नयाँ नेटवर्किङ कम्पनी दर्ता गर्न रहस्यमय ताकेता
१२ चैत्र २०७७
•
४ मिनेट पाठ
नयाँ नेटवर्किङ कम्पनी दर्ता गर्न रहस्यमय ताकेता
सर्वसाधारणसँग अर्बौं ठगेर बन्द भएका नेटवर्किङ व्यवसाय वस्तुको प्रत्यक्ष बिक्री व्यवसायको आडमा ब्युँतिएपछि कम्पनी दर्ता रोक्न निर्देशन दिएको संसदीय समितिले फेरि रहस्यमय रूपमा नयाँ नेटवर्किङ कम्पनी दर्ता गर्न ताकेता गरेको छ। 




संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वस्तुको प्रत्यक्ष बिक्री व्यवसाय सात दिनभित्र दर्ता गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएको हो।समितिको निर्देशनपछि मन्त्रालयमा पत्र नपुग्दै कम्पनी दर्ता गर्न एक समूह विभाग पुगेको छ।

विगतमा नेटवर्किङ व्यवसायसम्बन्धी नियमावली, कार्यविधि बनाएर दर्ता गर्न निर्देशन दिएको समितिले फेरि ताकेता गर्दै सात दिनभित्र दर्ता गर्न निर्देशन दिएपछि आशंका उत्पन्न भएको हो। नयाँ कम्पनी दर्ता गर्न एक स्वार्थ समूह सक्रिय थियो। उक्त समूहको प्रभावमा परेर संसदीय समितिले समय तोकेर दर्ता गर्न निर्देशन दिएको आरोप लागेको छ।

कार्यविधि नबनिसकेको अवस्थामा संसदीय समितिले सात दिनको समय सीमा तोकेर दर्ता गर्न निर्देशन दिनु रहस्यमय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक सहसचिवले बताए। ‘संसदीय समितिले प्रभावमा परेर तुरुन्त दर्ता गर्न निर्देशन दिएको देखिन्छ,’ ती सहसचिवले भने, ‘सांसदहरू प्रभावमा परेर दर्ता गर्न समितिमार्फत ताकेता गरिरहेका छन्।’

विभागले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन र वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियम गर्ने) नियमावली, २०७६ का आधारमा नयाँ कम्पनीलाई कारोबार गर्न इजाजत दिएको थियो। वस्तुको प्रत्यक्ष बिक्रीको नाममा दर्ता भएका कम्पनीले नेटवर्किङ गर्दै आएको सार्वजनिक भएपछि संसदीय समितिले दर्ता रोक्न निर्देशन दिएको थियो।  

दर्ता रोक्न निर्देशन दिएको समितिले प्रभावमा परेर खोल्न ताकेता गरेको स्रोतको दाबी छ। नयाँ कम्पनी दर्ता गर्न निर्देशन दिनुमा कुनै स्वार्थ नरहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति विमल श्रीवास्तव दाबी गर्छन्। सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित उपसमितिको कार्यदलले तयार गरेको सिफारिसका आधारमा नयाँ दर्ता खोल्न निर्देशन दिएको बताए।

‘३५ दिनको समय सीमा तोकेर कार्यविधि बनाउन निर्देशन दिएका थियौं,’ श्रीवास्तवले भने, ‘कार्यविधि पनि नबनाएपछि सात दिनभित्र दर्ता गर्न निर्देशन दिएका हौं।’ वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन ०७४ र नियमावली ०७६ को आडमा विगतमा नेटवर्किङ व्यवसाय गरेर उपभोक्ता ठगी गर्दै आएका कम्पनीले पनि अनुमति लिएका थिए।  

वस्तुको प्रत्यक्ष बिक्री व्यवसायबाट उपभोक्ता ठगिए क्षतिपूर्ति पाउने सुनिश्चित नहुँदासम्म दर्ता गर्न कठिन हुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले बताए। ‘सर्वसाधारण ठगिनबाट जोगाउनु हाम्रो दायित्व हो,’ पौडेलले भने, ‘कार्यविधि नबनाई दर्ता गर्न कठिन छ।’

विभागले यसअघि सातवटा कम्पनीलाई अनुमति दिएको छ। ऐन, नियमावलीमा नेटवर्किङ र पिरामिड शैलीको व्यापार, व्यवसाय गर्न नपाइने उल्लेख भए पनि विभागले अनुमति दिएका कम्पनीले पिरामिड शैलीमा कारोबार गर्दै आएको आरोप लाग्दै आएको छ। यो व्यवसायमा ४२ प्रतिशतसम्मा नाफा राख्न मिल्ने व्यवस्था छ।

स्वदेशी हर्बल उत्पादन गरेर बिक्री गर्न अनुमति लिएपछि विदेशबाट वस्तु ल्याएर बिक्री गर्ने गरेका छन्। कम मूल्यमा सामान ल्याएर महँगोमा खरिद गरेको देखाउँदै डलरलाई बाहिर पठाउने र अवैध रूपमा कमाएको धनलाई वैधानिक बनाउन यो व्यवसायमा नयाँ कम्पनी आउन खोजेको स्रोतको दाबी छ।

केही कम्पनी अनुमतिको पर्खाइमा छन्। आधार ग्लोबल मार्केटिङ प्रालि, एपी लाइफ इन्टरनेसनल प्रालि, ब्यालेन्स लाइफ ग्लोबल प्रालि, केयर नेसन इन्टरनेसनल प्रालि लगायत कम्पनी प्रक्रियामा छन्। विभागमा आवेदन दिएका ती कम्पनीले दर्ता खुलाउन संसदीय समितिमार्फत लबिङ गर्दै आएका थिए। युनिटी, गोल्ड क्वेस्ट जस्ता नामबाट सर्वसाधारणको अर्बौं रूपैयाँ ठगी गरेको सार्वजनिक भएपछि बन्द भएको नेटवर्किङ धन्दा वस्तुको प्रत्यक्ष बिक्रीको नाममा ब्युँतिएको आरोप लाग्दै आएको छ।

विभिन्न स्किमको प्रलोभन देखाएर पिरामिड शैलीमा सदस्य बनाएर वस्तु तथा सेवा बिक्री गरेपछि सरकारले १० वर्षअघि यस्तो व्यवसायमा बन्देज लगाएको थियो। नेटवर्किङमार्फत वस्तुको प्रत्यक्ष बिक्रीको बहानामा ठगी धन्दा ब्युँतिएको उपभोक्ता अधिकारकर्मीको आरोप छ। ऐन, नियमावलीमा नेटवर्किङ र पिरामिड शैलीको व्यापार व्यवसाय गर्न नपाइने उल्लेख भए पनि विभागले अनुमति दिएका कम्पनीले पिरामिड शैलीमा कारोबार गर्दै आएको भेटिएको थियो।

अनुमति लिएका केही कम्पनीको व्यावसायिक योजनामा पाँच तहको पिरामिड शैलीको व्यापार चक्र देखाइएको छ। नेचर हब्र्स, आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रालि काठमाडौं, न्यू विवेक इन्टरप्राइजेज प्रालि ललितपुर, हेल्दी लिभिङ नेपाल प्रालि काठमाडौं, केयर मार्टस इन्टरनेसलन प्रालि काठमाडौं, युटर्न इन्टनरनेसनल प्रालि काठमाडौं र ग्लोबल ओरयन्स नेपाल प्रालि विभागमा दर्ता छन्।
अर्को समाचार
८२ लाख मूल्य बराबरको बियर बरामद
०४ फागुन २०७९
•
२ मिनेट पाठ
८२ लाख मूल्य बराबरको बियर बरामद
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ८२ लाख बराबरको बियर बरामद गरेको छ। मंगलबार र बुधबार बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका करिब दुई हजार सात सय ५७ कार्टुन बियर बरामद गरेको हो। दुई दिनको बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका बियर बरामद गरेको जनाएको छ।




बजार अनुगमनका क्रममा बाह्रसिङ्गे, टुवोर्ग, मुस्ताङ, काल्सवर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्राण्डका बियर बरामद गरिएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए। उनका अनुसार मंगलबार काठमाडौँको धुम्बाराहीस्थित याक ब्ररुअरी कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ कम्पनीका तीन वटा गोदममा भण्डारण गरिएको २१ सय कार्टुन बियर नियन्त्रणमा लिइएको थियो।

यस्तै, बुधबार सिनामङ्गलमा रहेको संस्कार टे«डर्स प्रालिले गौह्रिगाउँस्थित गोदाममा भण्डारण गरेको तीन सय ५५ कार्टुन बियर बरामद गरेको थियो। उपभोग्य अवधि सकिएका टुवोर्ग, मुस्ताङ, काल्सवर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्राण्डका बियर रहेको विभागले जनाएको छ।

यस्तैगरी, बुधबार नै विभागले सिनामङ्गलकै सिके ट्रेडिङ प्रालिको गोदाममा भण्डारण गरिएका उपभोग्य मिति सकिएका टुवोर्ग, सानमिगेल, गोर्खा प्रिमियर, काल्सवर्ग ब्राण्डका तीन सय दुई कार्टुन बियर बरामद गरिएको महानिर्देशक भट्टराईले जानकारी दिए।

विभागले भोजभत्तेर तथा कतिपय रात्रिकालीन रेष्टुरेण्ट व्यवसायमा उक्त किसिमका उपभोग्य अवधि सकिएका (गुणस्तरहीन) बियरलगायत अन्य हल्का पेयपदार्थको कारोबार हुनसक्ने भन्दै सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ।

‘आम उपभोक्तालाई समेत त्यस किसिमका कार्यक्रममा हुनसक्ने गुणस्तरहीन वस्तुको बिक्रीवितरण तथा उपभोगतर्फ विशेष चनाखो रहनहुन र कहीँकतै त्यसको बिक्री वितरण गरिएको थाहा हुन आएमा विभागमा जानकारी गराउन अनुरोध गरिन्छ’, विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यस्तैगरी, विभागले वस्तुको अनैतिक कारोबार भएको थाहा पाएमा टोल फ्रि नं ११३७ वा अनलाइन उजुरी तथा गुनासो पोर्टलमा गई उजुरी गर्नसमेत अनुरोध गरेको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस