कोरोना महामारी लम्बिँदा बैंक लगानी घट्यो
२६ जेष्ठ २०७८
•
२ मिनेट पाठ
कोरोना महामारी लम्बिँदा बैंक लगानी घट्यो
दोस्रो लहरको कोरोना महामारीले बैंकहरूको कर्जा लगानीमा असर पुगेको छ। दोस्रो लहरको महामारी सुरु हुँदा त्यति धेरै असर नपरेजस्तो देखिए पनि अहिले आएर समस्या देखिन थालेको पाइएको छ।  




नेपाल बैंकर्स संघका अनुसार जेठ तेस्रो सातासम्म (जेठ १३–२१ सम्म) १३ अर्ब रूपैयाँ निक्षेप संकलन हुँदा आठ अर्ब रूपैयाँ मात्र लगानी हुन सकेको छ। जबकि यसअघि निक्षेप र कर्जा लगानीको अवस्था उस्ताउस्तै र कुनै बेला लगानी बढी हुने गरेको थियो। महामारीका कारण लगानीकर्ता चुप लागेर बस्दा कर्जा लगानी सुस्ताएको बैंकरहरूको अनुमान छ।  

‘यतिखेर पुनः लगानीकर्ताको कर्जाप्रति कम चासो देखिएको छ,’ एक बैंकरले भने, ‘सायद महामारीले लगानीकर्तालाई निरास बनाएको हुनसक्छ।’ पहिलो लहरको कोरोनाका कारण सुस्ताएको बैंकको लगानी कात्तिकपछि निकै बढेको थियो। तर संक्रमणको दोस्रो लहर सुरु भएको दोस्रो महिनामा पुनः बैंकको लगानी सुस्ताएको हो।  

काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा छ। निषेधाज्ञा जारी भएसँगै कर्जा लगानीमा गिरावट आउन थालेको हो भने पछिल्लो सातामा निक्षेपको तुलनामा करिब आधाले मात्र लगानी हुन सकेको छ। यो अवधिमा बैंकहरूले निक्षेपलाई बेवास्ता गर्दा पनि बढेको बैंकरहरू बताउँछन्। ‘हामीहरूले निर्णय गरेर नै ५० हजार रूपैयाँभन्दा कम निक्षेप लिन रोकेका थियौं,’ उनले भने, ‘यस्तो अवस्थामा पनि १३ अर्ब रूपैयाँ निक्षेप संकलन भएको छ।’  

वैशाखको तथ्यांक हेर्ने हो भने बैंकहरूले ३२ अर्ब रूपैयाँमात्रै निक्षेप संकलन गरेका छन्। चैत महिनामा बैंकहरूले ८३ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका थिए। चैतमा बैंकहरूले एक खर्ब ३८ अर्ब रूपैयाँ ऋण लगानी गरेका थिए।

पछिल्लो एक सातामा १३ अर्ब रूपैयाँ निक्षेप संकलन गरेपछि हालसम्म सबै बैंकहरूको निक्षेप ३९ खर्ब ६९ अर्ब रूपैयाँ पुगेको छ। त्यस्तै, आठ अर्ब रूपैयाँले कर्जा बढेपछि हालसम्मको बैंकहरूको लगानी ३६ खर्ब ३४ अर्ब रूपैयाँ पुगेको छ। बैंकरहरू यतिखेर कर्जा लगानी हुने अधिकांश क्षेत्र बन्द भएका कारण सुस्ताएको बताउँछन्। यतिखेर घरजग्गा तथा सवारी साधनमा लगानी हुने कर्जा पनि सुस्ताएको उनीहरूको भनाइ छ।  

विदेशी लगानी ल्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने

अब विदेशी लगानी ल्याउन नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने भएको छ। राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण ब्यवस्थापन विनियमावली–२०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको जनाएको हो। केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको विनियमावली अनुसार लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट स्वीकृति प्राप्त गरेपश्चात विदेशी मुद्रा नेपाल भित्र्याउन पूर्वस्वीकृति लिन अनिवार्य नहुने भनिएको छ। नेपाल भित्रिएको लगानीबापतको रकम बैंक तथा वित्तीय संस्थाले सम्बन्धित कम्पनी तथा उद्योगको खातामा जम्मा गर्न सक्ने बताइएको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
९ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस