चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढ्यो
१० चैत्र २०७७
•
२ मिनेट पाठ
चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढ्यो
चीनबाट आयात भएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै । तस्बिर : हिमनाथ/नागरिक
रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ।  




कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाका हुँदै आयात भएका १ सय ३१ थान खाद्य सामग्रीको नमुना परीक्षण गरिएको हो। नाकाबाट सामग्री आउने क्रम बढेसँगै परीक्षणमा पनि वृद्धि भएको हो। भदौमा १, कार्तिकमा २८, पुसमा १०, माघमा ५७ र चैतमा ३५ वटा खाद्य सामग्रीको नमुना परीक्षण गरिएको कार्यालयले जनाएको छ।  

चालु आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाका हुँदै १ सय २३ टन चिनियाँ खाद्य सामग्री आयात भएको छ। गएको साउनदेखि हालसम्म १ सय २३ टन खाद्य सामग्री आयात भएको हो। कार्यालयका अनुसार खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी भएको छ।  

तथ्यांक अनुसार फलफूल तथा सागपात २६ टन, खाद्यान्न दलहन तथा अन्य ४५ टन, मसलाजन्य ३.४ टन, दुधजन्य ६.८, मासुजन्य ३.४, चियाजन्य ५.९, कन्फेन्सनरी ०.१ टन र अन्य सामग्री ३२ टन आयात भएको हो।  

नाकाबाट सामग्री आउने क्रम बढेकाले परीक्षण बढेको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताए। उनका अनुसार आएका सामग्री सबै मापदण्ड अनुसारका छन्। ‘यो भन्दा अगाडि मापदण्ड पूरा नभएका खाद्य सामग्री समेत आउथे’, उनले भने, ‘अहिले मापदण्ड पूरा भएका सामग्री मात्र आएका छन्।’  

चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि हालसम्म चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, आदि सामग्रीको आयात भएको कार्यालयले जनाएको छ।  

कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै आएको छ। कोभिड–१९ भन्दा पहिले दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए।  

अहिले कोभिड–१९ का कारण चिनियाँबाट सीमित गाडीले रसुवासम्म सामग्री ल्याएर झार्ने काम गरिरहेका छन्। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।
अर्को समाचार
चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढ्यो
११ चैत्र २०७७
•
२ मिनेट पाठ
चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढ्यो
चीनबाट आयात भएका खाद्य सामग्रीको नमुना परीक्षण गरिदैँ। तस्बिर: हिमनाथ/नागरिक
रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ।  




कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाका हुँदै आयात भएका एक सय ३१ थान खाद्य सामग्रीको नमुना परीक्षण गरिएको हो। नाकाबाट सामान आउने क्रम बढेसँगै परीक्षण पनि बढेको हो। भदौमा एक, कात्तिकमा २८, पुसमा १०, माघमा ५७ र चैतमा ३५ वटा खाद्य सामग्रीको नमुना परीक्षण गरिएको कार्यालयले जनाएको छ।  

चालु आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाका हुँदै एक सय २३ टन चिनियाँ खाद्य सामग्री आयात भएको छ। गएको साउनदेखि हालसम्म एक सय २३ टन खाद्य सामग्री आयात भएको हो। कार्यालयका अनुसार खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी भएको छ।  

तथ्यांक अनुसार फलफूल तथा सागपात २६ टन, खाद्यान्न दलहन तथा अन्य ४५ टन, मसलाजन्य ३.४ टन, दूधजन्य ६.८, मासुजन्य ३.४, चियाजन्य ५.९, कन्फेक्सनरी ०.१ टन र अन्य सामग्री ३२ टन आयात भएको हो। नाकाबाट सामान आउने क्रम बढेकाले परीक्षण बढेको खाद्य अनुसन्धान अधिकृत नविन देउजाले बताए।

उनका अनुसार आएका सामग्री सबै मापदण्ड अनुसारका छन्। ‘योभन्दा अगाडि मापदण्ड पूरा नभएका खाद्य सामग्री समेत आउँथे,’ उनले भने, ‘अहिले मापदण्ड पूरा भएका मात्र आएका छन्।’ चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि हालसम्म चीनबाट सोया सस, भिनेगर, अचार, पिठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड बिन पेस्ट, आदि आयात भएको कार्यालयले जनाएको छ।  

कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै आएको छ। कोभिड–१९ भन्दा पहिले दैनिक दुई सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। अहिले कोभिड–१९ का कारण चिनियाँ सीमित गाडीले रसुवासम्म सामान ल्याएर झार्ने काम गरिरहेका छन्। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्न २४ किलोमिटर दुरी पार गर्नुपर्छ।
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस