काठमाडौं-कानुनी दायरामा आउन बारम्बार मौका दिइँदा अटेर गर्दै आएका क्यासिनोहरूसामु लाचार हुँदै अन्ततः सरकारले नवीकरणका लागि थप तीन महिना दिएको छ। सबै क्यासिनो चार सातादेखि कानुनविपरीत सञ्चालन भइरहेका छन्।
क्यासिनोको लाइसेन्स, रोयल्टी तथा कर उठाउने जिम्मेवारी पाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ती क्यासिनोलाई पुनः तीन महिना म्याद थप्ने प्रस्ताव एक साताअघि मन्त्रिपरिषद लगेको थियो।
प्रस्ताव पुगेलगत्तै बसेको मन्त्रिपरिषद बैठकले गत बिहीबार गैरकानुनी क्यासिनोहरूलाई नवीकरणका लागि थप तीन महिना दिने प्रस्ताव पास गरेको हो। सबै क्यासिनोलाई यसअघि पनि दुईपटक नवीकरणको मौका दिइए पनि अटेर गरेका थिए।
'गैरकानुनी तरिकाले सञ्चालनमा भए पनि सबै क्यासिनोलाई नवीकरण गर्न थप एक मौका स्वरूप तीन महिना दिने निर्णय मन्त्रिपरिषदले गरेको छ,' पर्यटन मन्त्रालय उच्च स्रोतले शनिबार नागरिकसँग भन्यो, 'एक मौका भने पनि क्यासिनोको झन्झटबाट मुक्ति पाउन वर्तमान सरकारले यो राम्रो उपाय लगाएको हो।'
करिब १० हजारजति मजदुर काम गरिरहेका क्यासिनोलाई बन्दै गराउने आँट सरकारसँग नभएपछि नवीकरणको समय थपिएको स्रोतको भनाइ छ। गैरकानुनी सञ्चालन भए पनि एकैचोटि सबैलाई बन्द गरिदियो भने हजारौं मजदुर विरोध गर्दै सडकमा उत्रिने डरबाट बच्न सरकारलाई यसबाट राम्रो विकल्प मिलेको स्रोतले दाबी गरेको छ।
प्रत्येक क्यासिनोमा ठूला राजनीतिक दलका भातृ संगठन छन्। तिनमा कार्यरत मजदुर कुनै न कुनै संगठनमा आबद्ध छन्। अहिले बन्द गराइदियो भने राजनीतिक दलको समेत 'तारो' भइने डर वर्तमान सरकारलाई रहेको स्रोतले बतायो। 'दुईपटक मौका दिँदा पनि टेरपुच्छर नलाएका क्यासिनोको लफडामा सरकार फस्न नचाहेको हो,' स्रोतले भन्यो, 'बरु समय थपिदियो भने नयाँ बन्ने सकारले जे गर्छ–गर्छ भन्ने सोचाइ आएपछि यस्तो निर्णय भएको हो।'
पर्यटन मन्त्रालयले गत साउन ८ मा जारी गरेको 'क्यासिनो नियमावली–२०७०' मा संशोधन गरी तीन महिना म्याद थप्ने प्रस्ताव अनुमोदनका लागि मन्त्रिपरिषद पठाएको थियो। कानुन मन्त्रालयबाट मस्यौदा बनाएपछि पर्यटनले मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो।
नयाँ नियमावलीअनुसार प्रत्येक क्यासिनोले ३५ करोड ५० लाखका दरले १० वटाले ३ अर्ब ५० करोड ५० लाख रुपैयाँ जोहो गर्नुपर्थ्यो। यति परिमाणबराबरको रकम व्यवस्था गर्न सरकारले मंसिर ७ सम्मको अवधि दिएको थियो। उक्त अवधिमा पनि एकरति चासो नदिएका क्यासिनो सञ्चालकलाई फेरि सरकार आफैंले 'भर्याङ चढाएको' हो।
नियमावलीअनुसार प्रत्येक क्यासिनोले आर्थिक वर्ष २०७०/०७१ को रोयल्टीबापत ४ करोडका दरले सरकारलाई बुझाउनुपर्थ्यो। यसअघि वार्षिक रोयल्टी प्रतिक्यासिनो २ करोड रुपैयाँ थियो। नयाँ नियमावलीले यसमा शतप्रतिशत वृद्धि गरेको हो। यस्तो रकम तिर्ने अवधि भदौ मसान्तमै सकिएको थियो।
नतिरेकालाई कात्तिक मसान्तभित्र तिरे १५ प्रतिशत जरिवाना (६० लाख रुपैयाँ) थप तिर्नुपर्थ्यो। तर, कुनै पनि क्यासिनोले उक्त रकम तिरेनन्। त्यसैगरी प्रत्येकले चुक्ता पुँजी २५ करोड, बैंक ग्यारेन्टी ४ करोड, इजाजत दस्तुर २ करोड र निवेदन दस्तुर ५ लाख रुपैयाँ व्यवस्था गर्नुपर्थ्यो।
त्यति ठूलो रकम जोहो गर्ने हैसियत कुनै पनि क्यासिनोको नरहेको भन्दै सञ्चालकहरू सरकारदेखि अदालतसम्म धाएका थिए। तर, कतैबाट सुनवाइ भएको थिएन। नियमावली जारी हुनासाथ पोखरास्थित क्यासिनो ग्रान्ड व्यवस्थापनले बन्द गरेको थियो। त्यसपछि राजधानीको लाजिम्पाटस्थित क्यासिनो सांग्रिला पनि बन्द भएको थियो।
नयाँ बन्ने सरकारले अन्तिम विकल्पका रूपमा 'राजनीतिक प्रतिबद्धता' जुटाउन सक्यो भनेमात्र गैरकानुनी सञ्चालित क्यासिनो बन्द गराउन सकिने सम्बद्ध अधिकारी बताउँछन्।
मुलुकमा रहेका १० क्यासिनोमा हाल आठमात्र सञ्चालनमा छन्। दुईवटालाई सञ्चालकले नै बन्द गरिसकेका छन्। ती क्यासिनोमा करिब ८ हजार मजदुर काम गर्छन्। ती मजदुर विभिन्न राजनीतिक दल निकट ट्रेड युनियनमा आबद्ध छन्।
नयाँ नियमावलीअनुसार क्यासिनोमा जुवा खेल्ने प्रत्येक खेलाडीको ६ महिनासम्मको 'क्लोज सर्किट टेलिभिजन' (सिसिटिभी) दृश्य राख्नुपर्ने, कुनै पनि खेलाडीले जित्ने कूल रकमको २५ प्रतिशत आकस्मिक लाभ कर बुझाउनुपर्ने (यसका लागि क्यासिनोले नै रकम कट्टा गरी खेलाडीलाई प्रमाणपत्र दिनुपर्ने), २५ लाख रुपैयाँसम्मको हारजित हुने खेलाडीको सम्पूर्ण विवरण सम्बन्धित निकायलाई बुझाउनुपर्नेलगायत व्यवस्था समेटिएपछि लगानीकर्ता थप आक्रोशित थिए।
त्यस्तै क्यासिनोका कर्मचारी, सुरक्षा निकाय, राजस्व अनुसन्धान, पर्यटन मन्त्रालय र कर कार्यालयका कर्मचारीबाहेक नेपाली क्यासिनोभित्र भेटिए (खेल्नु पर्दैन) बैंक ग्यारेन्टी ४ करोड जफत हुने तथा सबै क्यासिनोमा स्विमिङ पुल, सौना सुविधा, हेल्थ क्लब, रेस्टुरेन्ट, विविध खेलकुदको व्यवस्था हुनुपर्ने नियम पनि राखिएका छन्।
क्यासिनो सांग्रिला र पोखरा ग्रान्डको भने बक्यौता नभए पनि ती बन्द भइसकेका छन्। बाँकी आठ क्यासिनोले रोयल्टी, करलगायत गरी झन्डै ८० करोड रुपैयाँ सरकारलाई तिर्न बाँकी छ। पाँचतारे होटल सोल्टीस्थित क्यासिनो नेपाल (हाल नाम परिवर्तन भएर क्यासिनो माजोङ) ले मात्र १७ करोड रुपैयाँभन्दा बढी सरकारलाई चुक्ता गर्न बाँकी छ।
हाल राजधानीमा क्यासिनो माजोङ (होटल सोल्टी), सांग्रिला (होटल सांग्रिला), रोयल (होटल याक एन्ड यती), स्टार (होटल हायात), अन्ना (होटल डेल अन्नपूर्ण), एभरेस्ट (होटल एभेरस्ट), भेनस (होटल मल्ल) र र्याड (होटल र्याडिसन) सञ्चालनमा छन्। पोखरामा फूलबारी (होटल फूलबारी) र पोखरा ग्रान्ड (होटल पोखरा ग्रान्ड) छन्।
नियमावलीअनुसार अबदेखि क्यासिनो सञ्चालन गर्न पाँचतारे होटल हुनैपर्ने भन्ने नियम खारेज भएको छ। कुनै डाँडाकाँडा वा नयाँ पर्यटन गन्तव्य वा जुनसकै ठाउँमा पनि पूर्वाधार तयार गरी क्यासिनो सञ्चालन गर्न पाइन्छ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले तोकेबमोजिम क्यासिनोमा विदेशी लगानी गर्न पाइन्छ।