काठमाडौँ - यस वर्ष उपभोक्ताका लागि दसैं महँगो हुने भएको छ। व्यवसायीहरुका अनुसार विदेशबाट आयात हुने लत्ताकपडाको मूल्यमा २५ प्रतिशत वृद्धि हुनेछ।
केही समययता अमेरिकी डलर र चिनियाँ मुद्रा युआन दुवैको भाउ बढेकाले यस वर्ष लत्ताकपडाको मूल्य वृदि हुने महाबौद्धस्थित गन ट्रेडर्सका सञ्चालक सुविर श्रेष्ठले बताए। पछिल्लो चार महिनाको अवधिमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलर १५ रुपैयाँ महँगो भएको छ।
नेपाली व्यवसायीले डलरमार्फत चीनबाट सामान ल्याउने भएकोले चाडपर्वमा उपभोक्ताले महँगो मूल्यमा लत्ताकपडा किन्नुपर्ने अवस्था आएको हो। बढी किनमेल हुने दसंैका लागि व्यापारीहरुले अहिले देखि नै सामान अर्डर सुरु गरेका छन्। अहिले डलरको भाउ १ सय २ रुपैयाँभन्दा माथि पुगेको छ। डलर महँगिएपछि केही व्यवसायी भने 'पर्ख र हेर'को स्थितिमा छन्।
'डलरको भाउ महँगिएकोले सामान अर्डर गर्नपनि समस्या परेको छ। अहिले अर्डर गरौला फेरि पछि घटेर समस्या पर्लाकी भन्ने चिन्ता हामीलाई छ,' श्रेष्ठले भने। उनका अन¬सार नेपाली बजार उत्पादनम¬खी भन्दा आयातमुखी भएकाले पनि व्यवसायी तथा उपभोक्तालाई यस्तो समस्या पर्ने गरेको छ।
अन्य मौसमको त¬लना तीज तथा दसैैं जस्ता चाडपर्वमा लत्ताकपडाको माग बढी ह¬ने गरेको जानकारी उनले दिए। ‘तर डलरको मूल्य बढेका कारण लत्ताकपडाको मूल्य यो वर्ष वृद्धि हुने निश्चित छ,' के एन्ड के रेडिमेड सेन्टरकी सञ्चालक मुन्नु ग¬रुङले भनिन्। मूल्य बढे पनि ग्राहकहरुको मागमा कुनै कमी नआउने अनुमान ग¬रुङको छ।
दसैंलाई लक्ष्य गरेर काठमाडौं र बाहिरका खुद्रा व्यापारीले लत्ताकपडाको अर्डर दिइसकेकेा उनले बताइन्। विशेषगरी लेडिज पहिरनमा ‘फेसनवेल पहिरन’ ‘वान पिस' कपडाको माग बढी भएको उनले बताईन्। उनका अन¬सार नेपाली बजारमा थाइल्याड र चीनकै उत्पादन बढी खपत हुने गरेको छ।
शाक्य स्टोरकी नविना श्रेष्ठ भने नेपाली बजारमा चिनियाँ कपडाको माग हुने गरेको बताउँछिन्। नेपालमा अधिकांश होलसेल बिक्रेताहरुले ७५ प्रतिशत लत्ताकपडा चीनबाट आयात गर्ने गरेको उनको दाबी छ। चीनबाट आयात गर्दा यातायातको समस्या ह¬नाले पनि कहिलेकाँही माग अनुसारको आयातित वस्तु बजारमा जान नसक्ने उनको भनाई छ। महाबौद्धस्थित अधिकांश होलसेल बिक्रेताहरुले चीनबाट सामान आयात गर्ने गरेका छन्। उनीहरुले चीनबाट आयात गरेका विभिन्न लेडिज जेन्ट्स तथा बालबालिकाका लत्ताकपडा काठमाडौं तथा काठमाडौं बाहिरका विभिन्न स्थानमा बिक्री वितरण गर्दै आएका छन्।
लेडिज, जेन्टस तथा बालबालिकाको कपडा थोक बिक्री गर्दै आएका व्यवसायीहरुको भनाईबाट मूल्यमा खासै एकरुपता देखिँदैन। सुनिल स्टोरका सञ्चालक सुनिल श्रेष्ठ दसैं तिहार वा अन्य सिजनमा पनि उनले लत्ताकपडा एउटै मूल्यमा बिक्री गर्ने गरेको बताउँछन्। उनले दसैंका लागि भनेर आयात गरिने लत्ताकपडाहरु ज्ााडो महिनालाई लक्षित गरि मगाउने गरेका छन्। अरु बेलामा महिनाको २ पटक लत्ताकपडा भित्रिने गरे पनि दसैं तिहार जस्तो चाडपर्वको मौसममा ४ लट सम्म सामान आयात गर्ने गरिएको छ।