काठमाडौं — चाडपर्वको बेला माग बढ्ने भन्दै कोटा बढाउन दबाब दिइरहेका व्यवसायीले २ सातादेखि बैंकबाट सुन नकिन्दा वाणिज्य बैंकमा यसको मौज्दात ३ सय किलोग्राम पुगेको छ। केही अघिसम्म व्यापारी बजारमा दैनिक ३५ किलो सुन माग हुने तर बैंकहरुले १५ किलोमात्रै दिँदा नपुगेको भन्दै कोटा बढाउन माग गर्थे।'बैंकमा ३ सय किलो सुन बाँकी छ, भदौको सुरुदेखि नै यसको बिक्री भएको छैन,' सानिमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सोमबार नागरिकसँग भने, 'व्यवसायी बजारमा सुनको अभाव छ भन्छन् तर बैंकबाट किन्दैनन् ।' सुन थुप्रिँदा बैंकलाई पनि समस्या हुने उनले बताए ।
मूल्य बढेपछि पुराना गहना र सस्तोमा किनेको सुन फिर्ता भएकाले बैंकको सुन नबिकेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य बताउँछन् । 'बजारमा अझै पनि सुनको अभाव छ । तर अहिले पुराना गरगहना र सस्तोमा किनेको सुन फर्किएकाले व्यवसायीले त्यसैबाट काम चलाएका छन्,' उनले भने, 'त्यसैले बैंकको सुन नकिनेका हुन् ।' यसबीचमा सुनको मूल्य बढेको र ठूलो कारोबार नभएकोले बैंकमा थुप्रिएको उनको तर्क छ ।
व्यवसायीका अनुसार तीजलगायत ठूला चाड नजिकिँदै गर्दा सुन गहनाको माग बढेको छ । यसमा महासंघका अध्यक्ष शाक्यले पनि सहमति जनाए । 'मूल्यवृद्धि हुँदा मात्र माग केही घट्ने हो नत्र अझै पनि बजारमा ३५ देखि ४० किलो सुनको माग छ,' शाक्यले भने ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले बैंकमा सुनको मौज्दात बढेकोबारे छलफल गर्न मंगलबार दुवै महासंघको बैठक डाकेको बताए ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली बैंकमा सुन थुप्रिरहेको र पुगेन भनेर व्यवसायीले गरिरहेको गनगनबीच तालमेल नभएको बताउँछन् । 'सुन अभाव छ भन्ने व्यवसायी किन्न बैंक जानुपर्छ । नत्र कोटा बढाउनुपर्ने मागलाई कसरी जायज भन्ने ?' उनले भने, 'अभाव महसुस पनि गर्ने, कोटा पनि चाहिने अनि बैंकले दिन्छौं भन्दा नउठाउने । यस्तो हुँदैन ।'
नेपाल बैंकर्स संघले सुन आयात गर्ने बैंकमा अहिले करिब ३ सय किलोग्राम मौज्दा रहेको जनाएको छ । संघका अनुसार भदौ सुरुदेखि नै वाणिज्य बैंकहरुबाट सुनको बिक्री घटेको छ । पछिल्ला दिनमा त अप्रत्यासित रुपमै घटेको छ ।
बजार, अवस्था र सुन व्यवसायीको माग हेरेर सुन आयात हुने हो । व्यवसायीले माग छ भन्ने अनि नउठाउने गरेको घटनाले आश्चर्यमा पारेको संघले जनाएको छ । १२ विभिन्न वाणिज्य बैंकले पालैपालो दैनिक १५ किलो सुन व्यवसायीलाई उपलब्ध गराउँदै आएकामा उनीहरुले नलगेपछि मौज्दात बढेको संघको भनाइ छ ।
कहाँबाट आउँछ सुन ?
व्यवसायीले बजारमा अभाव रहेको बताइरहँदा बैंकको सुन नबिकेपछि कहाँबाट आएको सुन किनबेच भइरहेको छ त भन्ने प्रश्न जन्मिएको छ । नेपालमा विगतदेखि नै चीनको तिब्बतबाट अवैध रुपमा सुन आउने गरेको चर्चा चलिरहेकोमा पछिल्लो घटनाले पुष्टि गरेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।
महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य अहिले सुनको कारोबार ठप्प जस्तै रहेको र पहिलाकैले बजार चलिरहेको जिकिर गर्छन् । 'हामीले बैंकको सुन किन्ने होइन कि केही साता बैंकले नै हाम्रो सुन किन्नुपर्ला जस्तो छ,' उनले नागरिकसँग भने । सुनको मूल्य बढेपछि बजार अस्थिर भई कारोबार घटेको उनले बताए । बैंकरहरु भने सुनको मूल्य भदौ दोस्रो सातादेखि मात्र बढेको तर, बैंकबाट पहिलो सातादेखि नै उठ्न छाडेको बताउँछन् ।
१० ग्राम सुनको ३६ सय कर लाग्छ । एक किलोमा ३ लाख ६० हजार बचत हुने भएपछि तिब्बतबाट अवैध रुपमा सुन ल्याएर कारोबार भइरहेको बैंकर बताउँछन् । ३५ देखि ४० किलो सुनको माग रहेको बजारमा दैनिक १५ किलो कोटाका कारण अवैध आयात बढेको व्यवसायी नै बताउँथे । कोटा नबढ्दासम्म तिब्बतको सुन अवैध बाटोबाट आउने क्रम नरोकिने महासंघका अध्यक्ष शाक्यले बताए ।