कृषि पर्यटनका लागि माछा फार्म सञ्चालनको अवधारणा
२४ वैशाख २०७८
•
१ मिनेट पाठ
कृषि पर्यटनका लागि माछा फार्म सञ्चालनको अवधारणा
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषि पर्यटनको विकासका लागि माछा फार्म सञ्चालनको अवधारणा ल्याएको छ. नगरपालिकाले कृषि पर्यटनको विस्तारका लागि खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने फाँटमा माछा फार्म सञ्चालन गर्ने योजना बनाएको हो।




हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारको कुखुरेबेसीमा माछा फार्म सञ्चालनका लागि मत्स्य विकास केन्द्र बालाजुको प्राविधिक सहयोगमा विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भइसकेको मेयर इवन राईले बताए। हलेसी आएका आन्तरिक तथा बाह्य पर्यटकलाई दूधकोसीको किनारमा रहेको कुखुरेबेसीमा पुर्याउने र उनीहरुको बसाई एक/दुई दिन लम्ब्याउने लक्ष्यका साथ नगरपालिकाले माछा फार्मको अवधारणा अघि सारेको जनाएको छ।

कृषि पर्यटनको विकासका लागि कुखुरेबेसीमा फैलिएको करिब ९२ रोपनी जग्गाभित्र रेष्टुरेन्ट, माछापोखरी, स्विमिङ पुल, रिसोर्ट, बगैंचा लगायतका आकर्षक संरचना निर्माण गरिने डिपीआरमा उल्लेख छ। कुखुरेबेसीमा माछापालनका लागि ठूला–ठूला ७ वटा पोखरी निर्माण गरिने छन्। सो स्थानमा पुग्ने व्यक्तिले आफै माछा मार्दै रमाइलो गर्ने व्यवस्था गरिने छ।

करिब ६ करोड ८ लाख ७७ हजार ३३५ रुपैयाँको बजेटमा आवश्यक संरचना निर्माण गरेपछि माछा फार्म भाडामा सञ्चालन गर्न दिइने मेयर राईले बताए। सो स्थानमा फुलबल, भलिबल लगायतका खेलकुदसम्बन्धी गतिविधिका लागि पनि संरचना तयार पारिने जनाइएको छ।  

कुखुरेबेसीको माछा फार्मको सम्भावना बलियो देखिएको मेयर राईले बताए। सो स्थानमा झोलुंगे पुल बन्न लागेकाले माछा फार्म योजना थप फलदायी हुने अपेक्षा गरिएको छ।
अर्को समाचार
हलेसी तुवाचुङमा सामुदायिक विद्यालयको नतिजा निराशाजनक
१७ वैशाख २०८०
•
५ मिनेट पाठ
हलेसी तुवाचुङमा सामुदायिक विद्यालयको नतिजा निराशाजनक
हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ नगरस्तरीय वार्षिक परीक्षा लिएको थियो। यसअघिसम्म कक्षा ८ को मात्रै नगरस्तरीय परीक्षा सञ्चालन गर्दै आएको हलेसी तुवाचुङले गत चैत ९ देखि १६ गतेसम्म कक्षा ४ देखि ९ सम्मको नगरस्तरीय वार्षिक परीक्षा सञ्चालन गरेको हो।




कक्षा ४ र ५ सञ्चालन भइरहेका ४२ र कक्षा ६ देखि ८ सञ्चालन भइरहेका १५  आधारभूत तथा १२  माध्यमिक विद्यालयलाई वार्षिक परीक्षामा सहभागी गराइएको थियो। नगरपालिकाले सञ्चालन गरेको नगरस्तरीय बाह्य मूल्यांकनमा देखिएको विद्यार्थी उत्तीर्ण प्रतिशत भने निराशाजनक छ।

जनता मावि सल्लेका कक्षा ४ मा अंग्रेजी, नेपाली, गणित र सामाजिक विषयमा कुनै पनि विद्यार्थी उत्तीर्ण भएनन्। कक्षा ४ मा विज्ञानमा एक जना मात्र विद्यार्थी उत्तीर्ण हुन सफल भएको पाइएको छ। सोही माविको कक्षा ७, ८ र ९ मा गणितमा उत्तीर्ण दर शून्य देखिएको छ। कक्षा ६ मा गणितमा एक र सामाजिकमा दुई जना मात्र उत्तीर्ण भएका छन्। कक्षा ७ मा सामाजिकमा एक जना उत्तीर्ण भएका छन्।

हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ नगरस्तरीय वार्षिक परीक्षा लिएको थियो।
कुनै पनि विषयमा उत्तीर्ण हुनका लागि विद्यार्थीले आन्तरिक र बाह्य मूल्यांकनमा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गर्नुपर्ने हुन्छ।

यस्तै ज्योति मावि राजापानीको कक्षा ४ मा गणित, सामाजिक र विज्ञानमा एक जना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्। कक्षा ५ मा पनि गणितमा नतिजा शून्य देखिएको छ। कक्षा ६ मा अंग्रेजीमा दुई, नेपाली, गणित, सामाजिक र विज्ञानमा एकएक जना उत्तीर्ण भएका छन्। कक्षा ७ मा गणितमा एक जना मात्रै उत्तीर्ण भएका छन्।

कक्षा ८ मा अंग्रेजीमा तीन, नेपालीमा तीन, गणितमा एक, सामाजिकमा तीन र विज्ञानमा एक तथा कक्षा १० मा गणितमा एक जना मात्र उत्तीर्ण भएका छन्। आन्तरिक मूल्यांकनतर्फ सम्बन्धित विद्यालयले पहिलो र दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गरेको थियो।

यस्तै ज्योति मावि राजापानीको कक्षा ४ मा गणित, सामाजिक र विज्ञानमा एक जना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्।
नगरस्तरीय परीक्षाका लागि उत्तरपुस्तिका र प्रश्नपत्र नगरपालिकाले व्यवस्था गरेको थियो। नगरस्तरीय परीक्षालाई निष्पक्ष बनाउन उत्तरपुस्तिका कोडिङ गरेर फरकफरक विद्यालयलाई परीक्षण गर्न दिइएको थियो।

नगरपालिकाका माविमध्येमा नगरस्तरीय वार्षिक परीक्षामा कालिका मावि बाहुनीडाँडाको उत्तीर्ण दर सबैभन्दा उत्कृष्ट देखिएको छ। कालिका माविका कक्षा ४ देखि कक्षा ९ सम्मका एक सय २१ विद्यार्थी परीक्षामा सहभागी भएकामा ४७ प्रतिशत उत्तीर्ण भएका छन्।

सरस्वती मावि अर्खौलेका परीक्षामा सहभागी एक सय ८९ विद्यार्थीमध्ये ४५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बुलापन्थे मावि धितुङका परीक्षामा सहभागी दुई सय १८ विद्यार्थीमध्ये ४१ प्रतिशत, महेन्द्रोदय मावि हलेसीका परीक्षामा सहभागी दुई सय १८ विद्यार्थीमध्ये ३० प्रतिशत, लक्ष्मी माविका परीक्षामा सहभागी ८४ विद्यार्थीमध्ये २९ प्रतिशत, दुर्छिम माविका एक सय ३२ विद्यार्थीमध्ये २६ प्रतिशत उत्तीर्ण भएका छन्।

यस्तै मालिकादेवी कदुवाका परीक्षामा सहभागी एक सय ११ विद्यार्थीमध्ये २६ प्रतिशत, दाम्ली माविका एक सय २३ मध्ये २४ प्रतिशत, ज्योति मावि राजापानीका एक सय ३५ विद्यार्थीमध्ये १४ प्रतिशत, जनता मावि सल्लेका ७८ विद्यार्थीमध्ये १२ प्रतिशत र च्यास्मिटार माविमा दुई सय ७४ विद्यार्थी परीक्षामा सहभागी भएकामा १० प्रतिशत उत्तीर्ण भएका छन्।

सरस्वती मावि अर्खौलेका परीक्षामा सहभागी एक सय ८९ विद्यार्थीमध्ये ४५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
नगरस्तरीय परीक्षाको नतिजाको आधारमा नगरपालिकाको शैक्षिक अवस्था निराशाजनक देखिए पनि तुलनात्मक रूपमा अन्य स्थानीय तहका विद्यालयसरहकै परिणाम आएको शिक्षा शाखा संयोजक पदक कार्कीले बताएका छन्।

‘नतिजाबारे वैशाख ३ गते समीक्षा गरिसकेका छौं। दुई विषय लागेका छात्रछात्रालाई पाँच अंक ग्रेस दिएर उत्तीर्ण गराउने तथा दुई विषय लागेका तर, ग्रेस अंक दिंदा पनि उत्तीर्णांक नपुग्ने विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा लिने निर्णय गरेका छौं’, उनले भने, ‘शैक्षिक सुधार गर्न नगरस्तरीय पाठ्ययोजना बनाएर कार्यान्वयन गर्दैछौं। एक दशमलव छ जिपीएभन्दा कम अंक आएका विषयका शिक्षकलाई स्पष्टीकरण सोध्नेसम्मको तयारी छ।’

नगरस्तरीय वार्षिक परीक्षाले विद्यालयको शैक्षिक चित्र स्पष्ट देखाएको नगरपालिकाका सामाजिक विकास समिति संयोजक एव वडा नं १ बाहुनीडाँडाका वडाध्यक्ष रुद्रबहादुर राईले बताए। ‘नगरको शैक्षिक संस्थाको रोग पत्ता लागेको छ। शिक्षाको स्तर छ्याङ्ग भएको छ। यसमा शिक्षक दोषी छन्। व्यवस्थापन समिति र अभिभावक पनि दोष भागीदार छन्’, उनले भने,‘कमजोरी पत्ता लाग्यो। अब आवश्यक कार्ययोजनासहित उपचारमा जुट्ने विन्दुमा पुगेका छौं।’

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि नगरपालिकाबाट एक करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। परीक्षा प्रणालीमा सुधार, अंग्रेजी माध्यममा पढाइ, स्थानीय भाषामा पठनपाठन, विद्यार्थीलाई शुल्क मिनाहा लगायतका योजना बनाएर नगरपालिकाले शैक्षिक गुणस्तर सुधारको पहल थालेको हो।

नगरस्तरीय वार्षिक परीक्षाले विद्यालयको शैक्षिक चित्र स्पष्ट देखाएको नगरपालिकाका सामाजिक विकास समिति संयोजक एव वडा नं १ बाहुनीडाँडाका वडाध्यक्ष रुद्रबहादुर राईले बताए।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यकताका आधारमा नगर शिक्षक नियुक्ति, दरबन्दी समायोजन, विद्यालय थपघट लगायतका योजनासमेत बनाइएको थियो। विद्यार्थीलाई सामुदायिक विद्यालयप्रति आकर्षित गर्न सरकारले लागू गरेको दिवा खाजा कार्यक्रमलाई नगरपालिकाले प्रभावकारी रूपमा कार्यान्वयन गराए पनि नतिजाका कारण अभिभावक समेत झस्किएका छन्।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस