आठ महिनामा ३ लाख ६८ हजार पर्यटक
२२ भदौ २०७०
•
४ मिनेट पाठ
आठ महिनामा ३ लाख ६८ हजार पर्यटक
काठमाडौं - सन् २०१३ को आठ महिनामा हवाई मार्ग हुँदै आएका साढे ३ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो गत वर्ष यही अवधिको दाँजोमा २.३ प्रतिशतले कम हो।

नेपाल पर्यटन बोर्डले जनाएअनुसार गएको आठ महिनामा ३ लाख ६८ हजार ३ सय ९६ पर्यटक आएका थिए। गत वर्ष जनवरीदेखि अगस्टसम्म भने ३ लाख ७७ हजार ४३ पर्यटक हवाई मार्गबाट आएका थिए।

त्यसै गरी गत आठ महिनामा प्रमुख पर्यटन बजार भारतबाट १ लाख ३ हजार ५ सय ६८ आएका भए पनि यो संख्या गत वर्षको दाँजोमा १८.१ प्रतिशतले कम हो। बेलायतबाट २० हजार ३ सय ८८ र अमेरिकाबाट २६ हजार ८ सय ५४ आएका थिए। बेलायती ४ प्रतिशत र अमेरिकी ९.८ प्रतिशतले घटेका हुन्।

गत अगस्टमा भने पर्यटक आगमनमा झिनो सुधार भएको थियो। संख्या ४७ हजार ३ सय ९७ पुगेको छ। गत वर्ष अगस्टमा ४४ हजार ५ सय ७१ मा अडेको थियो। यो गत वर्षको दाँजोमा ६.३४ प्रतिशतले मात्र बढी हो। अगस्ट महिनालाई नेपाली पर्यटन उद्योगमा 'अफ सिजन' मानिन्छ।

नेपालको पर्यटन उद्योगमा पर्यटक आगमनको प्रमुख याम (हाइ सिजन) का रूपमा अक्टोबर आधा महिना, नोभेम्बर, फेब्रुअरी, मार्च र अप्रिललाई लिइन्छ। यसै गरी डिसेम्बर, जनवरी र सेस्टेम्बरको पहिलो दुई सातासम्मलाई लो सिजन तथा मे, जुन, जुलाई र अगस्टलाई अफ सिजन मानिन्छ।

बोर्डका अनुसार गत महिना भारतबाट १.७ प्रतिशतले पर्यटक घटेका थिए। संख्या १४ हजार ६८ मा झरेको छ। गत वर्ष १४ हजार ३ सय ७ पुगेको थियो। नेपाल आउने कुल पर्यटकको एक चौथाइ हिस्सा भारतीयले ओगट्छन्।
सार्क क्षेत्रबाट गत महिना ९.६५ प्रतिशतको वृद्धि रेकर्ड गरिएको छ। संख्या १८ हजार ३  सय ९९ पुगेको छ। अघिल्लो वर्ष १६ हजार ७ सय ८० मा अडेको थियो। आठ महिनामा भने १५.३ प्रतिशतले घटेर १ लाख २० हजार ७ सय १७ मा झरेको छ। गत अगस्टमा एसियाबाट २१.९ प्रतिशतले बढेर ११ हजार ५ सय १ पुगेको थियो।

युरोपबाट १७.३ प्रतिशतको गिरावट रेकर्ड गरिएको छ। संख्या १० हजार ९३ मा अडेको छ। गत वर्ष भने १२ हजार २ सय १४ मा अडेका थिए। गत आठ महिनामा ८४ हजार ९ सय ५४ युरोपेलीले नेपाल घुमेका थिए।

गत महिना बेलायतबाट १ हजार ९ सय ३६ आएका थिए। गएको वर्ष अगस्टमा १ हजार ८ सय ९४ आएका थिए। अर्को प्रमुख बजार अमेरिकाबाट १६ प्रतिशतले बढेर २ हजार ४ सय ८७ आएका छन्। गत वर्ष २ हजार १ सय ४३ आएका थिए।

गत अगस्टमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५९ हजार ३ सय ३५ विदेशी पर्यटक बाहिरिएका थिए। उक्त अवधिमा ६२ हजार २ सय नेपाली स्वदेश भित्रिएका र ७५ हजार २ बाहिरिएका थिए।
अर्को समाचार
पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए
१९ जेष्ठ २०७९
•
१ मिनेट पाठ
पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए
सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार पाँच महिनामा एक लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका हुन्।

पछिल्लो मे महिनामा ५३ हजार ६०८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अघिल्लो अप्रिल महिनामा ५८ हजार ३८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०१९ को तुलनामा पर्यटक आगमन करिब ७५ प्रतिशतले ‘रिकोभर’ भएको बताए। उनले पर्यटक बढोत्तरीमा बङ्गलादेश र युरोपको भूमिका सकारात्मक देखिएको उल्लेख गरे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस