न सक्दैनौँ ।’

एयरपोर्ट सडकको अवस्था दयनिय भएको बताउँदै धनगढी उपमहानगरपालिकाका इञ्जिनियर दीजराज भट्टले भने,‘मोहनपुर–एयरपोर्ट सडक निर्माण डिभिजन कार्यालय महेन्द्रनगरले गरेको हो, मर्मत सम्भार पनि उसैको जिम्मा थियो ।’ पछिल्लो समयमा मर्मत सम्भार उपमहानगरपालिकाले सडक डिभिजन कार्यालयलाई पत्राचार गरेको बताउँदै उनले भने,‘सडक मर्मत सम्भार गरिदिन भनेर हामीले डिभिजन कार्यालय महेन्द्रनगरलाई पत्राचार गर्‍यौँ, तर उसले मर्मतका लागि हामीसँग बजेट छैन भनेपछि रोकिएको हो ।’ सडक डिभिजन कार्यालयले पनि मर्मतका लागि बजेट अभाव भएको देखाएपछि यसपालि भने उपमहानगरपालिकाले आफ्नै बजेटले सामान्य मर्मत सम्भार गर्ने लक्ष्य लिएको उनले बताए । ‘कसैले चासो नदेखाएपछि मोहनपुर–एयरपोर्ट सडकलाई हामीले सामान्य मर्मतसम्भार गर्ने भएका छौँ,’ उनले भने,‘यो सडकलाई चौडा गर्ने  र पूर्णरुपमा जिम्मा कसले लिने भन्ने कुरा अहिलेसम्म टुंगो लागेको छैन ।’ सडक संघीय सरकार वा प्रदेश सरकारले जिम्मा नलिए स्थानीय सरकारले लिने बताउँदै उनले भने,‘हामीलाई आधिकारिक रुपमा जिम्मा लिन भनेपछि हामी लिन्थ्यौँ, तर कसले जिम्मा लिने भन्ने अहिलेसम्म टुंगो लगाइएको छैन ।’  

मेयर नृपबहादुर वडले भने,‘सडकको अवस्था दयनिय छ, हामीले मर्मतसम्भारका लागि प्रदेश सरकारसँग आग्रह गर्‍यौँ, सरकारले सुनेन ।’ गेट एयरपोर्टको सडक सबैको भएको बताउँदै उनले भने,‘पटक–पटक प्रदेश सरकारलाई आग्रह गर्दा पनि नसुनेपछि यसपटक भने हामी आफैले मर्मत सम्भार गर्ने भएका छौँ ।’ मोहनपुर–एयरपोर्ट सडकलाई एक लेयर कालोपत्रे गरेर मर्मत सम्भार गरिने उनले बताए ।
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock ५८ सेकेन्ड अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १० घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस