मेलम्ची पानी सुरुमा पुरानै वितरण प्रणालीबाट
२४ फागुन २०७७
•
३ मिनेट पाठ
मेलम्ची पानी सुरुमा पुरानै वितरण प्रणालीबाट
२०७४ सालकाे पुस दाेस्राे साता मेलम्चीकाे पानी वितरण गर्ने पाइप गाड्न खनिएकाे ठाँउमा बाटाे पहिल्याउँदै बटुवा। फाइल तस्बिर: नागरिक
सरकारले मेलम्चीको पानी सुरुआती चरणमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानै प्रणालीबाट वितरण गर्ने भएको छ। मेलम्चीको पानी सुन्दरीजल खसेसँगै नयाँ वितरण लाइन तयार नभइसकेकाले पुरानैबाट वितरण गरिने भएको हो।




काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का कार्यकारी निर्देशक कमलराज श्रेष्ठले मेलम्चीको नयाँ पाइप लाइनको सम्पूर्ण परीक्षण अहिलेसम्म नभएकाले पानी तत्काल पुरानै पाइप लाइनबाट वितरण गरिने बताए।

‘सुरुङसम्बन्धी सम्पूर्ण टेस्टिङ र कमिसनिङको काम सकेर नियमित पानी उपलब्ध गराउन थालेसँगै नयाँ पाइप लाइनको परीक्षण सुरु गर्नेछौं,’ उनले भने, ‘पुरानो वितरण प्रणालीबाट जनतालाई पानी उपलब्ध गराउँदै नयाँ पाइप लाइनको परीक्षण अघि बढाउनेछौं।’ निर्देशनालयले पहिलो चरणमा एक लाख १४ हजार घरधुरीमा मेलम्ची पानी उपलब्ध गराउने लक्ष्य राखेको छ।

तर सुरुआती चरणमा करिब २० हजार घरधुरीमा नयाँ जडान गरिएको वितरण लाइनबाट र बाँकी क्षेत्रमा पुरानै वितरण लाइनमा इन्टरकनेक्सन गरेर पानी वितरण गर्ने तयारी छ। ‘सबैभन्दा पहिलो चक्रपथभित्रका उपभोक्ताले नयाँ वितरण प्रणालीमार्फत पानी प्राप्त गर्नेछन्,’ उनले भने, ‘चक्रपथ बाहिरकालाई पुरानैबाट उपलब्ध गराइनेछ।’  

निर्देशनालयले अहिले अनामनगर, थापागाउँ, कोटेश्वर, नरेफाँट, दरबारमार्ग, नक्साल, चःमती जग्गा एकीकरण आयोजना, बालाजु लगायत क्षेत्रमा नयाँ विस्तारित पाइप लाइनबाटै पानी वितरण गरिरहेको छ। निर्देशनालयले अबको एकदेखि डेढ महिनामा सम्पूर्ण परीक्षण सकेर उपभोक्ताको घरमा पठाउनेछ।

निर्देशनालयले मेलम्ची पानी वितरण गर्न ७६ किलोमिटरको थोक वितरण लाइनको संरचना तयार पारिसकेको छ। त्यसैगरी, ११ सय २२ किलोमिटर वितरण सञ्जालको संरचना तयार गरे पनि पानीको अभावमा टेस्टिङ तथा कमिसनिङको काम गर्न सकेको छैन। निर्देशनालयले नियमित पानी उपलब्ध हुन थालेसँगै टेस्टिङलाई तीव्रता दिने जनाएको छ।

साढे ७४ हजार घनमिटर क्षमताका १० वटा ट्यांकी समेत तयारी अवस्थामा छन्। पहिलो चरणमा ११ सय ३२ किलोमिटर वितरण सञ्जालमध्ये अहिलेसम्म ११ सय २२ किलोमिटरभन्दा धेरै तयार भइसकेको छ। बाँकी १० किलोमिटर निर्माण भइरहेको छ। ललितपुरमा १० किलोमिटर जतिको काम जारी छ।

पहिलो चरणमा मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर पानी आउँछ। शनिबार मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ। मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको सुरुङको टेस्टिङ तथा कमिसनिङ गरेर पानी वितरण गर्ने कि सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्र तथा पाइप लाइनमा नियमित पानी उपलब्ध गराएर टेस्टिङ गर्ने भन्नेमा अहिलेसम्म निर्णय नभएको बताए।

‘सुरुङको सम्पूर्ण परीक्षण सकेपछि पाइप लाइन परीक्षण गर्ने कि के गर्ने, अहिलेसम्म ठोस निर्णय भएको छैन,’ उनले भने, ‘अहिले दुइटा विकल्पमा छलफल भइरहेको छ। कुन विकल्पमा अघि बढ्ने अहिलेसम्म कुनै निर्णय भएको छैन। सम्भवतः मन्त्रालयले केही दिनभित्रै टुंगो लगाउनेछ।’  

कार्यकारी निर्देशक खत्रीले मेलम्चीको पानी सुन्दरीजलबाट बागमतीमा फाल्ने कार्य बन्द गरिसकेको बताए। ‘मेलम्चीको पानी शनिबार उद्घाटन गर्दा मात्रै बाग्मतीमा फ्याँकिएको हो। अहिले बाग्मतीमा फ्याँक्ने कार्य बन्द गरिसकियो,’ उनले भने, ‘अब मेलम्चीको सुरुङमा पानी भरेर प्रेसर जाँच्ने काम गर्नेछौं।’ कार्यकारी निर्देशक खत्रीले सुरुङ परीक्षणको सम्पूर्ण प्रक्रिया पूरा गर्न डेढ महिनाजति लाग्ने जानकारी दिए।
अर्को समाचार
मेलम्ची पानीको गुणस्तरमा शंका नगर्न मन्त्रालयको अपिल
०३ माघ २०८०
•
१ मिनेट पाठ
मेलम्ची पानीको गुणस्तरमा शंका नगर्न मन्त्रालयको अपिल
पछिल्लोपटक गत सोमबारदेखि काठमाडाैंमा वितरण सुरु भएको मेलम्ची पानीको गुणस्तरमा शङ्का नगर्न खानेपानी मन्त्रालयले अपिल गरेको छ।  




खानेपानी मन्त्रालयका सहसचिव तथा प्रवक्ता मीना श्रेष्ठले एक सूचना प्रकाशित गरी मेलम्चीको पानी विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम शुद्ध भएको र पानी प्रशोधन गरेर शुद्ध पारेपछि उपभोक्ताका धारामा वितरण गरिएको भन्दै पानीको गुणस्तरीयतामा शंका नगर्न आग्रह गरेका छन्।

‘मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम प्रशोधन गरी प्रसारण गरिएको छ। पुराना पाइप लाइन लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरणका क्रममा केही समय पानी धमिलो आउन सक्ने भए पनि ‘फ्लसिङ’ सँगै क्रमशः सफा पानी प्रवाह हुने भएकाले खानेपानी गुणस्तरमा शंका नगर्न र बाहिरी हल्लाको पछि नलाग्न मन्त्रालय र मन्त्रालयमातहत खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकाय सबैमा हार्दिक अपिल गर्दछ’, मन्त्रालयद्वारा आज प्रकाशित उक्त सूचनामा उल्लेख गरिएको छ।

पछिल्लो पटक सोमबारदेखि वितरण गरिएको मेलम्ची पानी धमिलो आएको र यसको गुणस्तरमा शङ्का लागेको भन्ने समाचार आएपछि मन्त्रालयले आज यो अपिल गरेको हो।

यसैबीच, मेलम्ची खानेपानी वितरण समस्या समाधानका लागि सरकारले सहजीकरण समिति गठन गरेकाले कुनै समस्या भएमा सो समितिमा खबर गर्नसमेत सो सूचनामा आग्रह गरिएको छ। मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडाँैमा वितरण गर्ने सरकारको लक्ष्य रहेको जनाइएको छ। –रासस
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस