काठमाडौं-युरोपेली आयोगले नेपालमा उडान गरिरहेका सम्पूर्ण वायुसेवा कम्पनीलाई युरोपेली युनियन (इयु) अन्तर्गतका मुलुकमा उडान गर्न निषेध गरेको छ। आयोगले युरोपेली नागरिकलाई नेपालमा दर्ता भएका जहाजमा यात्रा नगर्नसमेत आग्रह गरेको छ।
आयोगले बिहीबार नेपालका सबै वायुसेवा कम्पनीलाई इयुभित्रका देशमा उडान सञ्चालन गर्न निषेध गरिएको 'इयु हवाई सुरक्षा सूची' सार्वजनिक गरेको हो। नेपालको उड्डयन इतिहासमा यसरी प्रतिबन्ध लगाइएको पहिलोचोटि हो।
आयोगले 'विभिन्न स्रोतबाट प्राप्त नेपालको उड्डयन सुरक्षासम्बन्धी जानकारी तथा नेपाली उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी एवं नेपाली वायुसेवा कम्पनीका अधिकारीको भनाइ सुनेपछि इयु हवाई सुरक्षा सूचीमा नेपाली वायुसेवालाई राखेको' बिहीबार जनाएको छ।
आयोगका अनुसार अब नेपालका कुनै पनि वायुसेवा कम्पनीले युरोप आउन र इयुभित्र उडान गर्न पाउँदैनन्। युरोपेली वायुसेवा कम्पनी र ट्राभल एजेन्टहरूले नेपालमा हवाई यात्रा गर्न नेपाली वायुसेवाको टिकट बुकिङ गरिसकेका युरोपेली पर्यटकलाई उडान नगर्ने निर्णय भएको जानकारी गराउनुपर्ने छ।
'नेपालको वर्तमान उड्डयन सुरक्षाको अवस्था हेर्दा हामीसँग नेपाली वायुसेवालाई इयु हवाई सुरक्षा सूचीमा राख्नैपर्ने अवस्था थियो,' युरोपेली आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा यातायात हेर्ने उपाध्यक्ष सिम कल्लासले भनेका छन्, 'हामीले युरोपेली उड्डयन सुरक्षा एजेन्सीलाई नेपालका लागि उड्डयन सुरक्षा सहायता परियोजनाको तयारी गर्न निर्देशन दिइसकेका छौं।'
नेपाली उड्डयन विज्ञहरूले भने युरोपेली आयोगले हवाई सुरक्षा भन्दै नेपाली वायुसेवालाई निषेध गरे पनि यसको भित्री कारण 'चीनमा निर्मित ५८ सिटयुक्त ...मोडर्न आर्क' (एमए–६०) सिरिजका जहाजलाई नेपालमा उडानयोग्य प्रमाणपत्र (टाइप सर्टिफिकेट) दिइनु' भएको बताए।
नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक पहिलो साता एमए–६० जहाज नेपालमा उडाउन योग्य रहेको भन्दै प्रमाणपत्र दिएको थियो। जबकि, युरोप र अमेरिकाले यो जहाजलाई हालसम्म उडानयोग्य प्रमाणपत्र दिएका छैनन्। यस्ता जहाजका उडान सुरक्षा कमजोर रहेको युरोपली आयोग र इयुको ठहर छ।
नेपालमा उडान गरिरहेका प्रमुख वायसेवा कम्पनीहरूका अनुसार नेपाल आएर जहाजमा यात्रा गर्ने कुल विदेशीको ७० प्रतिशत युरोपेली पर्यटक हुन्छन्। युरोपेली पर्यटक बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटकका रूपमा चिनिन्छन्।
'यो तथ्यांक हेर्दा अब हाम्रो पर्यटन उद्योग छिट्टै ध्वस्त हुनसक्छ,' एक वायुसेवाका उच्च अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बिहीबार नागरिकसँग भने, 'सरकारले चिनियाँ जहाज खरिद गर्ने निर्णय गर्दा त्यसको गम्भीर असर हामी वायुसेवासहित समग्र पर्यटन उद्योगमा पर्ने भयो।'
उनका अनुसार माउन्टेन फ्लाइट, लुक्ला, पोखरालगायत पर्यटकीय गन्तव्य जान युरोपेली पर्यटकले ठूलो परिमाणमा जहाजको प्रयोग गर्छन्। अब युरोपेली आयोगको निर्णयपछि त्यहाँका पर्यटकले हाम्रा जहाजमा उड्नुअघि एकपटक गम्भीर भएर सोच्नेछन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार प्राधिकरणले एमए–६० लाई उडानयोग्य प्रमाणपत्र दिएपछि युरोपेली आयोग र इयुले यसअघि नै आपत्ति जनाएका थिए। उनीहरूले समेत मान्यता नदिएको जहाजलाई नेपालले उडानयोग्य प्रमाणपत्र दिँदा त्यसबाट 'गम्भीर संकट' आउने निश्चित छ।
त्यसपछि युरोपेली आयोगले नेपाली उड्डयन अधिकारीलाई केन्द्रीय कार्यालय ब्रसेल्स बोलाएर समग्र उड्डयन सुरक्षा र एमए–६० बारे उपयुक्त जवाफ मागेका थिए। प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा ब्रसेल्स गएको टोलीमा प्राधिकरणका नायब महानिर्देशक सञ्जीव गौतम, उड्डयन सुरक्षा विभागका निर्देशक भेषराज सुवेदी, नेपाल वायुसेवा निगमका महाप्रबन्धक मदन खरेल तथा वायुसेवा कम्पनीका तर्फबाट बुद्ध एयरका एक, यती एयरलाइन्स र नेपाल वायुसेवा निगमका दुई–दुई, श्री एयरलाइन्सका एक एवं वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा सिमि्रक एयरलाइन्सका कार्यकारी अध्यक्ष क्याप्टेन रामेश्वर थापा सहभागी थिए।
नेपाली टोलीले मंसिर ४ मा नेपालको उड्डयन सुरक्षा अवस्था र एमए–६० जहाजबारे युरोपेली आयोगको उड्डयन सुरक्षा समितिलाई ४० मिनेटसम्म जवाफ दिएका थिए। सम्बद्ध स्रोतका अनुसार उड्डयन सुरक्षाभन्दा चिनियाँ एमए–६० जहाजलाई उडानयोग्य प्रमाणपत्र दिइएको विषयलाई आयोगले गम्भीरतासाथ लिएको थियो।
त्यसपछि आयोगले ६ महिनामा सबै सुधार गर्न निर्देशन दिएपछि ढुक्क भएर आएका नेपाली अधिकारीले अकस्मात निषेध गरिएको खबर बिहीबार पाएका थिए। 'अब के हुने हो, केही बु‰न सकेका छैनौं,' एक वायुसेवाका अधिकारीले भने, 'वायुसेवा निगमलाई जहाज किन्ने निहुँमा सरकारले सिंगो पर्यटन व्यवसायलाई धरापमा पारेको छ।'
ती अधिकारीका अनुसार फ्रान्समा निर्मित एयरबसका जहाज खरिद गर्न २ अर्ब रुपैयाँभन्दा बढी रकम पठाइसकेको वायुसेवा निगमलाई पनि यो निषेधले अप्ठेरो पार्न सक्ने सम्भावना छ। युरोपेली आयोग र इयुले मान्यता नदिएका जहाज उडाउने निगमलाई 'एयरबसका जहाज दिनु हुँदैन' भन्दै एयरबस कम्पनीलाई उनीहरू दबाब दिन सक्छन्।
वायुसेवा निगमकै एक वरिष्ठ क्याप्टेनले एमए–६० जहाजलाई उडानयोग्य प्रमाणपत्र केका आधारमा दिइएको हो, त्यसबारे छानबिन हुनुपर्ने बताए। 'युरोप र अमेरिकाले मान्यता नदिएका जहाजलाई नेपालले कसरी मान्यता दियो?' उनले भने, 'नेपालमा मान्यता दिन हुन्छ भनेर प्रतिवेदन बुझाउने टोली र प्रमाणपत्र जारी गर्ने सबैको योग्यता जाँच्नुपर्छ र उनीहरूलाई छानबिनको दायरामा ल्याउनुपर्छ।'
प्राधिकरणका पूर्वनायब महानिर्देशक शम्भु अधिकारीको संयोजकत्वमा गठित समितिले एमए–६० जहाजलाई नेपालमा उडान गर्न दिन हुने सुझावसहितको प्रतिवेदन गत असोजमा महानिर्देशक सुमनलाई बुझाएको थियो।
अधिकारीसहित समितिको टोलीले दुई साता चीन भ्रमण गरी यस्ता जहाजका डिजाइन तथा उत्पादन गुणस्तरबारे अध्ययन गरेपछि प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदनमा एमए–६० को प्राविधिक पक्ष तथा अन्य योग्यता विश्वसनीय रहेको उल्लेख गरिएको छ। त्यसपछि प्राधिकरणले उडानयोग्य प्रमाणपत्र जारी गरेको थियो।
सम्बद्ध स्रोतका अनुसार चिनियाँ नागरिक उड्डयन प्रशासनको नियम–२५ अनुसार एमए–६० उत्पादन भएको तथा यसको मापदण्ड अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) को नियम–२५ सँग हुबहु मिलेको भन्दै प्राधिकरणले प्रमाणपत्र जारी गरेको हो। सबै विश्वसनीय रहेका कारण यस्ता जहाज नेपाली आकासमा उडाउन योग्य रहेको प्रतिवेदनमा उल्लेख छ।
प्राधिकरणको नागरिक उड्डयन नियमावली २०५८ ले कुनै पनि जहाजसम्बन्धी प्रमाणपत्र जारी गर्न पाउने अधिकार महानिर्देशकलाई दिएको छ। यसैमा टेकेर प्राधिकरणले एमए–६० लाई उडानयोग्य प्रमाणपत्र दिएको हो। यसमा अधिकारी समितिको प्रतिवेदनले थप मद्दत गरेको थियो।
अधिकारी समितिको टोली चीन भ्रमणमा जानुअघि वायुसेवा निगमको प्राविधिक टोली उता गएर आएको थियो। त्यो टोलीले पनि एमए–६० जहाज उडाउन योग्य रहेको सुझाव प्राधिकरणलाई दिएको थियो।
'युरोपको निषेध सूचीमा पर्नु भनेको नाकाबन्दीजस्तै हो। अब विस्तारै उताबाट आउने सहयोग कम हुँदै जान्छ र कालान्तरमा बन्दै हुनसक्छ,' ती क्याप्टेनले भने, 'केहीले यो विषयलाई हामी युरोप जाने होइन निषेध गरेर के भो त भन्दै हल्का रूपमा लिए पनि यसबाट दीर्घकालसम्म गम्भीर असर परिरहन्छ।'
सरकारले एमए–६० जहाज खरिद गरेपछि ती जहाज वायुसेवा निगमलाई उडाउन दिनेछ। सरकारले चीनबाट ल्याउन लागेका ६ जहाजमध्ये दुईवटा एमए–६० र चारवटा 'वाई१२–ई' सिरिजका छन्। वाई१२–ईलाई भने प्राधिकरणले यसअघि नै उडानयोग्य प्रमाणपत्र दिइसकेको छ भने युरोप र अेमरिकाले पनि मान्यता दिएका छन्।
उड्डयन सुरक्षामा ध्यान नदिएका तथा एमए–६० जहाज सञ्चालन गरिहेका २१ देशका २ सय ९५ वायुसेवा कम्पनीलाई युरोपेली आयोग र ईयुले आफ्नो आकासमा उड्न प्रतिबन्ध लगाएका छन्। यसमा नेपालसँगै अफगानिस्तान, अंगोला, कंगो, गिनिया, इरिटि्रया, गाबोन, इन्डोनेसिया, काजकिस्तान, किर्गिस्तान, लाइबेरिया, मोजाम्बिक, फिलिपिन्स, सियरा लियोन, सडान, स्वाजिल्यान्ड, जाम्बियालगायत देश छन्।