कुनै बेला उच्च वर्गको 'एसेट सिम्बोल' मानिने कारमा मध्यमवर्गीयको पहुँच बढ्न थालेपछि अटोबजारले लय समातेको छ । र, विलासी वस्तुको सूचीमा पर्ने गाडी मध्यम आय वर्गका नागरिकको निम्ति आश्वयकतामा रूपान्तरित भएको छ ।सामाजिक र आर्थिक हैसियत बढेपछि निजी सवारी साधन सर्वसाधारणको स्वामित्वमा आउन थालेका हुन् । आफ्नै साधनमा हुइँकिने रहर, सामाजिक परिवेश र बढ्दो आम्दानीले कार सोखिनको संख्या थपिरहेको छ । निजी कार हुनु र नहुनुलाई सामाजिक प्रतिष्ठासँग जोडेर हेर्ने चलन पनि यथावत छ । बजारमा ब्रान्डेडदेखि बजेटसम्मका कार आएपछि यसमा जनसाधारणसमेत आकर्षित भएका हुन् । आरामदायी यात्राको चाहना र पारिवारिक माहोलका कारण पनि कारमा स्वामित्व बढ्दै गएको हो । कार पारखी बढ्नुका अन्य कारणमा गाडी खरिदमा पाइने कर्जा, किस्ताबन्दी सुविधा, व्याजदर र अफर तथा बोनान्जा पर्छन् ।
पछिल्लो समयका बैंक ब्याजदर ग्राहक अनुकूल छन् । सस्तो ब्याजले मोटरसाइकलबाट कारमा उक्लने ग्राहक बढाएको बैंकर तथा अटो व्यवसायी बताउँछन् । बजारमा १० लाखदेखि १ करोड रुपैयाँभन्दा बढी मूल्यका कार छन् । उपभोक्ताले चाहना, आवश्यकता र क्षमता अनुसार रोज्छन् ।
यातायात व्यवस्था विभागको तथ्यांकले कारजस्ता सवारीसाधनमा उतारचढावको तथ्यांक देखाए पनि हरेक वर्ष सर्वसाधारण निजी सवारी साधनमा आकर्षित हुँदै गएका छन् । गाडीमा लाग्ने भन्सार महसुल चर्को भए पनि पछिल्लो समय आवश्यकताले नै गाडी किन्नेको संख्या बढेको व्यवसायीको भनाइ छ । विभागको अनुमानअनुसार देशभर १२ लाख गाडी छन् । पछिल्लोपटक निजी सवारी साधनको दर्ता बढ्दै गएको छ । ५ वर्षको अवधिमा अटोबजार उत्साहजनक बनेको छ । आर्थिक वर्ष ०६४÷६५ मा कार, जीप, भ्यानको दर्ता ४ हजार ७ सय ४१ थियो । ०६५÷६६ मा बढेर ६ हजार ८ सय ५७ पुग्यो । त्यस्तै ०६६÷६७ मा १२ हजार २ सय ६८ दर्ता भएको सवारी साधन ०६८÷६९ मा ८ हजार ५ सय १० हुँदै गत आर्थिक वर्षको दोस्रो चौमासमा ५ हजार ४ सय ३ पुगेको थियो ।
यातायात व्यवस्था विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा नया" सवारी साधन दर्ता १८ प्रतिशतले बढेको छ । यो तथ्यांकले पनि अटो बजार तातेको मात्र नभई सर्वसाधारण नै यसतर्फ आकर्षित भएको पुष्टि गर्छ ।
अटोबजार अझै सोचेजस्तो भने भएको छैन । तैपनि पछिल्लो समय सर्वसाधारणको आकर्षण बढेको नेपाल अटोमोबाइल्स डिलर एसोसिएसनका पूर्वअध्यक्ष सौरभ ज्योति बताउँछन् । 'निजी सवारी साधनमा पहँुच बढ्दै जानुको कारण बाध्यता र आवश्यकता नै हो । अझै रहरले किनिहाल्ने अवस्था सिर्जना भएको छैन,' उनले भने । अटो बजारमा हरेक वर्ष उतारचढाव देखिए पनि सर्वसाधारणको स्वामित्व बढ्दै गएको उनले बताए ।
नेपालमा गाडीमा लाग्ने भन्सार दर विश्वकै सबभन्दा बढी रहेको व्यवसायी बताउँछन् । अटो व्यवसायी यसको भन्सार महसुल कम गराउने प्रयासमा रहे पनि सरकार त्यो मान्न तयार छैन । एसोसियसनका अध्यक्ष शेखर गोल्छा भन्छन्, 'कूल जनसंख्याको ३ प्रतिशतको सवारी साधनमा पहुँच छ । सरकारले भन्सार दरमा उदारता देखायो भने यसको पहुँच अझ बढ्छ ।'
'खासमा रेमिट्यान्स र बैकिङ तरलताका कारण अटोबजारलाई राहत मिलेको छ,' गोल्छाले भने । युरोप अमेरिकादेखि मलेसिया र खाडी मुलुकबाट भित्रिने रेमिट्यान्सले अर्थतन्त्रलाई सकारात्मक प्रभाव पारेको बेला अटोबजारलाई राहत मिलेको उनले बताए । उनको भनाइमा अटोबजारलाई दीर्घकालीन रुपमा स्थापित गराउन करको दर घटाएर दायरा बढाउनुपर्छ । यो विकल्पले सर्वसाधारणमा सवारीसाधनको पहुँच अझ बढाउने उनले बताए ।
चर्काे भन्सार दर भए पनि नेपालमा विश्वका प्रख्यात ब्रान्डका गाडी भित्रिरहेका छन् । विभिन्न मोडलमा भित्रिएका गाडीले उपभोक्तालाई आकर्षित मात्र गरेको छैन, रोजाइमा समेत परेको छ । लक्जरी सेग्मेन्टदेखि एसयुभी सेडान, सस्ता र साना ह्याचब्याक गाडीमा उस्तै ढंगले आकर्षण बढिरहेको छ ।
चालु आर्थिक वर्षको बजेटले अटो क्षेत्रको राजस्व दर फेरबदल नगर्दा त्यसको सकारात्मक प्रभाव देखिन थालेको छ । यसैबेला बैंकहरुले अटो लोनको ब्याज घटाउँदा अटोबजारलाई राहत मिलेको छ ।
त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रका उपप्राध्यापक टिकाराम गौतम पुँजीवादी परम्परा र विकासका कारण विलासी साधन प्रयोग गर्नेको संख्या बढ्दै गएको बताउँछन् । उनको बुझाइमा व्यक्ति पहिला सामाजिक प्रतिष्ठा बनाउन लाग्ने र त्यसपछि आवश्यकताको वस्तु किन्न तत्पर हुने हुनाले आर्थिक हैसियत बढाउँदै विलासिताप्रति आकर्षण बढ्ने गर्छ । सामाजिक परिवेशले जीवनस्तरमा पनि बदलाव ल्याउने र त्यो अवसर सामाजिक व्यक्तिले लिने गरेकाले कम सुविधाबाट विलासीतर्फ मानिसले फड्को मार्ने गरेको पाइन्छ । आकांक्षाले पनि विलासिताप्रति आकर्षित गर्ने उनले बताए ।
नेपालमा खासगरी साना र आरामदायी गाडीको माग बढी छ । यस्ता गाडीकै कारण सर्वसाधारणको पहुँच बढेको नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक निराकर श्रेष्ठ बताउँछन् । नेपालमा हुन्डाईको आई–१० बिक्री ५ हजार पुगिसकेको छ । उपभोक्ता गाडीका सौखिन बन्दै गएपछि साना र सुविधायुक्तको बिक्री बढेको श्रेष्ठले बताए ।
नेपालमा टाटाको पनि वार्षिक ७ हजारभन्दा बढी गाडी बिक्री हुन्छ । फियटका गाडी वार्षिक एक सय हाराहारी बिक्छ भने सुजुकीले एक हजारभन्दा बढी बेच्छ । टोयोटाको पनि औसतमा एक हजारनै बिक्री हुन्छ । त्यस्तै फक्सवागनका गाडी प्रत्येक वर्ष ५ सय बिक्री गर्ने योजना कम्पनीले बनाएको छ ।
करको दर घटाउने हो भने गाडीप्रति उपभोक्ता अझ आकर्षित हुन्छन् । यसले करको दायरा अझ फराकिलो भएर सरकारलाई नै फाइदा पुग्ने अटो व्यवसायीको तर्क छ । आयात गरिएका सामानमा समेत अन्तःशुल्क लगाइएको भन्दै व्यवसायीले यसको विरोध गर्दै आइरहेका छन् ।