काठमाडौं- नेपाल राष्ट्र बैंकले गैरसरकारी संस्थालाई लघुवित्त विकास बैंकमा परिणत गर्ने भएपछि सानो पुँजी भएका संस्थाहरु गाभिने भएका छन्। लघु कर्जा प्रवाह गर्दै आएका ३८ वटा गैरसरकारी संस्थालाई लघुवित्त विकास बैंकमा परिणत गर्न राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेपछि उनीहरुले मर्जरको बाटो रोजेका हुन्।
३८ वटा लघुवित्त संस्थाले विपन्न वर्गमा लगानी गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृति लिएका थिए। २०५७ देखि २०६० को बीचमा अनुमति लिएका यी संस्थाले विपन्न क्षेत्रमा नै लगानी गर्ने भएकाले राष्ट्र बैंकले 'घ' वर्गमा स्तरोन्नति प्रक्रिया अगाडि बढाएको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि यी संस्थालाई लघुवित्त विकास बैंकमा परिणत गर्ने जनाएको छ।
राष्ट्र बैंकका अनुसार ३८ मध्ये आधा संस्थाको पुँजी निकै कम भएकाले ठूला संस्थासँग मर्ज भएर आउने तयारी गरिरहेका छन्। 'एउटै प्रकृतिको काम गर्ने भएकाले लघुवित्त विकास बैंकमा परिणत गर्न लागिएको हो,' राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभाग स्रोतले भन्यो, 'कतिपय संस्थाहरु पुँजीका कारण 'घ' वर्गमा रुपान्तरण हुन असमर्थ रहेकाले मर्जरको विकल्प पनि दिएका छौं।' उनका अनुसार, आवश्यक प्रक्रिया पुर्यानएर लघुवित्त विकास बैंक बन्न लगाइने छ। त्यसका लागि पुँजी अनिवार्य छ। राष्ट्र बैंकले आगामी असार मसान्तभित्र 'घ' वर्गमा परिणत गरिसक्ने लक्ष्य लिएको छ।
स्रोतका अनुसार, मर्जरका लागि गैरसरकारी संस्थाबीच छलफल भइरहेको छ। कतिपय संस्थाका लागि राष्ट्र बैंकले नै सहजीकरण गरिरहेको छ। 'आफू पुँजी बढाउन नसक्ने र मर्जरमा पनि जान नखोज्नेलाई खारेजी प्रक्रियामा लैजान्छौं,' स्रोतले भन्यो।
अहिले नेपाल सिकारा ग्रामीण विकास कार्यक्रम, चारतारे युवा क्लब, युनिक नेपाल, सामुदायिक महिला विकास केन्द्र (स्वेडेक), ग्रामीण जागरण मञ्च, धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र, विकासका लागि स्थानीय स्वयंसेवकहरुको प्रयास, महिला अधिकार तथा विकास केन्द्र, मानुषी, जीवन विकास सेवा केन्द्र नामक गैरसरकारी संस्थाले लघुकर्जा कारोबार गर्दै आएका छन्।
यसैगरी महिला आदर्श सेवा केन्द्र, पाटन बिजनेस एन्ड प्रोफेसनल विमेन, महिला स्वावलम्बन समाज, नेपाल महिला उत्थान केन्द्र, भगवान युवा क्लब, सृजनात्मक महिला वातावरण विकास संस्था, सिर्जना विकास केन्द्र, घरेलु तथा साना उद्योग संघ, आदर्श युवक क्लब, सोसल अपग्रेड इन प्रोग्रेसन अफ एजुकेसन रिजन, नेपाल महिला सामुदायिक सेवा केन्द्र र ग्रामीण महिला विकास संस्थालगायतले लघुकर्जा कारोबार गरिरहेका छन्।
अहिले ३१ वटा 'घ' वर्गका लघुवित्त विकास बैंक छन्। लघुवित्त संस्थाले आठ लाख घरपरिवारलाई ऋण लगानी गरेका छन्। स्थानीय स्तरमा स्रोत परिचालन गरी लगानी गर्ने भएकाले गैरसरकारी संस्थाहरु ग्रामीण क्षेत्रमा राम्रो छाप छोडन सफल छन्।
'लघुवित्त विकास बैंकमा परिणत भएपछि राष्ट्र बैंकको नियमन प्रभावकारी बन्ने छ,' केन्द्रीय बैंक स्रोतले भन्यो, 'अहिले पनि अनुगमन त भइरहेको छ, तर एउटै छातामा ल्याएपछि यसलाई प्रभावकारी बनाउन सकिन्छ।' लघुकर्जा कारोबार गर्न खुलेका गैरसरकारी संस्थाले अन्य काम पनि गर्दै आएका छन्। लघुवित्त विकास बैंकमा परिणत भएपछि भने बैंकिङ कारोबार मात्र गर्न पाउँछन्।
लघुवित्त विकास बैंकहरुले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले भन्दा बढी ग्राहकलाई ऋण लगानी गरेका छन्। गत आर्थिक वर्षसम्म लघुवित्त विकास बैंकहरुले ८ लाख ४९ हजार जनालाई ऋण लगानी गरेका हुन्।
बिपन्न वर्गमा लगानी गर्ने लघुवित्त विकास बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले भन्दा करिब ४ हजारभन्दा बढीलाई ऋण दिएका हुन्। लघुवित्तबाहेकका संस्थाले ८ लाख ४५ हजार जनालाई ऋण दिएका छन्।
लघुवित्त विकास बैंक देशका ६५ जिल्लामा छन्। यिनीहरुको शाखा संख्या ६ सय ३४ छ। लघुवित्त विकास बैंकहरुले न्यूनतम ५ हजारदेखि अधिकतम १ लाख ५० हजार रुपैयाँसम्म लगानी गर्न पाउँछन्।