नेपाली नयाँवर्षले धपक्कै छोपिसकेको छ । दुईवर्ष अघिसम्म यो बेला पोखरामा आन्तरिक पाहुनाको घुइँचो लाग्थ्यो । विद्यार्थी, क्लव, आमा समुह, विभिन्न संघसंस्थाबाट यो बेला घुम्न आउँदा यहाँ भीडभाड बढ्थ्यो । यहीबेला पर्यटकीय सिजन पनि पर्ने भएकोले विदेशी पाहुना पनि प्रयाप्त आउँथे । विदेशीको त्यही भीडभाडमा आन्तरिक पनि थपिँदा यहाँका होटल र रेस्टुरेन्टलाई व्यवसाय धान्न समेत धौ धौ हुन्थ्यो ।
तर, कोरोना भाइरस संक्रमणले नेपाली नयाँवर्षको पोहोर र यो पटक पर्यटकीय क्षेत्रमा खल्लोपन छ । पोहोर त यो बेला पूर्ण लकडाउन नै थियो । त्यसले गर्दा पाहुना आउने अवस्था नै थिएन । यो पटक लकडाउन त छैन, तर, पाहुना भने खुलेर भित्रिन सकेका छैनन् । यहीबेला कोरोनाको त्रास बल्झिँदा चाहेर पनि पाहुना घुम्न निस्कन पाएका छैनन । विदेशीको त आगमन ठप्प झैं छ । खुलमखुला रुपमा हिडडुल गर्न नपाएपनि पर्यटकीय क्षेत्रमा भित्रिएका सिमित आन्तरिक पाहुनाको कारणले केही चहलपहल भने बढाएको व्यवसायी बताउँछन् ।
‘अघिल्ला महिनासम्म पोखरामा यो बेला आन्तरिक पाहुनाको आगमन केही बढेको थियो । यो बेला नयाँवर्ष मनाउन आन्तरिक पाहुना आउने हुँदा लाभ लिन सकिन्थ्यो,’ कँडेलले भने, ‘तर, त्यो भन्दा फरक अवस्था आइप¥यो । यहीबेला कोरोना त्रास बढेको छ । सरकारले सचेत हुन आग्रह गरिरहेको छ । त्यहीकारण पनि यतिबेला आन्तरिक पाहुना सोचेजति आउन सकेनन् ।’ यो बेला कोरोना त्रास नहुँदो हो त नेपाली नयाँवर्ष मनाउन आन्तरिक पाहुना प्रयाप्त आउँथे । तर, अहिले भने पाहुना घुमफिरमा निस्कन डराएको उनले बताए । ‘अझैपनि होटलका एकाध कोठामा मात्र पाहुना छन्, जुन प्रयाप्त होईन,’ उनले भने ।
नेपाली नयाँवर्षमा पोखरामा आन्तरिक पाहुना आकर्षण गर्न विभिन्न कार्यक्रम पनि आयोजना हुने गरेका थिए । तर, कोरोना त्रासका कारण पोहोर र यो पटक महोत्सव जस्ता कार्यक्रम आयोजना पनि हुन सकेनन् । केही होटल र रेस्टुरेन्टले आन्तरिक रुपमा पाहुना आकर्षण गर्न कार्यक्रम राखेपनि ती सिमित ठाउँमा मात्र हुनेछन् । अरुबेला खुलमखुला आयोजना हुने कार्यक्रम अहिले आयोजना गरिएको छैन । ‘संक्रमणको त्रासले नै गर्दा व्यवसायी नै त्रसित हुनु परेको छ,’ कँडेलले भने ।
अर्का पर्यटन व्यवसायी नरेश भट्टराई पनि केही आन्तरिक पाहुना आएपनि यो आगमन दुईसाता अघि केही बढि थियो । तर, अहिले आगमन एकाएक घटेको छ । त्यसो हुनुमा अहिलेको कोरोनाको त्रास र खराब मौसम रहेको उनले सुनाए । ‘यहीबेला मौसममा पनि खराबी आएको छ । हिडडुल नै सहज हुन सकेन,’ भट्टराइले भने । उनका अनुसार पोखरामा यो बेला आन्तरिक पाहुना त छन्, तर, प्रयाप्त छैनन । ‘सडकमा केही भीडभाड त देखिन्छ । तर, तीमध्ये कतिपय पाहुना स्थानीय पनि हुन् । बाहिरबाट यो बेला प्रयाप्त आउँथे, तर, अहिले त्रासले गर्दा पनि आउन चाहेर पनि आएनन,’ भट्टराइले भने ।
रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष लक्ष्मण बराल पनि लेकसाइडमा केही चहलपहल थपिएको भएपनि दुईसाता अघिको तुलनामा खस्किसकेको बताउँछन् । कोरोनाको दोश्रो लहरको हल्लासँगै व्यवसायमा गिरावट आएको उनले बताए । ‘सरकारले नै भीडभाड नगर्न भनेको छ । पाहुना निस्फिक्री तरिकाले घुमफिरमा निस्कन हच्किएका छन् । लेकसाइडमा बेलुकीपखको चमक देखिन्छ । तर, होटलमा बस्ने पाहुना कम छन,’ उनले भने, ‘रेस्ुटरेन्टमा स्थानीय पाहुना पनि झरेका छन् । यो बेला रेस्टुरेन्टमा राम्रो आगमन भएपनि होटलमा खासै छैनन् ।’

कोरोना त्रास बढेको भन्दै सरकारले यहीबेला भीडभाडमा नजान र सर्तकता अपनाउन नागरिकलाई अनुरोध गरिहरँदा सबै आन्तरिक पाहुनाले घुमघामका लागि निस्कने आँट नगरेको व्यवसायी बताउँछन् । फाट्टफुट्ट समुह र केही व्यक्तिगत तथा परिवारसहित घुमघाममा आएपनि त्यसले पोखरालाई उत्तिसारो उत्साही बनाउन सकेको छैन । थोरै आकारमा आएका आन्तरिक पाहुनाले व्यवसायमा केही राहत त दिएको छ, तर, कोरोना त्रास बढिरहँदा आउन चाहेका पाहुना पनि हिडडुल गर्न नपाएको व्यवसायी बताउँछन् ।आन्तरिक पर्यटन पुनरुत्थान समिति (डिटिआरसी)का गण्डकी संयोजक अग्नी कँडेल भन्छन, ‘बेलुकीपख लेकसाइडमा केही चहलपहल त बढेको देखिन्छ । तर, चहलपहल बढाउने यी पाहुना सबै बाहिरबाट घुम्न आएका होईनन् । स्थानीय पाहुना पनि लेकसाइडमा झर्दा चमक बढेको देखिएको हो ।’ उनका अनुसार नयाँवर्षको समय आन्तरिक पाहुनाको हो । विदेशी पाहुना नियमित आउँदै गर्दा नयाँवर्ष मनाउने बहानामा पोखरा भित्रिएका आन्तरिक पाहुनाबाट पर्यटनले यतिबेला गज्जबको लाभ लिने गरेको भएपनि यो पटक अवस्था सहज नभएको उनले बताए । लेकसाइडको सडकमा बेलुकीपख चहलपहल देखिएपनि होटलमा भने उत्तिसारो पाहुना नभएको उनले सुनाए ।
‘अघिल्ला महिनासम्म पोखरामा यो बेला आन्तरिक पाहुनाको आगमन केही बढेको थियो । यो बेला नयाँवर्ष मनाउन आन्तरिक पाहुना आउने हुँदा लाभ लिन सकिन्थ्यो,’ कँडेलले भने, ‘तर, त्यो भन्दा फरक अवस्था आइप¥यो । यहीबेला कोरोना त्रास बढेको छ । सरकारले सचेत हुन आग्रह गरिरहेको छ । त्यहीकारण पनि यतिबेला आन्तरिक पाहुना सोचेजति आउन सकेनन् ।’ यो बेला कोरोना त्रास नहुँदो हो त नेपाली नयाँवर्ष मनाउन आन्तरिक पाहुना प्रयाप्त आउँथे । तर, अहिले भने पाहुना घुमफिरमा निस्कन डराएको उनले बताए । ‘अझैपनि होटलका एकाध कोठामा मात्र पाहुना छन्, जुन प्रयाप्त होईन,’ उनले भने ।
नेपाली नयाँवर्षमा पोखरामा आन्तरिक पाहुना आकर्षण गर्न विभिन्न कार्यक्रम पनि आयोजना हुने गरेका थिए । तर, कोरोना त्रासका कारण पोहोर र यो पटक महोत्सव जस्ता कार्यक्रम आयोजना पनि हुन सकेनन् । केही होटल र रेस्टुरेन्टले आन्तरिक रुपमा पाहुना आकर्षण गर्न कार्यक्रम राखेपनि ती सिमित ठाउँमा मात्र हुनेछन् । अरुबेला खुलमखुला आयोजना हुने कार्यक्रम अहिले आयोजना गरिएको छैन । ‘संक्रमणको त्रासले नै गर्दा व्यवसायी नै त्रसित हुनु परेको छ,’ कँडेलले भने ।
नेपाली नयाँवर्षमा आन्तरिक पाहुना तान्न यहाँ पश्चिमाञ्चल होटल संघले फेवा नववर्ष महोत्सव आयोजना गर्ने गरेपनि अहिले गर्ने अवस्था नरहेको संघका अध्यक्ष विकल तुलाचन बताउँछन् । फेवा नयाँवर्ष महोत्सव छोट्याएर भएपनि गर्ने तयारी संघले गरेपनि कोरोना संक्रमणको कारण अहिलेलाई गर्न नसकेको उनले बताए । ‘सडक महोत्सवको नयाँरुप दिएर गर्ने योजना थियो । तर, अहिले संक्रमण बढेकोले रोकिएको छ,’ तुलाचनले भने, ‘यो बेला सहज ठानिएन । दुइसाता अघिसम्मको अवस्था रहन्थ्यो भने हामीले महोत्सव गर्दथ्यौ । तर, अन्तिम समयमा हुन सकेन ।’ अरुबेला पार्कभित्र हुने महोत्सवलाई यो पटक केही फरक ढंगमा सडकमा आयोजना गर्ने तयारी भएपनि गर्न सक्ने अवस्था नरहेको उनले बताए ।उनका अनुभवमा यो बेला पोखरामा रमाउनका लागि आन्तरिक पाहुनाको आगमन राम्रै हुन्थ्यो । यो बेला ६० प्रतिशत आन्तरिक र बाँकी भारतीय र तेश्रो मुलुकको पाहुना आउँदा पोखरामा पाहुनाको अकुपेन्सी करिब ९० प्रतिशत हाराहारीमा हुने गरेको भएपनि कोरोनाले गर्दा यो पटक पनि सुखद हुन नसकेको उनले बताए । ‘पछिल्लो दुईसाताको अन्तरमा पनि पाहुनाको आगमनमै फरक देखिएको छ,’ उनले भने । मनोरञ्जनात्मक कार्यक्रम गर्न नपाएपनि लेकसाइडलाई सजावट गरेर आकर्षक भने थप्ने उनले बताए ।