बजेटको तयारी अन्तिम चरणमा पुगेका बेला निजी क्षेत्रले कोभिड–१९ नियन्त्रण र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर बजेट ल्याउन आग्रह गरेको छ। स्वास्थ्य पूर्वाधार नहुँदा हजारौं नेपालीले अकालमा ज्यान गुमाउनुपरेको भन्दै आम नागरिकलाई खोप र अस्पतालमा उपकरण खरिद जस्ता विषयलाई ध्यान दिन निजी क्षेत्रले सुझाएको छ।
कोभिडको कारण अर्थतन्त्र तहसनहस भएको भन्दै उद्योगी, व्यवसायीलाई लक्ष्य गरेर आर्थिक पुनरुत्थानका प्याकेज घोषणा गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले माग गरेका छन्। अर्थतन्त्रमा करिब ७० प्रतिशत योगदान पुर्याएको निजी क्षेत्रका मागलाई समावेश गरेमात्र आर्थिक विकास हुने उनीहरूको तर्क छ।
कोभिड महामारी नियन्त्रण गर्ने कामलाई बजेटले पहिलो प्राथमिकतामा राख्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बताए। ‘आम नागरिकलाई खोप लगाउने व्यवस्था गर्नुपर्छ,’ ढकालले भने, ‘स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्छ।’ कोभिड नियन्त्रण नहुँदासम्म जनजीवन सामान्य भएर आर्थिक क्षेत्र चलायमान नहुने उनले बताए। कोभिडले साना तथा ठूला उद्योगमा ठूलो क्षति पुगेकाले निजी क्षेत्रलाई समेटेर आर्थिक पुनरुत्थान प्याकेज ल्याउनुपर्ने ढकालले बताए। ‘महामारीले उद्योग व्यवसाय बन्द भएको छ,’ ढकालले भने, ‘साना तथा मझौला उद्योगलाई राहत दिने गरी आर्थिक पुनरुत्थानका प्याकेज ल्याउनु पर्छ।’
स्वदेशमा उत्पादन गर्न सक्नेको उत्पादन वृद्धि गर्नुपर्ने, उत्पादनशील उद्योगलाई प्राथमिकता दिनुपर्ने, रोजगारी गुमाएकालाई रोजगारमा फिर्ता गर्ने वातावरण बनाउनुपर्ने र व्यावसायिक क्रियाकलापलाई पुरानो लयमा फर्काउन सहयोग गनुपर्ने ढकालले बताए। निजी क्षेत्रले कोरोना प्रभावित व्यवसायीलाई सरकारले चालु आवमा दिएको सहुलियत र सुविधा अझै दुई वर्ष थप्न माग गरको छ। कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचनाको अवधि पनि एक वर्ष थप गर्नुपर्ने र लघु, घरेलु र साना व्यवसायीलाई व्यवसाय निरन्तरताका लागि कर्जा लिन कठिन भइरहेको अवस्थामा प्रक्रिया सरलीकरण गर्नुपर्ने उनीहरूको माग छ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिषकुमार मोरले कोभिड नियन्त्रण र औद्योगिक वातावरण बनाउने बजटे ल्याउनुपर्ने बताए। आम नागरिकलाई खोप लगाउने व्यवस्था गर्नुपर्ने मोरको माग छ। ‘कोभिडको कारण सबै क्षेत्र अस्तव्यस्त बनेको छ,’ मोरले भने, ‘खोप लगाएर कोभिड नियन्त्रणमा प्राथमिकता दिनुपर्छ ।’ मुलुकमा रोजगारी सिर्जनाका लागि सरकारले औद्योगिकीकरणमा पनि ध्यान दिनुपर्ने मोरले बताए। उद्योग, धन्दा नफष्टाउँदा मुलुक आयातमुखी भएकाले निर्यात बढाउने विषयलाई बजेटमा ध्यान दिनुपर्ने बताए। रोजगारी सिर्जना अहिलेको आवश्यकता भएको भन्दै रोजगारीलाई उच्च प्राथमिकतामा राख्न औद्योगिकीकरण आवश्यक भएको बताए। ‘वार्षिक पाँच लाख नयाँ जनशक्ति बजारमा आउँछ,’ मोरले भने, ‘रोजगार दिन नयाँ उद्योग खोल्नुपर्छ।’
कोरोना नियन्त्रण बजेटको पहिलो प्राथमिकता हुनुपर्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल बताउँछन्। खोप लगाएर जनजीवन सहज नहुँदासम्म मुलुकको अर्थतन्त्रमा ठूलो क्षति हुने भन्दै सबै नागरिकलाई खोप लगाउने व्यवस्था गर्नुपर्ने बताए। ‘स्वास्थ्य पूर्वाधार नहुँदा धेरै नागरिकको ज्यान गयो,’ मल्लले भने, ‘स्वास्थ्य पूर्वाधार निर्माणमा बजेट केन्द्रित हुनुपर्छ।’ व्यवसायीलाई सहुलियत दिन पनि बजेट विनियोजन गर्नुपर्ने बताए।
कर संकलन व्यवस्थित गर
निजी क्षेत्रका तीन संस्थाले उद्योगी, व्यवसाीसँगबाट लिने कर संकलनलाई प्रभावकारी र व्यवस्थित बनाउन माग गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गरी स्थानीय तहमार्फत लिने विभिन्न कर हटाउन माग गरेका छन्। सरकारले बजेट ल्याउने तयारी गरिरहेका बेला प्रदेश र स्थानीय तहबाट उठाउने मनोरञ्जन कर, विज्ञापन कर, भूमि कर जस्ता प्रत्यक्ष राजस्व संकलनका क्षेत्रमा अझै पनि समस्या रहेकाले त्यसलाई हटाउन माग गरेका छन्।
महासंघका अध्यक्ष शेखर गोल्छा, परिसंघका अध्यक्ष सतिषकुमार मोर र चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हस्ताक्षर गरेको विज्ञप्तिमा कर हटाउन राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अन्तरसरकारी वित्त परिषद्, प्रदेश परिषद् र नगरपालिका महासंघ तथा गाउँपालिका महासंघलाई अनुरोध गरिएको छ।
तीन संस्थाले दरमा एकरूपता हुनुपर्ने, स्थानीय तहहरूले ठेक्कामार्फत नभइ आफैंले कर संकलन गर्नुपर्ने, कर संकलन गर्ने अधिकारीलाई करको विषयमा तालिम दिनुपर्ने माग गरेका छन्। स्थानीय तहका लागि कर संकलनका लागि कोड उपलब्ध गराउने र बैंक खातामा जम्मा गराउने व्यवस्था गनुपर्ने, करको दर वैज्ञानिक र एकरूपता बनाउन सुझाव दिएका छन्। ठेक्का मार्फत कर उठाउनेले उद्योगी–व्यवसायीलाई धम्क्याउने, जबर्जस्ती कर असुल गर्न खोज्ने विकृति देखिएको बताएका छन्।