मलेसियामा धरपकड, दुई सय नेपाली पक्राउ
१६ भदौ २०७०
•
७ मिनेट पाठ
मलेसियामा धरपकड, दुई सय नेपाली पक्राउ
काठमाडौं — मलेसिया सरकारले अवैध बसिरहेका विदेशी कामदारलाई स्वदेश फर्काउन आइतबार बिहानैदेखि धरपकड सुरु गरेको छ। पहिलो दिन दुई सयभन्दा बढी नेपाली पक्राउ परेको नेपाल–मलेसिया बैदेसिक रोजगार समन्वय समितिका संयोजक हरि भट्टराईले जानकारी दिए।उनका अनुसार राजधानी क्वालालम्पुरलगायत जोहोरबारु, पेनाङ, इपो, केलाङ र देंगकिल क्षेत्रबाट बढी पक्राउ परेका छन् । नेपाली कामदार बढी बस्ने पेनाङ र जोहोरबारु नै हुन्।




'दुई सयभन्दा बढी नेपाली समातिएको खबर छ, तर यहाँको अध्यागमन विभाग र नेपाली दूतावासले केही जानकारी दिएको छैन,' उनले आइतबार बेलुकी नागरिकसँग टेलिफोनमा भने, 'पक्राउ परेका सबै अवैधानिक नहुन सक्छन्, सोमबार अफिस खुलेपछि मात्र यकिन थाहा हुन्छ।' मलेसियाली अध्यागमन विभाग नेतृत्वको टोलीले शनिबार मध्यरातदेखि नै धरपकड सुरु गरेको थियो । तीन बजे बिहान सबभन्दा बढी पक्राउ परेका थिए । राति अबेरसम्म यो क्रम जारी रहेको त्यहाँका नेपाली व्यवसायी तथा कामदारले बताएका छन्।

गएको वर्ष आममाफी दिँदा पनि स्वदेश नफर्कनेहरूलाई लक्षित गरी मलेसिया सरकारले यो अभियान थालेको हो। यसबाट करिब ७ लाख नेपाली कामदार रहेको मलेसियामा ६५ हजारभन्दा बढी प्रभावित हुनेछन्। मलेसियामा विभिन्न देशका करिब २० लाख कामदार अवैध रूपमा बसिरहेको अनुमान छ। पेनाङ बस्ने म्याग्दी, खबराका महेन्द्र थापाका अनुसार प्रहरी, सेना र रेलाका कर्मचारी राति १२ बजे नै आएर कोठा–कोठा खानतलासी गर्दै विदेशी कामदार पक्राउ गर्न थालेका थिए । 'डकुमेन्ट भएकालाई छाड्दै, नभएका सबैलाई पक्राउ गरेका छन्,' उनले टेलिफोनमा भने, 'पेनाङको बुकित राजामा धेरै नेपाली समातिएका छन्।'

क्वालालम्पुरको कोतरायमा पनि १० ट्रक विदेशी कामदार पक्राउ गरिएको प्रत्यक्षदर्शी हाकिम श्रेष्ठले जनाए । 'प्रहरीले नेपाली रेस्टुरेन्ट, नेपाली पसल र जमघट हुने ठाउँमा छापा मार्दै पक्राउ गरेका छन्,' उनले भने, 'कतिपयलाई डकुमेन्ट हेरेर पछि छाडिएको छ ।'

मलेसियामा रहेको नेपाली दूतावासले विदेश फर्कन चाहने नेपाली कामदारलाई 'ट्राभल डकुमेन्ट' बनाई सहयोग गर्ने जनाएको छ । यसको निम्ति दूतावास टोली आइतबार जोहोरबारु क्षेत्र पुगेको श्रमसहचारी अमल किरण ढकाललाई उद्धृत गर्दै भट्टराईले जनाए ।

मलेसियाको अध्यागमन विभागले चार दिनअघि 'देशकै ठूलो अपरेसन'का रूपमा यो अभियान घोषणा गरेको थियो । अध्यागमनको नेतृत्वमा प्रहरी, सशस्त्र बल, रेला, सिभिल डिफेन्स, स्थानीय काउन्सिल र राष्ट्रिय दर्ता विभागका छुट्टाछुट्टै टोली एकैचोटि विभिन्न ठाउँमा खटिएका छन् । पहिलो खेपमा करिब ५ लाखमाथि छापा मार्ने योजना छ । सरकारी र स्वयंसेवी संस्थाका १ लाख ३५ हजार सुरक्षाकर्मी र कर्मचारी खटिएका छन् । शंकास्पद स्थलहरूमा सुरक्षा टोलीले रेकी गरिसकेको अध्यागमनले जनाएको छ । समातिएकाहरूलाई तुरुन्तै सम्बन्धित देश फिर्ता पठाइनेछ ।

स्थानीय सञ्चारमाध्यमहरूले नेपाली कामदारसँगै बंगाली, पाकिस्तानी, इन्डोनेसियाली, म्यानमारी कामदार पक्राउ परेको जनाएका छन् । द स्टार दैनिकको अनलाइन संस्करणमा आइतबार बिहानसम्म ७१ जनालाई समातिएको उल्लेख छ । प्रत्यक्षदर्शीहरूले भने संख्या त्योभन्दा धेरै हुने बताएका छन् ।

यो अपरेसन गत वर्ष आममाफी दिँदा प्रक्रियामा नआएका अवैधानिक कामदारमाथि लक्षित छ । मलेसिया सरकारले अवैधानिक विदेशी कामदारलाई आफैं स्वदेश फर्कने गरी पोहोर आममाफी कार्यक्रम ल्याएको थियो । त्यसमा अनुमानित २० लाखमध्ये १३ लाख मात्र दर्ता भएका थिए । दर्ता नभएकाहरूलाई लक्ष्य गर्दै छापा मार्ने, समात्ने र तुरुन्तै स्वदेश पठाउने अभियान थालिएको हो ।

सबैलाई थुन्दा त्यहाँका १२ बन्दीगृहको क्षमताले नधान्ने भन्दै समातिनेबित्तिकै आ–आफ्नो देश फिर्ता पठाउने नीति लिएको अध्यागमनले जनाएको छ । प्रत्येक बन्दीगृहको क्षमता हजार हाराहारी मात्रै छ ।

यो अपरेसन तीन महिना सञ्चालन हुने त्यहाँको अध्यागमनले जनाएको छ । छापा पार्ने क्रममा अवैधानिक कामदार ल्याउने र काम लगाउने कम्पनी तथा व्यक्तिलाई पनि ५ लाख रिंगेट र २० वर्षसम्म जेल सजाय हुनेछ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार एउटा कम्पनी छाडेर अर्कोमा जाने, त्यहीँ बिहे गर्ने, धर्म परिवर्तन गर्नेलगायत कारणले थुप्रै नेपाली अवैधानिक भएका छन् । ती सबै कामदार पक्राउ परेर नेपाल पठाइए क्षतिपूर्तिको समस्या उत्पन्न हुनसक्ने व्यवसायी बताउँछन् । सरकारले जुनसुकै तरिकाबाट कामदार फर्कनु परे पनि सम्बन्धित म्यानपावर कम्पनीले क्षतिपूर्ति भर्नैपर्ने नियम बनाएको छ ।

वैदेशिक रोजगारका निम्ति मलेसिया नेपालको एक प्रमुख गन्तव्य हो । वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष १ लाख ५६ हजार ७ सय ७० नेपाली मलेसिया पुगेका थिए ।
अर्को समाचार
तीन हजार नेपाली मलेसियामा रोकिए
२० माघ २०७०
•
६ मिनेट पाठ
तीन हजार नेपाली मलेसियामा रोकिए
काठमाडौं- मलेसिया सरकारले २ साताअघि गैरकानुनी आप्रवासीविरुद्ध धरपकड सुरु गरेपछि स्वदेश फर्कन ट्राभल डकुमेन्ट बनाएर बसेका ३ हजार नेपाली उतै रोकिएका छन्। धरपकडमा पक्राउ परेका ५ सयजनाको अवस्था अज्ञात छ।




मलेसिया सरकारले दोस्रोपटक माघ ६ गते व्यापक धरपकड गर्दै २ हजार गैरकानुनी आप्रवासी कामदार पक्राउ गरेको थियो। पक्राउ पर्नेमा २ सय नेपाली रहेको अनुमान गरिए पनि उनीहरुको अवस्थाबारे कुनै जानकारी नभएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। भदौको पहिलो धरपकडमा करिब ५ सय नेपाली पक्राउ परेकामा अझै ३ सयभन्दा बढीलाई विभिन्न डिपोर्टेसन सेन्टरमा राखिएको छ। पहिलो अभियानमा पक्राउ परेका नेपालीको पूर्ण विवरणसमेत नपाएको दूतावासले जनाएको छ। 
माघ ६ गतेअघि आममाफी दिइएको थियो। त्यसमा सहभागी भई ट्राभल डकुमेन्ट बनाउनेलाई पक्राउ नगरी चेकपास दिई स्वदेश पठाउने भनिएको थियो। तर, मलेसिया सरकारले पास र जानकारी नदिएपछि ट्राभल डकुमेन्ट बनाएर बसेका ३ हजार कामदार स्वदेश फर्कन पाएका छैनन्। 
करिब ३० हजार अवैधानिक नेपाली कामदार रहेको अनुमान गरिएको मलेसियामा धरपकड गर्ने भनेपछि ३ हजार जतिले ट्राभल डकुमेन्ट बनाएको दूतावासले जनाएको छ। ट्राभल डकुमेन्ट बनाएकाले स्वदेश फर्कने टिकट किनेर अध्यागमन विभागमा जरिवाना तिरी स्वदेश फर्कन पाउने प्रावधान छ। मलेसियाली अध्यागमनले जरिवाना र एक हप्तामा कतिलाई पास दिई स्वदेश पठाउने भन्ने जानकारी दूतावासलाई नदिएपछि ट्राभल डकुमेन्ट बनाएका कामदारसमेत उतै रोकिएका हुन्। 
बाग्लुङ नगरपालिका ३ रुदे्रपिपलका रविन्द्र बोसेलले १५ दिनअघि ट्राभल डकुमेन्ट बनाएर स्वदेश फर्कन खोजे पनि नपाएको बताए। नागरिकसँगको टेलिफोन कुराकानीमा बोसेलले भने, 'हप्तामा ८० जनालाई पास दिएर स्वदेश पठाउने भनिए पनि अहिलेसम्म हामीलाई कुनै जानकारी आएको छैन।' बोसेलसहित १२ जनाले एकैचोटि ट्राभल डकुमेन्ट बनाएका थिए। उनीहरुलाई अहिले काममा जान दिइएको छैन। बाहिर घुम्न जान पनि प्रतिबन्ध लगाइएको छ। 'दूतावासबाट केही खबर आएको छैन,' उनले भने। 
मलेसियाका लागि नेपाली राजदूत निरन्जनमान सिंह बस्नेतले पटकपटक पत्राचार गर्दा पनि अध्यागमनले नेपालीको अवस्थाबारे जानकारी नदिएको बताए। उनका अनुसार अरु देशका कामदारको तथ्यांक दिए पनि नेपालीबारे कुनै जानकारी दिइएको छैन।
'करिब २ सय नेपाली पक्राउ परेको खबर आएको छ तर यहाँको अध्यागमनले आधिकारिक रुपमा संख्या बताएको छैन,' राजदूत बस्नेतले भने, 'कुन सेन्टरमा राखेको छ, त्यो पनि भनेको छैन।'
सरकारी वेवास्ता
धरपकडमा पक्राउ परेका नेपालीको विषयमा दूतावास र नेपाल सरकारले गम्भीर चासो दिएका छैनन्। भदौ र माघ ६ गतेपछि पक्राउ परेका नेपालीबारे त्यहाँस्थित दूतावास र नेपाल सरकारले कुटनीतिक पहल नगर्दा उनीहरुको अवस्था थाहा हुन नसकेको हो। 
मलेसिया सरकारले भदौमा नेपालीसहित बंगलादेशी, पाकिस्तानी, इन्डोनेसियाली, फिलिपिनो, बर्मेली, भियतनामी कामदार पक्राउ गरेको थियो। माघ ६ गते पनि खासगरी तिनै देशका कामदार पक्राउ परेका थिए। अन्य मुलुकका दूतावास र सरकारले चासो राखेर आफ्ना नागरिकको अवस्था बुझे पनि नेपाली कामदारबारे जानकारी लिने काम गम्भीर रुपमा भएको छैन। 
पछिल्लो धरपकडमा ६ सय ९५ इन्डोनेसियाली, २ सय ४० फिलिपिनो, २ सय २५ बंगलादेशी र १ सय ५७ बर्मेली कामदार पक्राउ परेको त्यहाँको गृह मन्त्रालयले जानकारी दिएको थियो। इन्डोनेसियाली र फिलिपिनो दूतावासका अधिकारीले आफ्ना नागरिकको स्थितिबारे अनुगमन गरिरहेको जनाएका छन्। नेपाल सरकार र दूतावासले त्यसरी चासो दिएका छैनन्। 
मलेसियाली अध्यागमनले पक्राउ परेको १ सातामा स्वदेश पठाउने बताए पनि ती कामदारबाट ट्राभल डकुमेन्ट बनाउन कुनै निवदेन नआएको दूतावासले जनाएको छ। 
राजदूत बस्नेतले गिरफ्तार कामदारको अवस्थाबारे जानकारी माग्दा नपाएको बताए। 'जानकारी नै छैन, कसरी अनुगमन गर्ने?' उनले प्रश्न गरे। नेपाली कामदारको अवस्थाबारे दूतावासले नेपाल सरकारलाई खबर गर्योा त? भन्ने जिज्ञासामा राजदूत बस्नेतले 'यो पत्रकारले सिकाउने कुरा होइन' भन्दै फोन काटे। परराष्ट्र मन्त्रालयका निमित्त सचिव शंकर बैरागीले पनि मलेसियाका विषयमा मन्त्रालय अपडेट नभएको प्रतिक्रिया दिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस