भाषा परीक्षा उत्तीर्ण गरेका १० हजार कोरिया जान पाएनन्
१५ चैत्र २०७७
•
४ मिनेट पाठ
भाषा परीक्षा उत्तीर्ण गरेका १० हजार कोरिया जान पाएनन्
काेरिया जान पाउने माग राखी बिहीबार परराष्ट्र र श्रम मन्त्रालय पुगेका भाषा परीक्षा उत्तीर्ण गरेकाहरू। तस्बिर: रूद्र/नागरिक
सन् २०१९ मा कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका घोडाघोडी–३, कैलालीका अजय सोडारीको आजकल दिन सरकारी निकाय चाहार्दैमा बित्ने गर्छ। एक वर्षदेखि बन्द कोरिया रोजगारी सुचारु गर्ने प्रयासका लागि उनी एपिएस पीडित समूह बनाएर कहिले वैदेशिक रोजगार विभाग त कहिले विभिन्न मन्त्रालयमा पुग्ने गर्छन्।




‘बिहीबार पनि कोरिया रोजगारी सुरु गराउने व्यवस्था मिलाउन माग राख्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेट्यौैं,’ उनले नागरिकसँग भने, ‘यस्ता भेट थुपै्रपटक भइसके। तर अहिलेसम्म कुनै नतिजा निस्केको छैन।’  बन्द कोरिया रोजगारी सुरु गराउन माग राख्दै हालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीसँग तीन र यसअधिका श्रममन्त्री रामेश्वरराय यादवसँग ६ पटक भेट गरेको उनको भनाइ छ। 

‘मन्त्री मात्र नभई सचिव, महानिर्देशक र सम्बद्ध कर्मचारीसँग पनि थुप्रैपटक भेटेका छौं,’ उनले भने, ‘सबैले रोजगारी सुचारु गर्ने पहल भइरहेको छ भन्छन् तर हामी १३ महिनादेखि अलपत्र भएका भयै छौं।’ सन् २०१९ मै कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका रौतहट, विजयपुर–१० का सागर पर्साइले सरकारी अधिकारीले भाषा परीक्षा उत्तीर्ण गरेकालाई अपराधी जस्तो व्यवहार गरेको बताए। उनले ६ हजार नयाँसहित करिब १० हजार भाषा परीक्षा उत्तीर्ण गरेकाहरू कोरिया जानबाट वञ्चित रहेको बताए। उनीहरूले रोजगारदाताले बोलाए पनि दुवै देशका सरकारी अधिकारीबीच कुरा हुन नसक्दा उड्न नपाएको दाबी गरेका छन्।  

श्रम मन्त्रालयले भने कोरोना महामारीको कारण देखाउँदै कोरिया सरकारले नेपालबाट श्रमिक लैजान नमानेको जनाएको छ। कोरोना महामारी सुरु भएपछि पहिला नेपालले कामदार पठाउन रोक लगाएको थियो भने पछि कोरियाले रोक्दै आएको हो। असोजपछि मन्त्रालयले वैदेशिक रोजगारीमा जानेलाई खुला गरिसकेको छ।  

सोडारीले कम्बोडिया, श्रीलंका, भियतनाम, म्यानमार लगायत मुलुकले उच्चस्तरीय वार्ता गरेर कोेरिया रोजगारी सुचारु गरेको दाबी गरे। ‘नेपालले पनि उच्चस्तरीय वार्ता गरी कोरिया रोजगारी सुचारु गर्नुपर्छ,’ उनले भने, ‘नत्र भाषा परीक्षा उत्तीर्ण गरेकाहरू बर्बाद हुन्छौं।’ भाषा परीक्षा उत्तीर्ण हुन तयारीदेखि अहिलेसम्म चार वर्ष बितेको उल्लेख गर्दै उनले खर्च पनि ५–७ लाख रूपैयाँ भइसकेको गुनासो गरे। 

श्रममन्त्री चौधरीले कोरिया सरकारको माग अनुसार पूर्वाधारको काम गर्न केही आवश्यक पर्ने भएकाले कम्तीमा एक महिनायता कोरिया रोजगारी सुचारु नहुने बताए। ‘भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये कतिपयको रोजगारीमा कोरिया पुगिसक्नुपर्ने अवधि सकिने भएकाले चाँडो रोजगारी सुचारु गर्न आग्रह गरिसकेका छौं,’ उनले भने, ‘रोजगारी सुचारु गर्न कोरियाले केही सर्त राखेको छ, जुन पूरा गर्न कम्तीमा एक महिना लाग्ने देखिन्छ।’  

नेपालका लागि कोरियाका राजदूतले त्यहाँको रोजगारी सुचारु गर्न बायोमेट्रिक प्रणाली सुरु गर्न, भाषा परीक्षामा नक्कली परीक्षार्थी सहभागिता रोक्न तथा कम्प्युटरमा आधारित परीक्षा प्रणाली सुरु गर्न मन्त्रालयसमक्ष आग्रह गरेको उनले बताए। चौधरीका अनुसार कोरियन पक्षको आग्रहबमोजिम भाषा परीक्षामा सहभागी हुनेलाई औंठा छाप लिन पूर्वाधार निर्माणको काम भइरहेको छ।

विगतमा भाषा परीक्षा अर्काको नाममा दिने गरेका उदाहरण फेला परेपछि कोरियन राजदूतावासले त्यस्तो कार्य रोकिनुपर्ने माग गर्दै आएको थियो। ‘यसपटक यसमा (अर्काको नाममा परीक्षा दिने कार्य) कोरियन पक्षले गम्भीरतापूर्वक चासो दिएको छ,’ चौधरीले भने। बायोमेट्रिक प्रणालीमार्फत औंठा छाप लिन सुरु भएपछि अर्काको नाममा परीक्षा दिने कार्य रोकिने अपेक्षा गरिएको छ।  

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाका अनुसार कोरोना महामारी सुरु भएयता पर्खाइमा रहेकामध्ये करिब १२ सयले दुई वर्षअघि नै भाषा परीक्षा उत्तीर्ण गरेका छन्। विद्यमान प्रावधान अनुसार कोरियन भाषा परीक्षा उत्तीर्ण गरेको दुई वर्षभित्र रोजगारीका लागि कोरिया पुगिसक्नु पर्छ। भाषा परीक्षा उत्तीर्ण गरेको दुई वर्षभित्र कोरिया जान नसके पुनः भाषा परीक्षामा  सहभागी हुनुपर्छ।  

मन्त्री चौधरीले कोरोना महामारीका कारण यसपटक विशेष परिस्थिति सिर्जना भएको उल्लेख गर्दै दुईवर्षे प्रावधन खारेज हुनुपर्ने माग गरेको बताए। कोरिया कामदार पठाउने विषयमा नेपालको भन्दा कोरियन पक्षमा निर्भर हुनुपर्ने अवस्था देखिएको बताइएको छ।  राम्रो पारिश्रमिक पाइने भएकाले कोरियाको रोजगारीलाई आकर्षक मानिन्छ। 

रोजगारीमा कोरिया जानेले ओभरटाइमबाहेक मासिक पारिश्रमिक कम्तीमा डेढ लाख रूपैयाँ पाउने गर्छन्। सन् २००७ मा भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जाने प्रक्रिया सुरु भएपछि ६० हजारभन्दा बढी युवायुवती त्यहाँ पुगिसकेका छन्। गत वर्ष ६ हजार सात सयले कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका थिए।
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
२१ मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २३ सेकेन्ड अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
यो पनि पढौँ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस