मदन भण्डारी लोकमार्गः पिजी चोकको बिबाद मिल्यो, वैशाखभित्र कालोपत्रे
२४ चैत्र २०७७
•
४ मिनेट पाठ
मदन भण्डारी लोकमार्गः पिजी चोकको बिबाद मिल्यो, वैशाखभित्र कालोपत्रे
उदयपर सदरमुकामको बिबादित पुरानो गाईघाट (पिजी) चोक । तस्बिरः महेश्वर
स्थानीयहरुबीच जमिन छाड्ने विषयमा भएको बिबादका कारण १ वर्षदेखि अलपत्र परेको निर्माणाधीन ‘मदन भण्डारी लोकमार्ग’को सदरमुकाम गाईघाटस्थित पुरानो गाईघाट (पिजी) चोकको काम सुचारु भएको छ। सडक दायाँबायाँका स्थानीयले जमिन छाड्न नमानेपछि ०७६ वैशाखभित्रै सकिने भए पनि रोकिएको काम बिबाद सल्टेसँगै धमाधम सुचारु भएको छ।  




गाईघाट बजारको १ किलो २ सय मिटर खण्ड सडक गएको माघभित्रै कालोपत्रे भईसक्दा पनि बिबादका कारण पिजी चोकस्थित ५ सय मिटरमा भने नाला र विद्युत पोल सार्नसमेत सकिएको थिएन। नगरपालिका, मदन भण्डारी लोकमार्ग, निर्माण व्यवसायी र प्रशासनको सहभागितामा पटकपटकको छलफलपछि भएको सहमतिले बिबाद समाधान भएपछि अहिले कामले गति लिएको हो। सहमतिसँगै वर्षदिनदेखि रोकिएको काम महिना दिनदेखि फटाफट भईरहेको मदन भण्डारी लोकमार्ग कार्यालय गाईघाटले जनाएको छ।  

कार्यालयका अनुसार बिबाद समाधान गर्न दुवैतर्फ तोकिएभन्दा थप २/२ मिटर बढी जमिन फराकिलो पारिएको छ। चोककै पूर्वपटि दुवैतर्फ आधादर्जन स्थानीयले जमिन छाड्न नमानेपछि साँघुरो हुने भनिएकोमा २/२ मिटर छाड्न राजी भएसँगै लगभग ५० मिटर सडक तोकिएभन्दा फराकिलो भएको छ। तोकिएको २२ मिटर चौडाको सडक २५ मिटर हुने भएको स्थानीयले बताए। बिबाद सुल्झेपछि दुवैतर्फ नाला र विद्युत पोल सार्ने काम सकेर कालोपत्रेअघि गर्नुपर्ने ‘प्रिपिच’ को काम भईरहेको छ। लोकमार्ग कार्यालय प्रमुख (डिई) बेलबहादुर भुजेलले लामो समयदेखि बिबादका कारण अवरुद्ध भएको काम बिबाद सल्टेपछि दु्रत गतिमा भईरहेको बताए। उनका अनुसार आउँदो वैशाखभित्र कालोपत्रे  गर्नेग्री तीब्र गतिमा काम भईरहेको छ।

डिई भुजेलले चोकको बाहेक गाईघाट बजारक्षेत्रको बाँकी सडक वर्षदिनअघि नै कालोपत्रे गरिसकिए पनि त्यहाँ बिबादकै कारण काम अघि बढ्न नसक्दा बजारको शोभा नै बिग्रेको थियो। बिबादकै कारण चोकदेखि पूर्वतर्फ बरुवा खोला पुलसम्मको सडक अहिले पनि धुलाम्य राख्नु परेकोमा सहमतिपछि सुचारु भएकाले अव छिट्टै कालोपत्रे गर्ने तयारी भईरहेको उनी बताउँछन्। बरुवा पुल एप्रोचका दुवैतर्फको कालोपत्रे पनि रोक्नुपरेकोमा पुलको पूर्वतर्फको एप्रोच ५ महिनअघि नै कालोपत्रे भईसकेको छ। तर, पश्चिमतर्फको एप्रोच चोकसँग जोडिएको खण्ड भएकाले काम ढिला गर्नु परेको थियो। अहिले पश्चिमतर्फ पनि एप्रोचको भाग कालोपत्रे भईसकेको छ भने अव चोकसम्मको कालोपत्रे डेढदुई महिनाभित्रै गर्नेगरी कामलाई तीव्रता दिइएको छ।  

स्थानीय मोहनसिंह तामाङले लामो समयको बिबाद समाधान भएकाले अव छिट्टै घरअगाडिको सडक कालोपत्रे हुने बताए। छिमेकीहरु युवराज बुढाथोकी, शिव कटुवाल, बबरबहादुर थापा, रविन्द्र राईलगायत आधादर्जन स्थानीयबीच कुरा नमिल्दा एक वर्षअघि सक्नुपर्ने कालोपत्रेको काम भर्खर सुरु गर्नुपर्ने स्थिति आएको तामाङले बताए। सीमित व्यक्तिबीचको बिबादले राष्ट्रिय गौरवको योजनाजस्तो सडकको काममा ढिलाई भएको स्थानीय बताउँछन्।  

गएको २०६५ भदौ ३ गतेको भिषण वर्षापछि सुनसरीको इनरुवा–कोसी व्यारेज खण्डको भान्टाबारी नजिकै पूर्व पश्चिम महेन्द्र लोकमार्गमा कोसी कटान हुँदा महिनौ सडक अवरुद्ध भएको थियो। त्यसकै उपज धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौडा जोड्ने वैकल्पिक लोकमार्गको अवधारणा अघि सारिएको थियो। जस अनुसार निर्माणाधीन लोकमार्गलाई नै सरकारले गतवर्ष मदन भण्डारी लोकमार्गमा परिणत गरेको हो। धरानदेखि हेटौंडासम्म १ सय ७३ किलोमिटर लामो लोकमार्गलाई मदन भण्डारी लोकमार्गमा परिणत गरेसँगै पूर्वमा झापाको बाहुनडाँगीदेखि पश्चिममा डढेलधुराको रुपालसम्म १२ किलोमिटर लामो सडक बन्ने क्रममा छ।

लोकमार्गको गाईघाटदेखि पूर्वतर्फ सुनसरीको धरानसम्म र पश्चिमतर्फ कटारीसम्म केही खण्ड र पुल एप्रोचबाहेकमा कालोपत्रेको काम सकिइसकेको छ। गाईघाट–कटारी खण्डको उदपुरगढी र कटारी ७ को बकपति क्षेत्रका ५ किलोमिटर हाराहारीमा कालोपत्रे गर्न बाँकी छ भने पुल एप्रोचबाहेक कटारीदेखि सिन्धुलीसम्मको काम लगभग सकिएको डिई भुजेलले बताएका छन्। त्यो सँगै पुल एप्रोच पनि चालु वर्षभित्रै कालोपत्रे गसिक्ने योनजा रहेको उनको भनाइ छ। त्यससँगै पहिले छुट्न गएको गाईघाटपूर्वका बिभिन्न ४ वटा खहरे खोलामा पुल लगाउने गरी प्रक्रिया अघि बढेको र छिट्टै काम सुरु हुने डिई भुजेलले बताएका छन्।  

गाईघाटदेखि चौदण्डीगढी नगरपालिका केन्द्र बेलटारसम्मका असारी, इक्राहा, ज्यामिरेलगायत ४ वटा खोलामा पुल निर्माणको ठेक्का लागिसकेकाले अव काम सुरु हुन लागेको कार्यालयले जनाएको छ। ती पुलको निर्माणसँगै सोही खण्डको भातीखर्क, देवधार र बसाहामा निर्माण सम्पन्न भएका ४ वटा पुलको एप्रोज कालोपत्रे पनि यसै वर्ष सकिने भुजेलले बताए। यी पुल बनिसक्दासम्म गाईघाटदेखि हेटौडासम्मकै काम पूरा गरिसक्नेगरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको डिई भुजेलले बताएका छन्।  

०७४ भदौदेखि निर्माण कार्य सुरु भएको काम ३ वर्षभित्र सक्नेगरी जेडआईइसी÷लामा÷शर्मा जेवीले सम्झौता गरेको छ। सरकारले लोकमार्गको सडकतर्फ साढे ४ अर्ब र पुलतर्फ डेढ अर्बको प्रारम्भिक सम्झौता गरेकोमा बिभिन्न कारणसँगै पछिल्लो समय कोभिड कहरले गर्दा केही समय थप्नुपर्ने भएकाले अद्यावधिक (भिओ) गर्दा लागत केही बढ्ने अनुमान कार्यालयको छ।
अर्को समाचार
कर्णालीका तीन जिल्ला कालोपत्रे विहिन
२६ भदौ २०८०
•
२ मिनेट पाठ
कर्णालीका तीन जिल्ला कालोपत्रे विहिन
सिंजाबाट अगाडी मुगु जाने कच्ची सडक। तस्बिर: गोविन्द केसी/नागरिक
कर्णाली प्रदेश सरकार स्थापना भएयता कर्णालीका तीन जिल्लामा सडक कालोपत्रेको विहिन रहेको छ।




भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेशबाट हुम्ला, मुगु र डोल्पामा अहिलेसम्म सडक कालोपत्रेको योजना नै नबन्दा कालोपत्रे हुन नसकेको हो।

प्रदेश स्थापना भएयता तीन जिल्लामा कालोपत्रेका कार्यक्रमहरु बनेका छैनन्। जसले गर्दा हिमाली जिल्लाहरु कालोपत्रे सडक विहिन भएका हुन्। कालिकोट र जाजरकोटमा कालोपत्रे नभएपनि सडकमा पिसिसि (ढलान) गरिएको छ। सुर्खेत, दैलेख, जुम्ला, रुकुम (पश्चिम), सल्यान जिल्लामा भने कालोपत्रेको कार्यक्रम रहेको छ।

हिमाली जिल्लाहरुमा भौगोलिक अवस्था, बजेट अभाव लगायतका कारणले कालोपत्रे हुन नसकेको जनाइएको छ। हुम्लाभित्र यातायात चलेपनि राष्ट्रिय सडक सञ्जाल पुगेको छैन्। डोल्पामा सडक पुगेपनि पुल नहुँदा वर्षातमा चल्दैन्। मुगुमा सडक पुगेपनि वर्षात र हिउँदमा चल्न हम्मेहम्मे हुने गरेको छ। प्रदेशको बजेट राजधानी सुर्खेत केन्द्रित हुँदा पहाडी र हिमाली जिल्लामा थोरै बजेट कार्यान्वयन कम हुने गरेको पाइएको छ।

कर्णाली प्रदेशमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले अहिलेसम्म ७८.९५ किलोमिटर सडक पिच गरेको छ। जसमा आर्थिक वर्ष २०७७/०७८ सम्म ३३.०२ किलोमिटर, आर्थिक वर्ष २०७८७९ मा १५/९० किलोमिटर र आव २०७९/०८० मा ३०.०३ गरि जम्मा ७८.९५ किलोमिटर सडक पिच (कालोपत्रे) भएको मन्त्रालयले जनाएको छ। हिमाली जिल्लाहरुमा कालोपत्रेको कार्यक्रम नभएको र यस आर्थिक वर्षबाट राखीएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सूचना अधिकारी रमेश सुवेदीले बताए।

प्रदेशका १० जिल्लामा मन्त्रालयले हालसम्म ४३४.०१ किलोमिटर सडक ग्राभेल, कच्ची माटो २४२४.११ किलोमिटर, नाला निर्माण सहित सडक स्तरउन्नती २१६.२८ किलोमिटर गरेको जनाएको छ। त्यस्तै झुलुङ्गे पुल ५५ वटा र पक्की पुल २२ वटा हालसम्म प्रदेश सरकारले बनाएको छ। धेरै र छरिएर रहेका आयोजना तथा कम जनशक्तिका कारण आयोजनामा गुणस्तर कायम गर्नमा समस्या हुने गरेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशबाट विनियोजन भएको अधिकांश योजनाहरू टुक्रे भएकाले कार्यान्वयन गर्न गाह्रो भएको मन्त्रालयले जनाएको छ । कर्णालीमा वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृतीको प्रक्रिया पूरा नगरी धमाधम सडकहरू खन्ने गरेको पाइएको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेशमा अहिलेसम्म वातावरण सम्बन्धी विज्ञ कर्मचारी छैनन्।  
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
यो पनि पढौँ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस