काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान गरिरहेको एउटा जहाज मलेसियाको क्वालालम्पुरमा 'ग्राउन्डेड' भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान क्वालालम्पुर गएको निगमको बोइङ ७५७ ९एन–एसिए जहाज उता अवतरण गरेपछि ग्राउन्डेड भएको हो। 'एसिए जहाजको ब्लिडिङ भल्भमा समस्या उत्पन्न भएपछि जहाज ग्राउन्डेड भयो,' निगमका सम्बद्ध एक अधिकारीले मंगलबार नागरिकसँग भने, …इन्जिनियरहरूको एक टोली जहाज बनाउन सामानसहित गएको छ।'उनका अनुसार जहाजको जगेडा सामान लिएर क्वालालम्पुर गएको इन्जिनियरको टोलीले भोलि मर्मत गरेपछि जहाज यात्रु लिएर फर्कन्छ। यही जहाजमा प्राविधिक समस्या आएपछि गत शुक्रबार त्रिभुवन विमानस्थलमा ग्राउन्डेड भएको थियो। ग्राउन्डेड भएपछि शुक्र, शनि र आइतबारका क्वालालम्पुर उडान रद्द भएका थिए। बिग्रिएको सामान विदेशबाटै ल्याउनुपर्ने भएपछि जहाज ग्राउन्डेड हुन पुगेको थियो। आइतबार दिउँसो सामान आइपुगेपछि निगम व्यवस्थापनले सोमबार जडान गरेर उडान सञ्चालन गरेको थियो।
निगमले सोमबार दिउँसो र राति गरी क्वालालम्पुरका लागि दुई उडान गर्ने तालिका बनाएको थियो। तर, अघिल्ला दिन छुटेकामध्ये एक उडान मंगलबार बिहान गरिएको थियो। उता पुग्नासाथ जहाजमा समस्या उत्पन्न भएको हो।
दुईतर्फी तीनवटा उडान रद्द हुँदा निगमले करिब १ करोड रुपैयाँबराबरको आम्दानी गुमाएको थियो भने आफ्ना यात्रुलाई होटलमा राख्नुपर्दा थप १२ लाख रुपैयाँ पनि खर्च भएको थियो। उता मंगलबार नै हङकङ गएको निगमको अर्को बोइङ ७५७ ९एन–एसिबी जहाज पनि प्राविधिक समस्या आएपछि उतै रोकिएको थियो। यो जहाजको 'एलिभेटर सिस्टम' मा समस्या आएपछि दुई घन्टा हङकङमै रोकिएको सम्बद्ध अधिकारीले जानकारी दिए। 'मर्मत गरेपछि जहाज फर्किएको छ,' उनले भने।
निगमसँग हाल अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा जहाज भए पनि उडान तालिका भने सवादेखि डेढ जहाजबराबरको बनाइएको छ। विगतमा दुई जहाजबाट सातामा २० देखि २२ उडान गरेको निगमले अहिले १४ उडानमात्र गरिरहेको छ।
यो भनेको ३३ प्रतिशत उडान कटौती हो। दुई जहाजबाट वार्षिक ६ अर्ब रुपैयाँ आम्दानी गर्ने निगमले यही उडान तालिकालाई एक वर्ष निरन्तरता दियो भने आम्दानी २ अर्बले घटेर ४ अर्बमा सीमित हुनेछ। हाल: दुई जहाजबाट सातामा बैंकक दुई, क्वालालम्पुर पाँच, हङकङ तीन र दोहाका लागि चार उडान गरिरहेको छ। यसअघि बैंककका लागि तीन र क्वालालम्पुरका लागि दैनिक एक उडान गर्थ्यो।