मुलुकको जिडिपी ४० खर्ब नजिक
२१ फागुन २०७७
•
५ मिनेट पाठ
मुलुकको जिडिपी ४० खर्ब नजिक
विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण गत आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर करिब २ प्रतिशतले ऋणात्मक भएको छ।




राष्ट्रिय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार आव ०७६/७७ मा आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक भएको हो। करिब २० वर्षअघि माओवादी द्वन्द्वका बेलामा पनि एक वर्ष आर्थिक वृद्धिदर ऋणात्मक भएको थियो।

विभागका अनुसार गत आवमा तेस्रो त्रैमासिकसम्म आउँदा मुलुकको अर्थतन्त्र राम्रो थियो। त्यसपछि सुरु भएको कोभिड समस्याले अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित गरेपछि आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको हो। कोभिड १९ का कारण सरकारले चैत ११ देखि तीन महिनासम्म लकडाउन गरेको थियो। यसबेला आर्थिक क्रियाकलाप पूर्ण रूपमा ठप्प भएका थिए। सरकारले गत आवमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको थियो। कोभिड–१९ प्रकोप देखापरेपछि लक्ष्य संशोधन गर्दै आर्थिक वृद्धि २.२७ प्रतिशतमा खुम्चिने अनुमान गरेको थियो।

कोभिडका कारण अघिल्लो आवको अन्तिम चार महिना (चैत–असार) मा अर्थतन्त्र १५.४ प्रतिशतले खुम्चिएको छ। विभागका उपमहानिर्देशक हेमराज रेग्मीले यो बेला सबैभन्दा बढी आवास, भोजन सेवामा २५.७ प्रतिशत, यातायात तथा भण्डारण क्षेत्रमा १३.४ प्रतिशत खुम्चिएको बताए। ‘आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन सकेनन्,’ रेग्मीले पत्रकारसँग भने, ‘कोभिडको असर घरायसी उपभोगमा समेत प¥यो।’

गत वर्ष विद्युत्, ग्यास, वातवारण, सार्वजनिक प्रशासन तथा सुरक्षा, मानव स्वास्थ्य तथा सामाजिक कार्यक्रमबाहेक अन्य सबै क्षेत्रको वृद्धि ऋणात्मक भएको छ। खानी तथा उत्खनन वृद्धिदर २.२ प्रतिशतले ऋणात्मक भएको छ। यसैगरी निर्माण ५.६ प्रतिशत, औद्योगिक उत्पादन ९.१ प्रतिशत, थोक तथा खुद्रा व्यापार, मोटरगाडी र यातायात तथा भण्डारण १०.७ प्रतिशतले ऋणात्मक भएको देखिएको छ।

विभागका अनुसार चालु आवको पहिलो त्रैमासिकको अर्थतन्त्रमा पनि कोभिडले असर गरेको देखिएको छ। यो अवधिमा पनि अर्थतन्त्र ४.६ प्रतिशतले ऋणात्मक छ। पछिल्ला दिनमा आर्थिक क्रियाकलापमा सुधार आएको छ। तर, पहिलो त्रैमासले यो वर्षलाई पनि असर गर्ने अनुमान विभागको छ। विभागले नेपालीको प्रतिव्यक्ति आम्दानी (जिएनआई अनुसार) १ हजार १ सय ४८ अमेरिकी डलर पुगेको बताएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेलले सरकारले गरेको पूर्वअनुमानभन्दा आर्थिक वृद्धि अझै तल झरेर ऋणात्मक अवस्थामा पुगको बताए। ‘कोभिडले समग्र अर्थतन्त्रमा असर पा¥यो,’ उनले भने, ‘लामो लकडाउनका कारण अर्थतन्त्र ऋणात्मक हुन पुगेको छ।’

गत वर्षको आर्थिक वृद्धि भूकम्प र नाकाबन्दीका बेलामा भन्दा पनि खराब अवस्थामा पुगेको छ। सन् २०१५/१६ को भूकम्प र त्यसपछि भारतले लगाएको अघोषित नाकाबन्दीका बेला मुलुकको आर्थिक वृद्धि ०.२० मा खुम्चिएको थियो। अर्थतन्त्रमा परेको असरले सरकारले लिएका दीर्घकालीन लक्ष्यमा पनि परिवर्तन गर्नुपर्ने अवस्था आएको कँडेलले बताए।

विभागका निर्देशक गणेशप्रसाद आचार्यले पोहोरको अन्तिम त्रैमासको तुलनामा यो वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रका सूचक केही सकारात्मक दिशातर्फ उन्मुख भएको बताए। ‘गत वर्षभन्दा यो वर्ष सकारात्मक संकेत देखिएका छन्,’ उनले भने, ‘पहिलो त्रैमासमा अर्थतन्त्र ‘भी’ आकारले सुधार भएको छ।’

आर्थिक क्रियाकलाप वृद्धि भएकाले यो वर्ष धेरै सुधार हुने योजना आयोगका सचिव केबल भण्डारीले बताए। ‘अर्थतन्त्र ऋणात्मक भए पनि सकारात्मक संकेत देखिएका छन्,’ उनले भने।

ऋणात्मक अवस्थामा पुगेको अर्थतन्त्रलाई पुनर्उत्थान गरेर पूरानो लयमा फर्काउन सरकारले ल्याएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने अर्थशास्त्री शंकर शर्मा बताउँछन्। कोभिडले ऋणात्मक भएको अर्थतन्त्रमा सुधार ल्याउन सरकारले नयाँ रणनीति बनाउनुपर्ने उनले बताए। ‘सुधारका संकेत देखिए पनि कोभिडको रिकोभरीका लागि रणनीति बनाउनु पर्छ,’ शर्माले नागरिकसँग भने, ‘त्यसका लागि सरकारले खर्च बढाउनु पर्छ।’ पर्यटन क्षेत्र पुरानो अवस्थामा फर्किन अझै समय लाग्ने भएकाले अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको कृषि क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने उनको तर्क छ। ‘समयमा मल, बिउ, सिँचाइको व्यवस्था गरेर कृषि उत्पादन बढाउनुपर्छ,’ शर्माले भने, ‘रोजगारी सिर्जना गर्ने कार्यक्रम प्राथमिकतामा राख्नुपर्छ।’

शर्माले सरकारले कोभिडलाई लक्ष्य गरी ल्याएका कायक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए। ‘राष्ट्र बैंकले ल्याएका प्याकेज पूर्ण कार्यान्वनयमा आएका छैनन्,’ उनले भने, ‘त्यसमा सरकारले ध्यान दिनु आवश्यक छ।’

गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ऋणात्मक भए पनि मुलुकको कुल गाहस्र्थ उत्पादन (जिडिपी) भने बढेको छ। गत वर्ष मुलुकको जिडिपी ३९ खर्ब ४३ अर्ब रूपैयाँको भएको छ। विभागले जिडिपी गणनाको आधार वर्षलाई परिवर्तन गरेका कारण जिडिपी बढेको देखिएको हो।

विभागले यसअघि सन् २०००/२००१ लाई आधार वर्ष मानेर जिडिपी गणना गर्दै आएको थियो। अब आधार वर्ष २०१०/२०११ लाई मानिएको छ। विभागका अनुसार नयाँ आधार वर्ष मानेर गणना गर्दा १० वर्षको अवधिमा जिडिपी १४ प्रतिशतभन्दा बढीले बढेको छ। कुल १० वर्षको अवधिमा भने जिडिपी करिब साढे २ गुणाले बढेको छ। सन् २०१०/२०११ मा मुलुकको कुल जिडिपी १५ खर्ब ५९ अर्ब थियो। नयाँ आर्थिक क्रियाकलाप थपिएको, आधार वर्ष र मापनको विधि पनि फेरिएकाले आकार बढेको हो। तथ्यांक विभागले तीन वर्ष लगाएर अध्ययन गरेको हो।

१० वर्षमा अर्थतन्त्रको लेबल १४.१ प्रतिशतले वृद्धि भएको उपमहानिर्देशक रेग्मीले बताए। ‘नयाँ आर्थिक क्रियाकलाप थपिएका छन्,’ उनले भने, ‘त्यसले जिडिपीको आकार पनि बढेको हो।’

सन् २०००÷२००१ को मूल्यमा कुल ग्राहस्थ उत्पादनको मापन गर्दै आएकोमा बीस वर्ष पुरानो मूल्य आधारबाट अहिलेको वास्तविक अर्थतन्त्रको मापन कठिन भएको भन्दै विभागले आधार वर्ष परिवर्तन गरेको हो। अन्तर्राष्ट्रिय मापदण्ड र सिद्धान्तअनुसार नै आधार वर्ष परिवर्तन गरिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए। ‘नयाँ आधार वर्ष लागू भएपछि हालको अर्थतन्त्रको आकार बढेको छ,’ उनले भने, ‘प्रचलित मूल्यका आधारमा अर्थतन्त्रको आकार मापन गरिएको छ।’आधार वर्ष परिवर्तन हुँदा उत्पादनमा २०.२७ प्रतिशत, मध्यवर्ती उपभोगमा ३५.४२ प्रतिशत र कुल ग्रार्हस्थ्य उत्पादनमा १४.०७ प्रतिशतले वृद्धि (धनात्मक परिवर्तन) भएको छ। 

कुल ग्राहस्थ्य उत्पादनमा आएको परिवर्तन हेर्दा सबैभन्दा धेरै सामाजिक सुरक्षामा १५७.९ प्रतिशतले धनात्मक परिवर्तन भएको छ। यो सामाजिक सुरक्षा क्षेत्रले जिडिपीमा लिएको हिस्सालाई आधार मान्दा डेढ सय प्रतिशत वृद्धि भएको हो। त्यसैगरी, घरजग्गा कारोबारका व्यावसायिक क्रियाकलापमा ५२ प्रतिशत, विद्युत्, ग्यासमा ४६.८, वित्तीय तथा बीमासम्बन्धी ३६.८, थोक तथा खुद्रा व्यापारमा २३.१, खानी तथा उत्खननमा २२.५, औद्योगिक उत्पादनमा ४.५ प्रतिशत वृद्धि भएको छ। जिडिपीमा ठूलो हिस्सा ओगटेको कृषि, वन, माछापालनमा भने ०.५ प्रतिशतले मात्र वृद्धि भएको छ।
अर्को समाचार
गण्डकी प्रदेशः २०८५ सम्म आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्याउने लक्ष्य
२० चैत्र २०८०
•
४ मिनेट पाठ
गण्डकी प्रदेशः २०८५ सम्म आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्याउने लक्ष्य
गण्डकी प्रदेशले दोश्रो पञ्चवर्षीय योजनाको अवधारणा पत्र तयार गरेको छ। गण्डकी प्रदेश नीति तथा योजना आयोगले आगामी पाँचवर्षका लागि बनाउँदै गरेको दोश्रो पञ्चवर्षीय योजनाको अवधारणापत्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।  




देशको सोह्रौं योजनाको लक्ष्य तथा उद्देश्य प्राप्त गर्न सहयोग पुर्याउने र कार्वन तटस्थ, समावेशी, दीगो तथा उत्थानशील अर्थतन्त्र निर्माण गरी प्रदेश समुन्नतीको आधारशीला तयार पार्ने उद्देश्यले बनाइएको दोश्रो पञ्चवर्षीय योजनाले ‘आत्मनिर्भर र समुन्नत प्रदेश, सम्मानित प्रदेशवासी’को सोंचसहितको योजना बनाइरहेको आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले बताए। उक्त सोंच पूरा गर्न उत्पादकत्व बृद्धि, सामाजिक न्याय र समुन्नती हासिल गर्ने प्रादेशिक लक्ष्य निर्धारण गरिएको उनको भनाई छ। 

गण्डकीले उक्त लक्ष्य पूरा गर्न ३ प्रादेशिक उद्देश्य, ८ समष्टिगत रणनीति र १४ प्राथमिक क्षेत्रहरु पहिचान गरेको अवधारणा पत्रमा उल्लेख छ। ३ उद्देश्यहरुमा गुणस्तरीय पूर्वाधार र उत्पादन, रोजगारी तथा आय बृद्धि गर्नु, मानव पुँजी निर्माण, विकासका लाभको समन्यायीक वितरण र सामाजिक न्याय स्थापित गर्ने तथा गुणस्तरीय सार्वजनिक सेवा प्रवाह र सुशासन अभिबृद्धि गर्नुरहेको उनले प्रष्ट्याए। 

गण्डकीले लिएको समष्टिगत रणनीतिहरुमा उत्पादन तथा उत्पादकत्व र दीगो आर्थिक बृद्धि गर्ने, मानव पुँजी निर्माण तथा न्यायपूर्ण समाजको स्थापना, दीगो तथा उत्थानशील समाजको स्थापना, हरित, कार्वन तथा जलवायुमैत्री कार्य र स्वच्छता अभिबृद्धि गर्नेलगायतका रहेका छन्। यसैगरी प्रथामिकताका क्षेत्रहरुमा सुदृढ प्रादेशिक अर्थतन्त्र, प्रभावकारी आर्थिक नीति तथा आत्मनिर्भरता, व्यवासायीक कृषि तथा आत्मनिर्भरता, दीगो वन व्यवस्थापन, जैविक विविधता तथा जलाधार संरक्षण, बजारमुखी उत्पादन र दीगो पर्यटनलगायत रहेको उपाध्यक्ष डा.देवकोटाले जानकारी दिए। 

दोश्रो पञ्चवर्षीय योजनाले २०८५ सालसम्ममा ८ प्रतिशत आर्थिक वृद्धिदर पुर्याउने लक्ष्य लिएको अवधारणा पत्रमा उल्लेख छ। जबकी हाल गण्डकीको आर्थिक वृद्धिदर ३.३ प्रतिशत मात्र छ। प्रथम पञ्च वर्षिय योजना शुरु हुँदा २०७५÷७६ मा ७.१ प्रतिशत रहेकोमा कोभिड, आर्थिक मन्दीलगायतका कारण अहिले गण्डकीको आर्थिक बृद्धिदर बढ्नुको सट्टा झन् घट्दो अवस्थामा रहेको बेला दोश्रो पञ्चवर्षीय योजनाले महत्वकांक्षी ८ प्रतिशत आर्थिक बृद्धिदर पु¥याउने लक्ष्य लिएको हो। 

त्यस्तै, दोश्रो पञ्चवर्षी योजनाले गरिवी ८ प्रतिशतमा झार्ने लक्ष्य लिने अवधारणा पत्रमा उल्लेख छ। जबकी गण्डकी प्रदेशमा हाल गरिवी ११ प्रतिशत छ। प्रथम पञ्चवर्षीय योजनाले ७.३ प्रतिशतमा झार्ने लक्ष्य राखेपनि विविध कारणले त्यो महत्वकांक्षी योजना पूरा हुन सकेन। त्यसैले आयोगले दोश्रो पञ्चवर्षीय योजनाले गरिवी ८ प्रतिशतमा झार्ने महत्वकांक्षी लक्ष्य लिने भएको छ। 

गण्डकी प्रदेशले दोश्रो पञ्चवर्षीय योजना सकिदासम्म गण्डकी प्रदेशको प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलर पुर्याउने लक्ष्य राख्ने भएको छ। जुन महत्वकांक्षी योजना हो। यसअघि प्रथम पञ्चवर्षीय योजनाले १ हजार ९ सय ५६ अमेरिकी डलर पुर्याउने लक्ष्य राखेपनि त्यो अहिले १ हजार ५ सय ९६ अमेरिकी डलरमा सिमित छ। 
गण्डकीले श्रमशक्ति सहभागिता दर ७५ प्रतिशत पुर्याउने, रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा ५५ प्रतिशत पुर्याउने, विद्याुतमा पहुँच प्राप्त परिवार शत प्रतिशत पु¥याउने लक्ष्य लिएको छ। गण्डकीमा साक्षरता दर ५ वर्षमाथि ८५ प्रतिशत पु¥याउने लक्ष्य लिइएको छ। गण्डकीवासीको औषत आयु ८० वर्ष पुर्याउने लक्ष्य लिइने उल्लेख छ भने मातृ मृत्यूदर शून्यमा झार्ने, बाल मृत्यूदर प्रति हजारमा १४ जनामा झार्ने लक्ष्य लिइने जनाइएको छ। 

आयोगका उपाध्यक्ष डा.देवकोटाले आर्थिक बृद्धिदर न्यून हुनु, उत्पादन क्षेत्रको तुलनामा सेवा क्षेत्रको बिस्तार उच्च हुनु, न्यून उत्पादन तथा परनिर्भरता बढ्दै जानु, वित्तीय श्रोत परिचालन सबल नहुनु, पुँजीगत खर्चमा कमी हुनुलगायतका कारण प्रथम पञ्चवर्षीय योजनाले अपेक्षित लक्ष्य हाँसिल नगरेको बताए। 

तर कोभिडको असर कमहुँदै गएको, आर्थिक चलायमान बढ्दै गएको तथा पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा कृषिलाई औद्योगिकरण र व्यवसायीकरण गर्ने, पर्यटनको राजधानी घोषणा भइसकेकाले सोहि अनुसारको लगानी बृद्धि र पर्यटन आगमनमा बृद्धि गर्दै दोश्रो पञ्चवर्षीय योजनाको लक्ष्य पूरा गर्न सकिने उनको भनाई छ। ‘हामीले योजना तर्जुमा गर्ने तयारी गरेका छौं । अब बजेट र कार्यक्रम त्यहि अनुसार छुट्टिन्छ। यसले हाम्रो लक्ष्य भेट्टाउन सकिन्छ भन्ने विश्वास छ’–उनले भने।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस