लुम्बिनी प्रदेशमा सहकारी सम्बन्धि नियामक निकाय गठन नहुँदा बेथिति बढेको छ। प्रदेश सरकार स्थापनाको तीन वर्षमा पनि लुम्बिनी प्रदेशमा सहकारी विकास निर्देशनालय गठन हुन सकेन छैन। निर्देशनालय गठन नहुँदा वार्षिक अर्बौंको कारोबार गर्ने सहकारी संस्थाहरूको नियमन,अनुगमन हुन सकेको छैन। जसका कारण सरकारीहरूमा बेथिति बढेको छ।
कतिपय सहकारीहरूले विनियम एकातिर, काम अर्कोतिर गरिरहेको उजुरीहरू परेका छन्। प्रशासनिक र भ्रमण खर्चका नाममा निक्षेप दुरूपयोग भएको, विभिन्न कोष व्यवस्थित र पारदर्शी नगरेको, करोडौं रकम उठाएर सञ्चालक सम्पर्कविहीन भएको र कर्जा प्रवाहमा पारदर्शी नभएको गुनासा र उजुरी परेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहकारी शाखाका कर्मचारीहरू बताउँछन्।
केही दिनअघि मात्रै रूपन्देहीको भैरहवामा रहेको त्रैयमबकम जडीबुटी सहकारीले निक्षेपकर्ताको २ करोड रकम ठगेर अध्यक्ष व्यवस्थापक फरार भएको उजुरी परेको छ। बाँकेको वित्तीय सहकारी संस्था नेपालगञ्जको निक्षेप अपचलनसम्बन्धीलगायतका उजुरी परेका छन्। मन्त्रालयको सहकारी शाखा प्रमुख ज्ञानहरि पन्थीले आवश्यक जनशक्ति नहुँदा यसरी परेका उजुरी उपर तत्कालै अनुगमन निरीक्षण गरी कारबाही प्रक्रियामा लैजान नसकीएको बताए। ‘काम गरिरेका छौं तर तत्कालै एक्सनमा जान जनशक्ति र संरचना अभावले समस्या पारेको छ,’ अधिकृत पन्थीले भने। सिंगो प्रदेशका लागि मन्त्रालयको सहकारी शाखामा एक जना अफिसर, एकजना तथ्यांक सहायक र एकजना नासु मात्रै छन्। जनशक्ति नहुँदा फिल्डमा अनुगमन निरीक्षणको काम गर्न नसकिएको सहकारी शाखाका प्रमुख पन्थीले बताए। ‘कर्मचारी थोरै छौं, अफिसकै कामले लोड पुगेको छ, फिल्डमा जान पाएका छैनौं,’ पन्थीले भने। अनुगमन निरीक्षण नहुँदा बदमासी गर्नेहरूलाइ प्रोत्साहन मिल्ने र बेथिति बढ्ने उनले बताए।
सहकारी विकास निर्देशनालय गठन भई कर्मचारी व्यवस्थापन नहुँदा सहकारी ऐन नियम, बिनीयम लागु गर्न, अनुगमन, रेगुलेसनका कामहरू चुस्त बनाउन नसकिएको अधिकृत पन्थीले बताए। यस्तो अवस्था लम्बिए केही सहकारीहरू ट्ययाक बाहिर जानसक्ने र सर्वसाधारणको निक्षेप जोखिममा पर्न सक्ने खतरा रहेको कर्मचारीहरू नै बताउँछन्। नियमन गर्ने संगठन संरचना र कर्मचारी नहुँदा चाहेर पनि बेथिति रोक्न नसकेको उनको भनाइ छ।
सहकारी विकास निर्देशनालय गठनका लागि एक वर्षअघि नै सम्बन्धित मन्त्रालयले मुख्यमन्त्री कार्यालयलाई प्रस्ताव पठाएको हो। तर मन्त्रिपरिषद्ले अहिलेसम्म सहकारी विकास निर्देशनालय गठनलाई प्राथमिकता दिएको छैन। सहकारी शाखाका प्रमुख पन्थीले कोभिड १९ र स्थायी राजधानीको विषयले यसलाइ प्रत्यक्ष असर गरेको बताए। ‘प्रदेश ५ सहकारी ऐन बनेर तयार भएको छ। प्रदेशमा यही ऐनलाई टेकेर सहकारी निर्देशनालय (दर्ता अधिकारीको कार्यालय) गठन हुनेछ। साविकको लुम्बिनी अञ्चलका ६ जिल्लालाइ हेर्ने गरी रूपन्देहिमा निर्देशनालय राखीने,स्थायी राजधानी दाङ हुने भएकाले मन्त्रालयले साविकको राप्ती अञ्चलका जिल्ला हेर्ने र बाँकेमा रहेको सहकारी प्रशिक्षालयलाइ अधिकार दिएर बाँके र बर्दिया जिल्ला हेर्ने गरी संरचना स्थापना गर्ने प्रस्ताव तयार भइरहेको छ,’ मन्त्रालयको सहकारी शाखा प्रमुख पन्थीले जानकारी दिए।
प्रदेश योजना आयोगले दुई वर्षअघि संकलन गरेको तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा ४ हजार बढी सहकारी छन्। ती मध्ये ६ सय सहकारी प्रदेशस्तरका सहकारी हुन। प्रदेशमा कुल सहकारी सेयर सदस्य संख्या ९ लाख ६७ हजार २२३ छ। यो प्रदेशमा कुल ६० अर्ब १० करोड रूपैयाँ सहकारीको सेयर लगानी, २ खर्ब ६४ अर्ब २० करोड बचत र ३ खर्ब ६९ अर्ब कर्जा प्रवाह रहेको प्रदेश योजना आयोगको तथ्यांकमा उल्लेख छ।