काठमाडौं- केही महिना अघिसम्म सुस्ताएको जेनेरेटर र इन्भर्टरको व्यापार फेरी उकालो लाग्न थालेको छ। दैनिक १२ घण्टा लोडसेडिङ बढेपछि जेनेरेटर, इन्भरर्टरको व्यापार केही महिनामा १५ प्रतिशतले बढेको व्यवसायीले बताएका छन्। जेनेरेटरको व्यापार वर्षेनी बढ्दै गए पनि यस वर्ष भने मंसिरको अन्तिम सातादेखि मात्र जेनेरेटर र इन्भर्टरको व्यापार सुरु भएको थियो। दसैं तिहार चुनावका कारण लोडसेडिङ नबढेपछि व्यवसाय स्थिर रहेको थियो।
लोडसेडिङ घटेपछि घरायसी प्रयोजनका लागि विक्री हुने जेनेरेटर तथा इन्भर्टरको व्यापार केही घटेपनि समग्रमा व्यापार बढ्दै गएको मोरङ अटो वर्क्सका सेल्स म्यानेजर अशोक पन्त बताउँछन्। यामाहा र ग्रिभ्स ब्रान्डका जेनेरेटर विक्री गर्दै आएको मोरङ अटो वर्क्सका अनुसार उद्योगहरुलाई पावर सप्लाई नपुग्ने हुनाले बेमौसममा पनि जेनेरेटरको व्यापारमा उत्तिकै हुने गरेको छ। डिपार्टमेन्ट स्टोर, हाउजिङ, होटल, कार्यलय, उद्योगहरुमा प्रयोग हुने भएकाले जेनेरेटरको व्यापारमा बढ्दै गएको उनले बताए। नेपालमा हाइड्रोपावर पुरा नभएकाले लोडसेडिङ बढेमा जेनेरेटर र इन्भर्टरको व्यापार अझै बढ्ने उनको भनाई छ।
लोडसेडिङको समस्या भोग्दै आएको नेपालमा व्यवसायीदेखि सामान्य नागरिकसम्म बिजुलीको वैकल्पिक व्यवस्थामा लागिपरेका छन्। सामान्य नागरिकलाई मैनबत्ती, इन्भर्टर तथा कम क्षमताका ब्याट्रीजस्ता वैकल्पिक माध्यम भए पनि उद्योग तथा व्यवसायका लागि भने जेनेरेटर नै राख्नु अनिवार्य रहेको छ। त्यसमाथि लामो समयको विद्युत कटौतिले इन्भर्टर चार्ज पनि नहुने भएपछि घरायसी प्रयोगमा समेत कम क्षमताका जेनेरेटरको प्रयोग गर्नेहरु बढ्ने व्यवसायीको अनुमान छ।
लोडसेडिङ बढेपछि घरायसी प्रयोजनका लागि प्रयोग हुने २५० भीएदेखि एक हजार ४०० भीएसम्मका इन्भर्टरको व्यापार बढेको स्टार अफिस अटोमेसनकी सेल्स म्यानेजर कृपा घिमिरे बताउँछिन्। लोडसेडिङ नबढ्दा उपभोक्ताले इन्भर्टर खरिद नगरे पनि होटल, कार्यलय, र कर्पोरेट सेक्टरमा इन्भर्टरको बढी प्रयोग हुने गरेको उनले बताइन्। सुकाम ब्रान्डका इन्भर्टर भारतबाट आयात गरिने उनले जानकारी दिइन्। सुकामले २५० भीएदेखि २० केभीएसम्मका इन्भर्टर विक्री गर्ने गरेको छ। २.५ केभीए भन्दा माथिका इन्भर्टरहरु व्यापारिक र कार्यालय प्रयोजनका लागि प्रयोग गरिने घिमिरेले जानकारी दिइन्।
नेपाली बजारमा अहिले वाटर कुल्ड इञ्जिन भएको र एयर कुल्ड इञ्जिन भएका जेनेरेटर उपलब्ध छन्। यसमध्ये वाटर कुल्ड नै बढी उपयुक्त हुने व्यवसायी बताउँछन्। यो मूल्यका हिसाबले पनि एयर कुल्डभन्दा धेरै महँगो नहुने र टिकाउ पनि हुने भएकोले वाटर कुल्डको प्रयोग राम्रो भएको व्यवसायीको भनाइ छ।
बजारमा एसेम्बल्ड गरेको जेनेरेटर पनि प्रयोग हुने गरेका छन्। तर ग्राहकले जेनेरेटर खरिद गर्दा ब्रान्डेड नै नै रोज्नुपर्ने पन्तको भनाइ छ। वारेन्टी हुने र अन्य सुविधा पनि पाइने हुनाले ब्रान्डेड नै रोज्नुपर्ने उनको भनाइ छ। यसका साथै इञ्जिन ढाकिएको जेनेरेटर खरीद गर्दा उपयुक्त हुने व्यवसायीहरुको सुझाव छ। यसले गर्दा आवाज कम आउने र सुरक्षाका हिसाबले पनि राम्रो हुने उनीहरुले बताए।
जेनेरेटर र इन्भर्टरको आयात पनि विस्तारै बढ्दै गएको व्यवासयी बताउँछन्। …अहिले लोडसेडिङ बढेपछि आयात पनि बढेको छ, केही महिना अघि सम्म व्यापार सुख्खा थियो आयात गर्ने अवस्था पनि थिएन,' इन्भर्टर विक्रेता विनोद शाक्यले भने, …लोडसेडिङ बढ्दै गएपछि घरका लागि प्रयोग हुने इन्भर्टर्रको माग बढको उनले बताए। विशेषगरी नेपाली बजारमा भारतबाट आयात गरिएको इन्भर्टर तथा जेनेरेटर विक्री हुने गरेको व्यवसायी बताउँछन्।
अहिले नेपाली बजारमा पोर्टेवलदेखि ठूला जेनेरेटरसम्म उपलब्ध छन्। काठमाडौंमा मात्र एक सयको हाराहारीमा इन्भर्टर र जेनेरेटरका विक्रेताहरु रहेका छन्। अहिले होन्डा, यामाहा, किर्लोस्कर, कोहलर, एसडिएस, ग्रिभ्सलगायतका जेनेरेटर ब्रान्डहरु उपलब्ध छन्।
बजारमा २० देखि २५ केभीए क्षमताका जेनेरेटरको माग बढी रहेको व्यवासयीले बताएका छन्। यामाहाको एक केभिएदेखि २१ केभिए र ग्रीभ्सको १० केभिए देखि ५०० केभिए सम्मको जेनेरेरटर उपलब्ध रहेको पन्तले जानकारी दिए। जापानिज ब्रान्ड यामाहाको जेनेरेटर घरायसी प्रयोजनाका लागि प्रयोग हुन्छ भने भारतीय ब्रान्ड ग्रिभ्सका ठूला जेनेरेटर उद्योग तथा कलकारखानामा प्रयोग हुने उनले जानकारी दिए। कम्पनीमा अहिले ५८ हजार देखि १२ लाखसम्म पर्ने जेनेरेटर उपलब्ध रहेको पन्तले बताए। बजारमा अहिले पेट्रोल, डिजेल, ग्यास र मट्टीतेलले चल्ने जेनेरेटरहरु पनि उपलब्ध छन्।
गोल्छा अर्गनाइजेसनको हुलास पावरले जेनन ब्रान्डका इन्भर्टर र ब्याट्री नेपालमा विक्री गरिरहेको छ। ३२० वाटदेखि १,१०० वाटसम्मका घरेलु प्रयोगका र २ हजार वाटदेखि ८ हजार वाटसम्मको व्यापारिक र कार्यालय प्रयोगको युपिएस विक्री गर्ने गरेको छ। देशका ६० भन्दा धेरै विक्रेतामार्फत जेनन ब्रान्डका युपिएस र इन्भर्टर विक्री भइरहेको हुलास पावरले जनाएको छ।