अनलाइन सपिङ स्टोर फेवाबजार डटकम ई–कमर्सले कर्णाली प्रदेशमा पनि सेवा बिस्तार गरेको छ । फेवाबजारले सुर्खेतमा डिजिटल आउटलेट खोलेर सेवा दिन शुरु गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका मुलपानीचोकमा रहेको फेवा बजारको १३ औं आउटलेटको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, फेवाबजार डटकमका कार्यकारी निर्देशक सुजन आचार्य र सुर्खेत आउटलेट प्रमुख रोशन तिवारीले संयुक्त रुपमा उद्घाटन गरे ।
सुर्खेतमा आउटलेट खोलेको अवसरमा फेवाबजारले चैत महिनाभरी कर्णाली प्रदेशभर सामान ढुवानीमा छुट दिने जनाएको छ । साथै ५ लाख रुपैयाँसम्मको क्रेडिट सुविधापनि दिने निर्देशक आचार्यले बताए । कोरोना महामारीबाट थलिएका कर्णाली प्रदेशबासीलाई विभिन्न बैंकसँगको सहकार्यमा बिना धितो शून्य प्रतिशत ब्याजमा क्रेडिट सुविधा दिएको उनले प्रष्ट्याए ।
‘सेल्स आफ्टर सर्भाइस’ भन्ने मूल नारासहित सेवा सञ्चालन गर्दै आएको फेवाबजार डटकमले ३ वर्षअघि पोखराको दीप चोकबाट सेवा शुरु गरेको थियो । फेवाबजारले हाल पोखरासहित लेखनाथ, बागलुङ, तनहुँको दुलेगौंडा, डुम्रे, काठमाडौं, भक्तपुर, ललितपुर, बुटवल, सुर्खेतलगायत देशभरका १३ वटा आउटलेटबाट सेवा दिइरहेको जनाएको छ ।
फेवा बजार डटकमले लाखौं रुपैयाँ मुल्यसम्मका सामानहरु अनलाईन डेलिभरी गर्ने गरेको छ । मासिक किस्ताबन्दी (ईएमआई)मार्फत २० हजारदेखी ५ लाखसम्मको सामान बिक्री गर्ने फेवा बजार पहिलो अनलाईन बजार हो ।
घर घरमै सम्पूर्ण उपभोग्य सामाग्री पु¥याउने हेतुले फेवाबजार डटकमले ईलेक्ट्रोनिक्स, इलेक्ट्रिकल्स, क्लोथिङ एण्ड फेसन, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडोअर्स फर्निचर एण्ड डेकोरेसन, कला, साहित्यका पुस्तकलगायतका सबै प्रकारका सामान अनलाईनमा अर्डर लिएर घरघरमा पु¥याउने गर्दछ । फेवाबजारबाट सामान खरिद गर्न फेवा बजारको एप डाउनलोड गरी सेवा लिन सकिने तथा ई–सेवा र खल्तीबाट भुक्तानी गर्न सकिने उनले जानकारी दिए ।