थोत्रा टायरको तस्करीले फर्नेस आयल उद्योग संकटमा
२६ फागुन २०७७
•
३ मिनेट पाठ
थोत्रा टायरको तस्करीले फर्नेस आयल उद्योग संकटमा
रुपन्देहिको देवदहमा रहेको स्पीड इनर्जी इण्डष्ट्रिज प्रालिमा थोत्रा टायर पेलेर फर्मेस आयल निकाल्ने प्लान्ट । तस्विर÷रेखा भुसाल
नेपालमा उद्योग कलकारखाना फष्टाउदै जाँदा फर्नेस आयलको माग बढ्दै गएको छ । भन्सारको तथ्याङ्क अनुसार भारत तथा अन्य मुलुकबाट बार्षिक २ अर्ब बढीको फर्नेश आयल आयात हुन्छ । काम नलाग्ने थोत्रा टायर पेलेर निकालीने यो आयल ठुला उद्योग संचालनमा प्रयोग हुने अति प्रज्वलनशील इन्धन हो ।  जसको माग बर्षेनी बढ्दो छ । तर  




त्यही फर्नेस आयाल उत्पादन गर्ने पहिलो स्वदेशी उद्योग भने कच्चा पदार्थको अभावमा बन्द हुने अवस्थामा छ । फर्नेस आयल उत्पादन गर्ने नेपालकै पहिलो रुपन्देहीको देवदह ४ मा रहेको स्पिड इनर्जी इण्डष्ट्रिज प्रालि संकटमा परेको हो । दैनिक १० हजार लिटर आयल उत्पादन क्षमताको उद्योगले अहिले मुस्किलले दैनिक ४ हजार लिटर उत्पादन गरीरहेको उद्योगका संचालक अजयमान श्रेष्ठले बताए ।  

कच्चा पदार्थकै अभावमा उद्योगको एउटा प्लान्ट बिगत एक बर्षदेखि बन्द गरीएको छ । उद्योगमा दुइ वटा प्लान्ट छन । ती दुइ वटै प्लान्ट फुल फेजमा संचालन हुँदा प्रतिदिन ८ देखि १० हजार लिटर आयल उत्पादन हुन्छ । त्यसकालागि दैनिक २० टन थोत्रा टायर,ट्युव आवश्यक पर्छ ।  तर अहिले मुस्किलले ८ टन कच्चा पदार्थ आपूर्ति भइरहेको उद्योगका प्रबन्ध संचालक श्रेष्ठले बताए ।  

यो उद्योग १० करोडको लगानीमा २०७२ सालमा स्थापना भएको हो । एउटा प्लान्ट थप गर्दा लगानी बढेर १६ करोड पुगेको छ । उद्योगले काम नलाग्ने टायर, ट्यूव तथा रबरलाई कच्चा पदार्थको रुपमा प्रयोग गरी पायरोलाईसिस प्रक्रियाद्वारा फर्नेश आयल उत्पादन गर्छ । जुन आयल बिभिन्न उद्योगहरुले इन्धनको रुपमा प्रयोग गर्छन । कार्वनको धुलो र स्टील वायर यो उद्योगका सहायक उत्पादन हुन ।  कार्बन कोइलाको विकल्पको रुपमा ब्रिकेट एवं इँटा उद्योगमा प्रयोग हुन्छ । वायर छड तथा स्टिल उद्योगमा कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ ।  

नेपालबाट थोत्रा टायर,ट्युव तथा रबरजन्य कच्चा पदार्थ रुपन्देहीको बेलहिया,कपिलबस्तुको कृष्णनगर,नवलपरासीको महेशपुर, विरगन्ज,विराटनगर,नेपालगञ्जका बिभिन्न नाकाबाट  भारत  तस्करी भइरहेको छ । नेपालमा भन्दा भारतमा कवाडीको मुल्य बढी भएकाले यसको तस्करी भइरहेको सम्बन्धित व्यवसायी बताउँछन । स्पीड इनर्जीका संचालक श्रेष्ठले भने आयातित फर्नेस आयलको मुल्य प्रतिलिटर ९२ रुपँैया हुँदा आफुहरुले जम्मा ५२ रुपैँया प्रतिलिटरमा बेच्नु परेकाले सोही अनुरुप कच्चा किन्नु पर्ने बाध्यता रहेको बताए ।  गैर कानुनी रुपमा भइरहेको कवाडी सामानको तस्करी रोक्ने हो भने सस्तो मुल्यमा स्वदेशमै फर्नेश आयल उत्पादन गरी आत्मनिर्भर हुन सकिने दावी उद्योगी श्रेष्ठको छ ।

यी उद्योग प्रशोधन जन्य उद्योग भएपनि त्यसबापत राज्यबाट पाउनु पर्ने अनुदान सहुलियतबाट समेत बञ्चित गराइएको छ ।  थोत्रा टायर प्रशोधन गर्दा प्रदुषण सुन्य हुने र अन्य उत्पादन पनि पुनः कच्चा पदार्थको रुपमा प्रयोग गर्न सकिने भएकाले बातावरण मैत्री उद्योगको सूचिमा राखेर अनुदान सहुलियत दिइनु पर्ने माग उद्योगीको छ  । त्यसका अलावा आयातित फर्नेश आयलसंग अस्वस्थ  प्रतिश्पर्धा गर्नु पर्ने अर्को समस्या उद्योगीले झेल्दै आएका छन ।  त्यसलाइ रोक्न पेट्रोलियम पदार्थमा लगाइएको प्रदुषण शुल्क आयातित फर्नेस आयलमा पनि लगाउनु पर्ने माग उद्योगीको छ । कच्चा पदार्थको तस्करी रोकीए ती उद्योगको उत्पादन क्षमता बढ्ने र स्वदेशी उत्पादनले माग धान्ने उद्योगीको दावी छ । त्यसकालागि थोत्रा टायर ट्युवको तस्करी रोक्ने तर्फ प्रशासनको ध्यान जानु पर्ने देखिन्छ ।  

थोत्रा टायर ट्यूव, रवरजन्य कच्चा पदार्थको विदेशबाट आयात गर्ने व्यवस्था भन्सार मूल्यांकनमा निःशुल्क दरमा समावेश गर्नुपर्ने । स्वदेशी उद्योगद्धारा उत्पादित बैकल्पिक उर्जा बिक्रि प्रर्बद्धनकालागि विशेष व्यवस्था गरीनु पर्ने माग उनीहरुको छ । ‘स्वदेशी उत्पादनको प्रबद्र्धनले वैदेशिक मुद्रा निकासीमा कमी ल्याई व्यापार घाटा कम गर्न सहयोग पुग्छ’श्रेष्ठले भने ।  

भारतमा फर्नेस आयल उद्योग करिब ५ सयको हाराहारीमा छन । तर नेपालमा जम्मा ४ वटा छन । रुपन्देहीमा दुईवटा,धनगढी, र बिराटनगरमा एक–एक वटा छन् । ती मध्ये  पनि रुपन्देहीका दुइ उद्योग कच्चा पदार्थको अभावमा शंकटमा छन । नेपालमा खपथ हुने फर्नेस आयल मध्ये अहिले स्वदेशी उद्योगको उत्पादन जम्मा तीन प्रतिशत छ । यसलाइ बढाएर इन्धनमा आत्मनिर्भरता तर्फ जान स्पीड इनर्जी उद्योगको संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्ने उद्योगीको माग छ । 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस