काठमाडौं- वाइन पारखीहरुको जिब्रोमा अहिले नेपाली स्वाद बस्न थालेको छ। विदेशीको तुलना सस्तो मूल्यमै पाइने नेपाली वाइनप्रति उपभोक्ताको आकर्षण बढेको व्यवसायीहरु बताउँछन्। भन्सार विभागका अनुसार आथिर्क वर्ष २०६९/७० मा २५ करोड ७३ लाख रुपैयाँ बराबरको ९ लाख १८ हजार ८ सय ४९ लिटर विदेशी वाइन आयात भएको थियो। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा भने १२ करोड ५२ लाख रुपैयाँ बराबरको ३ लाख ८२ हजार १ सय ५२ लिटर वाइन विदेशबाट आयात भएको तथ्यांक छ। करिब २६ करोड मूल्यको सवा ७ लाख लिटर विदेशी वाइन गत आवमा भित्रिएको तथ्यांकले नेपालमा ठूलो मात्रामा वाइनका पारखी रहेको देखाउँछ।
केही वर्Èअघिसम्म वाइन पिउन विदेशी उत्पादनमै भर पर्नु पर्थ्यो तर अहिले नेपाली बजारमा मार्क डेभिडसन, ट्याम्बरलाइन, मिराकल, सेरी तथा डन बारासो जस्ता नाम चलेका विदेशी वाइनस“गै नेसी, हिन्वा तथा डा“डाघरे नामका नेपाली वाइन पनि प्रतिस्पर्धामा छन् । बजारमा सस्तो मूल्य र स्वदेशी उत्पादन भएका कारण पनि उपभोक्ताहरु स्वदेशी उत्पादनकै उपभोगतर्फ आकÈिर्त भएको व्यवसायीको अनुभव छ। करिब ४ सयदेखि ५ हजार मूल्यसम्मका विदेशी वाइन पाइने नेपालमा तीन सय ५० देखि नै स्वदेशी वाइन पाइन्छन्।
ललितपुर सातदोबाटोकी नीति शर्मा विगत एक वर्ष देखि नेपाली वाइनका पारखी भएकी छिन् । 'वाइन पिउनु परे नेपाली वाइन नै पिउँछु,' उनी भन्छीन्। सस्तो र गुणस्तरीय पनि भएकाले साथीभाइ, परिवारिक जमघटका बेला नेपाली वाइन नै पिइने उनले बताइन्। अहिले विभिन्न नाम चलेका बार, होटल तथा रेस्टुरा“का मेनुमा समेत नेपाली वाइन समेटिएका छन्। ऐसेलु, चुत्रो, तीतेपाती, सिस्नुजस्ता फरक फलफूल तथा वनस्पतिका स्वादमा पाइने भएकाले नेपाली वाइनले विदेशी पर्यटकको समेत मन जितेको व्यवसायी बताउँछन्।
केही वर्षअघिसम्म वाइन महिलाहरुमा मात्र 'ड्रिंक्स' हो भन्ने धारणा थियो। अहिले यसमा परिवर्तन भएको वेट्रोस डिपार्टमेन्टल स्टोरका सञ्चालक आनन्द श्रेष्ठ बताउँछन्। अन्य अल्कोहलयुक्त पेयपदार्थको तुलनामा वाइन स्वास्थ्यवर्द्धक पनि हुनाले पछिल्लो समयमा नेपाली वाइनप्रति उपभोक्ताको आकर्षण बढेको उनको धारणा छ। सामान्य मदिरा पसलदेखि बेकरी, क्याफे, क्यासिनो, रिसोर्ट, रेस्टुरा“ र पा“चतारे होटलसम्म वाइनको प्रयोग बाक्लै हुन्छ। विवाहका पार्टी, विभिन्न खालका जमघटमा कडा खालका मदिरा नपिउनेलाई वाइन नै पेय पदार्थ बन्दै गएको छ।
नेपालीहरुका लागि उपयुक्त स्वादको वाइन नेपालमै उत्पादन हुनाले पनि यसको प्रयोग बढेेको श्रेष्ठको भनाइ छ। विभिन्न फलफूलहरु अंगुर, सुन्तला, स्याउ आदिबाट बनेको मात्र होइन मह, तीतेपाती, सिस्नु, ऐसेलु, चुत्रोबाट बनेका नेपाली वाइन पनि बजारमा पाइन्छन्। यस्ता वाइनको विदेशमा पनि अत्यधिक माग रहेको व्यवसायीहरुले बताए। उपत्यकामा मात्र मासिक १० हजार बोतलभन्दा बढी नेपाली वाइनको माग रहेको उनीहरुले जानकारी दिए। अहिले मागको करीब ५० प्रतिशत मात्र उपलब्ध गराउन सकिएको उनीहरुको भनाई छ।
विभिन्न ब्रान्डमा पाइने वाइन रेड, ह्वाइट र रोज वर्गमा उत्पादन हुन्छन्। यसको प्रयोगको समय र शैलीमा भने विविधता पाइन्छ। ह्वाइट वाइन गर्मी र बिहानको समयमा पिउनु राम्रो मानिन्छ। त्यस्तै रेड वाइन जाडो मौसम र सा“झमा पिउन उपयुक्त मानिन्छ। वाइन गुलियो, हल्का गुलियो र टर्रो स्वादमा उत्पादन गरिन्छ। विशेषज्ञका अनुसार वाइन खानास“गै पिउ“दा उपयुक्त हुने अग्रहरी फूड एन्ड बेभरेजका प्रोप्राइटर ज्ञानु प्रसाई बताउँछन्।
वाइन पिउनु स्वास्थ्यका लागि फाइदाजनक रहेको प्रसाई बताउँछन्। फलफूलको रस भएकाले स्वास्थ्यका लागि निकै फाइदा पुग्ने उनले बताए। आफूले कस्तो वाइन पिउ“दै छु भन्नेमा सचेत हुनुपर्ने उनको सुझाव छ। उनका अनुसार वाइन मदिराजस्तो मात लाग्ने गरी पिउनु हुदैन। वाइन पिउनाले उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल घटाउने तथा आयु बढाउन समेत मद्दत गर्छ। यसका साथै अरुचि वा खाना अपच भएका बेला यसको प्रयोग राम्रो हुने उनको भनाइ छ।
हाल नेपालमा खपत हुनेमध्ये ३० प्रतिशत बजार हिस्सा नेपाली वाइनले लिएको उत्पादकहरु बताउ“छन्। मकालुले उत्पादन गर्दै आएको हिन्वाको बजारमूल्य ३ सय २० देखि ३ सय ५० रुपैया“सम्म छ। तीतेपातीबाट बनेको नेसी वाइनको ७ सय ५० मिलिलिटरको मूल्य ४ सय ५० रुपैया“ र ४ लिटरको मूल्य एक हजार ८ सय रुपैया“ छ। काठमाडौंमा सकारो फर्मान्टेड , पोखरामा डा“डाघरे र संखुवासभामा मकालु उद्योगले वाइनको उत्पादन गरिरहेका छन्। डाँडाघरे वाइनका आँगन, पिढी, मझेरी, आँटी, तगारो नामका विभिन्न फरक स्वादका वाइनहरु छन् । डाँडाघरेले हाल दैनिक ७ सय लिटर वाइन उत्पादन गरिरहेको कम्पनीले जनाएको छ।
मकालुले वार्षिक २ लाख बोतल वाइन उत्पादन गर्ने जनाएको छ। संखुवासभामा उद्योग रहेको कम्पनीले दुई वर्षअघि वार्षिक १ लाख बोतल उत्पादन गर्थ्यो। माग बढेको कारण उत्पादन बढाएको कम्पनीले जनाएको छ।