सोलुखुम्बुको खुम्बुस्थित सगरमाथा क्षेत्रमा पर्ने ल्होत्से (८,५१६ मिटर) हिमाल आरोहण सुरु भएको छ। आरोहणको बाटो बनाउन डोरी टाँग्ने काम (रोप फिक्सिङ) का लागि गएका ६ सदस्य आरोही सोमबार साँझ ६ः४५ मा ल्होत्से चुचुरामा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले जनाएको छ। ल्होत्से आरोहणका लागि १४ आरोही समूहका ९६ महिला र २९ पुरुष आरोहीले आरोहण अनुमति लिएका छन्।
विभागका निर्देशक मीरा आचार्यले वसन्त यामको ल्होत्से आरोहण पनि औपचारिक रूपमा सुरु भएको बताइन्। त्यसैगरी, पुमोरी (७,१६१ मिटर) हिमालको सफल आरोहण पनि भएको छ। चार नेपाली र दुई भारतीयले सोमबार अपराह्न हिमाल आरोहण गरेको विभागले जनाएको छ। चालु याममा पुमोरी आरोहणमा नौ आरोहीलाई अनुमति दिइएको छ।
वसन्त याममा सगरमाथासहितका विभिन्न हिमालको आरोहण जारी छ। सगरमाथा आरोहण यही वैशाख २४ देखि सुरु भएको थियो। कीर्तिमानी कामीरिता शेर्पा नेतृत्वमा १२ जनाको शेर्पा आरोही समूहले सगरमाथाको चुचुरामा डोरी टाँग्ने कार्यसँगै व्यावसायिक आरोहण सुरु भएको हो।
मन्त्रालयका अनुसार वसन्त यामको हिमाल आरोहणका लागि ७९ देशका ८६ आरोही समूहका जम्मा ७७४ जनाले अनुमति लिएका छन्। तीमध्ये सगरमाथामा मात्रै सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोही छन्।