काठमाडौं - समितिले गत आर्थिक वर्षको अन्त्यमा सबै बिमा कम्पनीमा आकस्मिक स्थलगत निरीक्षण गरी फाइल लिएर अध्ययन गरेको छ। २४ वटा कम्पनीमा आकस्मिक निरीक्षण गरेर संस्थागत सुशासनबारे छानबिन थालेको जनाएको छ।
समितिले आर्थिक पत्रकार समाज (सेजन) सँग अन्तर्क्रिया गर्न शुक्रबार र शनिबार धुलिखेलमा आयोजना गरेको कार्यक्रममा समिति अध्यक्ष फत्तबहादुर केसीले धेरैजसो कम्पनीले आर्थिक वर्षका अन्त्यमा बदमासी गर्ने हुनाले आकस्मिक निरीक्षण गरेको बताए। उनका अनुसार समितिले सबै कम्पनीको फाइल अध्ययन गरिरहेको छ। दोषी भेटिए कारबाही हुनेछ। केसीले एभरेस्ट इन्स्योरेन्स कम्पनीमा विशेष छानबिन भइरहेको जानकारी दिँदै व्यक्तिगत लहडमा व्यवस्थापन लापरबाह भएको भेटिए सोहीअनुसार कारबाही हुने बताए। समिति स्वायत्त भए पनि कानुन अभावले एभरेस्टलाई 'टेकओभर' गर्न नसकिएको उनले बताए।
'लगानीकर्ता र सर्वसाधारणलाई समस्या हुने अवस्था आयो भने समिति हेरेर मात्रै बस्दैन, थप कारबाही अघि बढाइने छ,' केसीले भने, 'संस्थागत सुशासनसम्बन्धी निर्देशिकाको पालना सबैले गर्नुपर्छ। त्यही अवस्था बुझ्न हामीले बिमा कम्पनीमा पहिलोपटक छापा मारेका हौं। अध्ययनपछि नतिजा अनुसार कारबाही हुन्छ।'
लघुबिमा कार्यक्रम यसै वर्ष
बिमा समितिले बिमा दायरा फराकिलो बनाउन यसै वर्ष लघुबिमा कार्यक्रम लागू गर्ने तयारी गरेको छ। कृषि र स्वास्थ्य क्षेत्रमा सहभागिता बढाउन कार्यक्रम लागू गर्न लागिएको हो।
समितिले न्यून प्रिमियम स्किमको लघु बिमामार्फत धेरैलाई समेट्न तत्काल कृषि र स्वास्थ्यका लागि लघुबिमा कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो। समितिले आकस्मिक बिमा कोष पुनर्बिमा कम्पनीलाई रुपान्तरण गर्न पहल थालिसकेको छ।
समितिले नेपालमा पुनर्बिमा कम्पनी नहुँदा देशबाट वार्षिक ५ अर्ब रुपैयाँभन्दा बढी रकम पलायन भइरहेको जनाएको छ। ठूलो रकम बाहिरिएको भन्दै समितिले कोषलाई पुनर्बिमा कम्पनीमा रुपान्तरण गर्न लागेको हो। अहिले बिमा पुँजी पलायनको माध्यम बनेको गुनासो बढ्दै गएपछि समितिले स्वदेशमै पुनर्बिमा कम्पनी स्थापनाको पहल गरेको हो। समितिका अनुसार कोषमा २ अर्ब रुपैयाँ छ।
गत आर्थिक वर्ष जीवन बिमकको सोल्भेन्सी मार्जिनसम्बन्धी निर्देशिका जारी गरेको समितिले यो वर्ष निर्जीवन बिमकको लागि त्यस्तो निर्देशिका जारी गर्ने तयारी गरेको जनाएको छ। समितिले सोल्भेन्सी मार्जिनअन्तर्गत जीवन बिमामा दायित्वको तुलनामा डेढगुना सम्पत्ति हुनुपर्ने अनिवार्य गरेको छ। बिमा कम्पनीहरुको सम्भावित जोखिम व्यवस्थापन गर्न समितिले कम सम्पत्ति भएका कम्पनीलाई पुँजी बढाउन निर्देशनसमेत दिन सक्ने जनाएको छ।
समितिले सबै बिमा कम्पनीसँग प्रवर्द्धन खर्चको हिसाबकिताब समेत झिकाएको छ। प्रवर्द्धन खर्चमा लगाएको सीमाबारे अनुगमन गरिरहेको समितिले जीवन बिमा कम्पनीलाई बिमाशुल्कको ६ प्रतिशत र निर्जीवनलाई १.५ प्रतिशत प्रवर्द्धन खर्च गर्न पाउने व्यवस्था गरेको छ। कम्पनीले अनावश्यक खर्च देखाएर प्रवर्द्धन खर्च बढाउन थालेकोले यसमा कडाइ गर्नुपरेको समितिले जनाएको छ।
समितिले जीवन बिमा कम्पनीलाई ५० करोड र निर्जीवनलाई २५ करोड चुक्ता पुँजी पुर्याउन दबाब दिइरहेको बेला पुनः चुक्ता पुँजी दोब्बर बनाउने योजना बनाएको छ। चुक्ता पुँजी जीवन बिमा कम्पनीको १ अर्ब र निर्जीवनको ५० करोड पुर्याउने तयारी समितिले गरेको हो। समितिले बिमित हित संरक्षण कोष र बिमा प्रतिष्ठान स्थापना गर्ने योजनासमेत बनाएको छ।
६ प्रतिशत जनसंख्यामा बिमाको पहुँच पुगेको बेला पनि बिमा कम्पनीमा १६ हजार दाबी भुक्तानी बाँकी रहेकोले त्यसलाई छिट्टै सल्टाउन समितिले कम्पनीलाई निर्देशन दिएको छ। समितिले गत वर्ष ५४ वटा उजुरीमा फैसला गरेको थियो। १७ वटा उजुरीउपर मध्यस्थता गरी मिलाएको थियो। समितिमा अझै १ सयभन्दा बढी उजुरी छन्।