काठमाडौं - व्यापारिक घराना नेसनल ग्रुप अफ कम्पनिजले विराटनगरमा ७५ करोड रुपैयाँ लगानी गरी पाँचतारे होटल निर्माण गर्ने भएको छ। यसका लागि जग्गादेखि नक्सांकनसम्मको काम भइसकेको छ।औद्योगिक नगरी विराटनगरलाई आधार गरी तीन पुस्तादेखि व्यापार गर्दै आएको नेसनल ग्रुपले धरान रोडमा पाँचतारे होटल निर्माण गर्न लागेको हो। होटलको नामसमेत जुरिसकेको छ– द सेन्चुरियन होटल।
'आगामी असोजबाट होटल निर्माणको काम सुरु हुन्छ,' नेसनल ग्रुपका प्रबन्ध निर्देशक तथा उद्योगपति मोति दुगडले बुधबार नागरिकसँग भने, 'साढे दुई वर्षभित्र होटल पूर्णरूपमा सञ्चालन गर्ने गरी काम अगाडि बढिरहेको छ।'
दुगडका अनुसार पाँचतारे होटल कम्पाउन्डभित्र एउटा सपिङ मल र दुईवटा मल्टिप्लेक्स सिनेमा हल पनि निर्माण हुनेछन्। सपिङ मल भने डेढ वर्षभित्र निर्माण हुने गरी काम भइरहेको छ।
'विराटनगर आफैंमा ठूलो सम्भावना बोकेको पर्यटन गन्तव्य पनि हो,' दुगडले भने, 'औद्योगिक सहर भए पनि विराटनगर शान्त छ। नजिकै कोशी टप्पु वन्यजन्तु आरक्ष, बराह क्षेत्र, धरान, भेडेटारजस्ता नामी पर्यटन गन्तव्य पनि छन्। यही सम्भावनालाई 'क्यास' गर्न पाँचतारे होटल खोल्न लागेका हौं।'
ग्रुपले विराटनगर धरान रोडस्थित आफ्नै डेढ विघा जग्गामा होटल निर्माण गर्न लागेको हो। पहिलो चरणमा होटलमा १ सय १० वटा कोठा निर्माण हुने ग्रुपले जनाएको छ। दोस्रो चरणमा कोठा संख्या थप्ने योजना पनि दुगडले सुनाए। भारतीयसँगै तेस्रो मुलुकका पर्यटक लक्ष्य गरिएको उनले बताए। भारतका पश्चिम बंगाल, बिहारलगायतबाट आउने पर्यटकको आकर्षक गन्तव्य विराटनगर भएको उनको भनाइ छ।
'विराटनगरमा ठूलो होटलको साह्रै आवश्यकता छ र त्यसमा सम्भावना पनि व्यापक छ,' दुगडले भने, 'हाम्र्रो सेन्चुरियन होटल पूर्वाञ्चलकै पहिलो पाँचतारे होटल हुनेछ।' होटल निर्माण भएपछि साढे २ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने तथा अप्रत्यक्ष हजारौं लाभान्वित हुने उनले जानकारी दिए।
आतिथ्य सत्कार उद्योगमा दुगडको नेसनल ग्रुपले पहिलो पटक लगानी गर्न लागेको भने होइन। हाल ग्रुपले विराटनगरमै फन एन्ड फुड भिलेज नामको रिसोर्ट पनि सञ्चालन गरिरहेको छ। यो रिसोर्टमा १० कोठा, पौडी पोखरी, रेस्टुरेन्ट, विभिन्न खेलकुदलगायत सुविधा उपलब्ध छन्।
निकट भविष्यमा विराटनगरमा ठूला लगानीका परियोजना सञ्चालन हुने, विराटनगर विमानस्थल क्षेत्रीय स्तरको बनाइनेजस्ता आशावादी गतिविधिबाट हौसिएर ग्रुपले पाँचतारे होटल बनाउन लागेको हो। ठूला होटल अभावका कारण विराटनगरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बैठक, छलफलमात्र नभई सौखिनहरूको विवाह उत्सव आयोजना गर्न कठिन भइरहेको अवस्था मध्यनजर गरी ग्रुपले एकै पटक वृहत लगानी गर्न लागेको हो।
'अहिले विराटनगर आएका आन्तरिक तथा वाह्य पर्यटक त्यहाँ बास नबसी आफ्ना गन्तव्य फर्किने गरेका छन्,' ग्रुपका प्रबन्ध निर्देशक दुगडले भने, 'त्यस्ता पर्यटक लक्ष्य गरेका छौं।' हाल काठमाडौंबाट विराटनगरका लागि दैनिक १५ उडान हुने गरेको छ। यसबाट पनि ग्रुपलाई होटलमा लगानी गर्न थप प्रोत्साहन मिलेको हो।
सबै कोठा डिलक्स हुने सेन्चुरियन होटलमा सकेसम्म अन्तर्राष्ट्रिय चेन प्रवेश नगराउने उनले बताए। केही देशका अन्तर्राष्ट्रिय ठूला होटल चेनले व्यवस्थापनको जिम्मेवारी दिन ग्रुपलाई प्रस्ताव गरिसके पनि यसमा खासै चासो नदिइएको उनको भनाइ छ।
हाल केही पाँचतारे होटल पनि अन्तर्राष्ट्रिय चेनबिना सञ्चालन भइरहेको उदाहरण दिँदै उनले दक्ष नेपाली व्यवस्थापन राखेर होटल चलाउने जानकारी दिए। कोठाको भाडा दर भने होटल सञ्चालन भइसकेपछि मात्रै सार्वजनिक गर्ने उनले बताए। होटलमा चारवटा रेस्टुरेन्ट, पौडी पोखरी, सौना बाथ, हेल्थ क्लबलगायत सम्पूर्ण मापदण्ड रहने उनले उल्लेख गरे।
उनका अनुसार विराटनगर क्षेत्र प्रचार–प्रसार र प्रवर्द्धनको अभावमा अन्य गन्तव्यभन्दा पछाडि परेको हो। सरकार, नेपाल पर्यटन बोर्ड वा निजी क्षेत्र कसैले पनि विराटनगरलाई प्राथमिकतामा राखेका छैनन्। 'सबैजना सधैं काठमाडौं, पोखरा र चितवन भनेर कुदिरहेको छ,' दुगडले भने, 'विराटनगरजस्तो गन्तव्यलाई भने बेवास्ता गरिरहेको छ। अब हामी आफैंले केही नगरेसम्म विराटनगर माथि आउँदैन।'
उनको ग्रुपले पाँचतारे होटल सञ्चालनमा आएपछि धनकुटाको हिलेमा तीनतारे स्तरको एउटा होटल पनि स्थापना गर्ने योजना बनाएको छ। 'मुलकमा राजनीतिक स्थिरता आयो भने व्यवसायीको लगानी पनि वृद्धि हुँदै जान्छ र रोजगारी पनि बढ्छ,' दुगडले भने।