काठमाडौं-लामो समयदेखि व्यापार विस्तार गर्न नसकेको नेपाल ग्यास नयाँ समूहले किनेपछि आधुनिकीकरणसँगै लगानी थपेको छ। अविनाश ह्याचरी समूह र अन्य व्यावसायिक समूहले ग्यास किनेपछि व्यवसाय विस्तार गर्न थालेको हो। ८८ करोड रुपैयाँमा उक्त समूहले ग्यास उद्योग किनेपछि व्यावसायिक विस्तार अगाडि बढाएको हो।
'बजारमा सबैभन्दा सुरक्षित र तोकिएको तौल पाउने ग्यासको रुपमा परिचित भए पनि व्यवसाय विस्तार सुस्त थियो,' समूहका अध्यक्ष गुणचन्द्र बिष्टले आइतबार नागरिकसँग भने, 'हामीले परम्परागत रुपमा अघि बढेको व्यवसायलाई आधुनिकीकरण गदर्ैै व्यावसायिक विस्तारमा लागेका छौं।'
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर जबराले २०२८ सालमा स्थापना गरेको नेपालको पहिलो ग्यासको व्यवसाय विस्तार सोचेअनुसार हुन सकेको थिएन।
नेपालको पहिलो ग्यास कम्पनी र राजनीतिक रुपमा आवद्ध रहेका राणाले यसलाई नाफासँगै उपभोक्ताप्रतिको दायित्व बिर्सिएका थिएनन्। बजारमा राम्रो छवि कायम गरेकोले काठमाडौं उपत्यकामा सबैभन्दा बढी माग नेपाल ग्यासकै छ। तर, कम्पनीले मागअनुरुप क्षमता विस्तार गर्न सकेको छैन। नयाँ समूहले लिनेबित्तिकै 'डबल सिफ्ट'मा ग्यासको रिफिलिङ सुरु भइसकेको छ।
नयाँ आएको समूहले पनि विगतको छवि कायम राखेर व्यावसायिक विस्तारलाई अघि सारेको बिष्टको दाबी छ। नयाँ समूहले लिएपछि ५० हजार नयाँ सिलिन्डर थपिसकेको छ। मागअनुसार ग्यास पुर्याउने उदेश्यले नयाँ सिलिन्डर थपिएको र बालाजुमा रहेको उद्योग क्षेत्रमा यार्ड बनाइएको उनले बताए। उद्योगलाई स्वचालित पद्धतिमा सञ्चालन गर्न प्लान्टमा मेसिनरी थप्ने प्रक्रियासमेत सुरु भएको बिष्टले जानकारी दिए।
'ग्यासलाई थप सुरक्षित र भरपर्दो बनाउन उद्योगलाई अटोमेसनमा लैजाने तयारी गरिसकेका छौं,' उनले भने, 'यो ग्यासलाई हामीले नेपालकै उम्दा ग्यासको रुपमा कायमै राख्नेछौं।' बिष्टले ग्यास कारोबारमा आएका कतिपयले उपभोक्ता ठगिरहेको बताउँदै उपभोक्ताप्रतिको विश्वास जित्न नसक्नेले व्यापार विस्तार गर्न नसक्ने जिकिर गरे।
'उपभोक्तालाई कम तौलको ग्यास दिएर ठग्ने काम भइरहेको छ। प्रत्येक घरको भान्छामा पुग्ने वस्तुलाई सुरक्षित बनाउनेतर्फ पनि ध्यान गएको छैन,' उनले भने, 'यसले ग्यास उद्योगीलाई राम्रो दृष्टिकोणले हेर्ने गरिएको छैन। यसले ग्यास कारोबारलाई नै समस्यामा पारेको छ।' उनले उपभोक्तालाई सन्तुष्ट बनाएर मुनाफा लिने मुख्य उद्देश्य रहेको बताउँदै सुरक्षा र तौलमा उद्योगले कुनै सम्झौता नगर्ने प्रस्ट्याए।
'ग्यास कारोबारमा हामी पहिल्यै आउन चाहेका थियौं। तर ग्यास कारोबारमा देखिएका विकृतिका कारण नआएका हौं,' बिष्टले भने, 'त्यसैले हामीले नेपाल ग्यास किनेर आएका हौं। हामी ग्राहकलाई सन्तुष्ट पारेर बढी कारोबार गर्ने दीर्घकालीन लक्ष्य लिएर अघि बढेका छौं।'
सुरुमा भारतका मुलराज गोकुलदास साझेदार रहेको यो कम्पनीपछि राणाले किनेका थिए।
नेपाल ग्यासले काठमाडौं उपत्यकाका लागि बालाजु औद्योगिक क्षेत्रभित्र प्लान्ट राखेको छ। तराईको बजारलाई लक्ष्य गरेर बाराको सिमरामा पनि प्लान्ट राखिएको छ। सिमरामा कम्पनीको चार बिघा जग्गा छ। काठमाडौंमा यसले नेपाल ग्यासकै ब्रान्डमा कारोबार गर्दै आएको छ भने तराईमा नारायणी ग्यासको नाममा बिक्री हुन्छ। काठमाडौं प्लान्टको क्षमता ८७ र सिमराको सय मेटि्रक टन छ।
पुराना सिलिन्डर नष्ट
नेपाल ग्यासले १ हजार ४६ वटा पुराना सिलिन्डर आइतबार नष्ट गरेको छ। बालाजुस्थित बोटलिङ प्लान्टमा सिलिन्डर नष्ट गरेको हो।
'हामीले पुराना र लिकेज भएका सिलिन्डर नष्ट गरेका हौं,' बजार प्रमुख राजेन्द्र दंगालले भने। २० वर्ष पुराना सिलिन्डर नष्ट गर्नुपर्ने प्रावधान छ। तर अरु बोटलिङ प्लान्टले भने अहिलेसम्म सिलिन्डर नष्ट गरेका छैनन्। पुराना सिलिन्डर प्रयोग गर्दा जोखिम बढी हुन्छ।
नेपाल ग्यासले गत वर्ष ३४ सय पुराना सिलिन्डर नष्ट गरेको थियो। उनका अनुसार सन् २००९ मा उत्पादन भएका सिलिन्डर पनि लिकेज देखिएकोले नष्ट गरिएको हो। दंगालले पछिल्लो केही वर्षमा १२ हजारभन्दा बढी पुराना सिलिन्डर नष्ट गरिसकेको जानकारी दिए।
'हामीले सुरक्षामा सम्झौता नगर्ने भएकोले पुराना सिलिन्डर नष्ट गरेका हौं,' उनले भने, 'यसले हामीप्रति उपभोक्ताको विश्वास पनि बढ्छ।'