व्यवसाय कोमामा पुग्ने चिन्ता
२४ वैशाख २०७८
•
२ मिनेट पाठ
व्यवसाय कोमामा पुग्ने चिन्ता
पाेखराकाे न्युराेडमा एक पसलमा लागेकाे एक ताला। तस्बिर: उमेश/नागरिक
कोरोना भाइरस संक्रमणको त्रासका कारण गत वर्ष चैतदेखि गरिएको लकडाउनले महिनौंसम्म व्यवसायमा ताला लाग्यो। संक्रमणबीच लकडाउन खुकुलो हुँदै जाँदा व्यवसायको ढोका पनि खुल्दै गयो। पछिल्लो समय वैशाख पहिलो सातासम्म व्यवसायले झन्डै कोरोनाअघिकै आकार लिइसकेको थियो। अचानक कोरोनाको दोस्रो लहर फैलिँदा व्यवसायमा पुनः ताला लागेको छ। यो ताला कहिले खुल्छ, व्यवसायी अन्योलमा छन्।  




कास्की प्रशासनले सोमबारदेखि पोखरामा अत्यावश्यक बाहेक सबैखाले व्यवसाय बन्द गर्न निर्देशन दिएसँगै यहाँको बजार सुनसान छ। व्यवसायीले कारोबारस्थलको ढोकामा बढेमानको ताल्चा मारेका छन्। बजार पूर्ण ठप्प छ। व्यवसायी चिन्तित छन्।  

नोक्सान कम हुँदै जान थालेको बेला व्यवसायमा ताला लगाउनुपर्दा आर्थिक अवस्था चौपट भएको व्यवसायी बताउँछन्। पोखरा ट्रेडमलका व्यवसायी नवराज त्रिपाठी भन्छन्, ‘अघिल्लोपटक तीन महिनाभन्दा बढी बन्द भएको व्यवसायले खुलेपछि केही आकार बढाउँदै गएको थियो। अब झनै सिथिल हुने अवस्था देखिएको छ।’  

उनका अनुसार व्यवसायले पहिलेकै आकार लिन थालेको थियो। व्यवसायी अघिल्लोपटकको घाटा पूर्ति हुन थाल्दा उत्साही पनि थिए। ‘तर दोस्रो लहरले त्यो उत्साह मेटाइदियो,’ उनले भने। उनी त पोहोरको भन्दा यसपालि घाटा ठूलो हुने ठान्छन्। ‘पोहोर भाडामा व्यवसाय गरेका व्यवसायीलाई घरधनीले भाडा छुट दिएका थिए। अब त्यो अवस्था पनि रहन्न,’ उनले भने, ‘छुट देऊ भन्न पनि सकिन्न।’

व्यवसायी त्रिपाठीका ट्रेडमल भित्र तीनवटा पसल छन्। तीनवटै पसल बन्द गर्दा ठूलो आर्थिक भार बेहोर्नुपर्ने अवस्था निम्तिएको उनले बताए। ‘चीनबाट सामान आउन सहज थिएन। तैपनि व्यवसायीले नेपाली गार्मेन्टको उत्पादनले बजारको माग धानेका थिए,’ फेन्सी व्यवसायी संघ कास्कीका सचिव समेत रहेका त्रिपाठी भन्छन्, ‘अब भने सबै क्षेत्र जोखिममा छ। व्यवसाय भन्दा पनि ज्यान जोगाउन मुस्किल हुने अवस्था देखिएको छ।’

अर्का फेन्सी व्यवसायी मिनराज काफ्ले यो मन्दीले दीर्घकालीन असर पार्ने बताउँछन्। ‘कति महिना व्यवसाय बन्द गर्ने भन्ने निश्चित छैन। अब झनै मन्दी आउने पक्का छ। बजेटमार्फत सरकारले राहत दिए केही सहज होला, नत्र गाह्रो छ,’ काफ्लेले भने, ‘हामीजस्ता व्यवसायी बिस्थापित हुने चिन्तामा छौं।’  

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेल पनि व्यवसाय पहिलेकै आकारमा फर्किनै नपाई धरापमा परेको बताउँछन्। उनले व्यवसायी नै विस्थापित हुने गरी अहिलेको अवस्था सिर्जना भएको बताए। ‘व्यवसाय त डामाडोल हुने अवस्था आएको छ। एकातिर मानवीय क्षति पनि बढिरहेको छ। अर्काेतिर व्यवसायमा भारी नोक्सान छ,’ पोखरेलले भने, ‘यस्तै अवस्था आएमा लुटपाटका घटना पनि बढ्न सक्छन्।’

अहिलेको बन्दले निजी क्षेत्र कोमामा पुगेको उनले बताए। ‘२०२२ सम्म व्यवसाय पुरानै आकारमा आउने आकलन थियो। अब त्यो आशा हरायो,’ उनले भने, ‘पहिलो चरणको लकडाउनपछि व्यवसाय पुरानै आकारमा आउन थालेको थियो। पर्यटन क्षेत्रमा पनि आन्तरिक पर्यटकको आउजाउले केही सहज भएको थियो। अब पर्यटन मात्र नभई सबै क्षेत्र डामाडोल हुने अवस्था आयो।’ कोरोनाका कारण व्यवसायी सधैंका लागि विस्थापित हुने चिन्ता पलाएको उनले बताए। ‘पोहोरभन्दा फरक अवस्था अहिले देखिएको छ। व्यवसाय त नोक्सानमा छ नै, ज्यानै जोगाउन हम्मेहम्मे हुने अवस्था आएको छ,’ पोखरेलले भने। 
अर्को समाचार
हस्त कलाबाट मनग्य आम्दानी
०५ वैशाख २०८१
•
१ मिनेट पाठ
हस्त कलाबाट मनग्य आम्दानी
दाङका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन्। विशेष गरी हस्तकलाका विभिन्न सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल भएका हुन्।




हस्तकलाका सामग्री उत्पादनका माध्यमबाट आयआर्जनका गतिविधिमा जोडिएपछि घर चलाउन सहजतासँगै बचतसमेत गर्ने गरेको लमही नगरपालिका–५ निवासी सरिता चौधरी बताउँछिन्।

हस्तकलासम्बन्धी मेरी हस्तकला उद्योग स्थापना गरेर व्यवसाय गर्दै आएकी चौधरीले कला, संस्कृतिको संरक्षणसँगै आफूजस्ता महिलाका लागि आम्दानीको स्रोत बनेको बताइन्।

हस्ताकलाका सामग्री उत्पादन गरेर आम्दानी गर्दै आएकी चौधरीले भनिन्, ‘हस्तकलासम्बन्धी काम गर्दा हराउँदै गएको सीपको संरक्षणसँगै व्यवसायबाट आम्दानी हुने गरेको छ।’

उनका अनुसार थारू समुदायसँग सम्बन्धित हस्तकलाका सामग्री खपत राम्रो हुने भएकाले बनाउन सके महिनामा १५–२० हजार सजिलै कमाउन सकिने उनले सुनाइन्। 

हस्तकला व्यवसाय नगर्दा घरको काम सकेर फुर्सदिलो भएर बस्नुपर्ने भए पनि काम सुरु गरेपछि पछिल्लो समय फुर्सद नहुने गरेको बताइन्। उनले भनिन्, ‘घरमा काम नहुँदा पहिले दिनभर गफगाफसँगै टिभी, मोबाइल हेरेर समय बित्थ्यो, अहिले कामले गर्दा फुर्सद हुँदैन।’उनले गमला, ढकिया, टोकरी, पेनहोल्डर, हटकेस, थाल टोकरी, ट्रेलगायतका सामग्री बनाउँदै आएकी छिन्। 

सरिता जस्तै सुमित्रा चौधरी पनि हस्तकलाका सामग्री उत्पादन गरी आम्दानी गर्दै आएकी छिन्। तीन वर्षअघि सीप सिकेर हस्ताकलाका सामग्री उत्पादनमा लाग्नुभएकी सुमित्राले महिनामा २० हजारसम्म कमाउने गरेको उनी बताउँछिन्।  

घरको काम गरेर बचेको फुर्सदको समयमा आफूले सामग्री बनाएर बिक्री गर्ने गरेको उनले जानकारी दिइन्। उनले भनिन्, ‘घरको कामसँगै हस्तकलाका सामग्री उत्पादन गर्नुपर्ने भएकाले धेरै समय मिल्दैन। सामग्री उत्पादनमा मात्रै लागेकी महिलाले महिनामा ३० हजारसम्म कमाउने गरेका छन्।’

उनका अनुसार काठमाडौँमा धेरै बिक्री हुने सामग्री मागअनुसार उत्पादन गर्दै आएको बताइन्।-रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस