मर्जरलाई छोडेका छैनौं
१८ माघ २०७०
•
१२ मिनेट पाठ
मर्जरलाई छोडेका छैनौं
२८ वर्षअघि तत्कालिन ग्रिन्डलेज बैंक नेपालबाट करियर सुरु गरेका उदयकृष्ण उपाध्याय कुमारी बैंकमा सुरुदेखि नै आवद्ध छन्। विभिन्न व्यवस्थापकीय पदमा बसेका उपाध्याय कामु प्रमुख कार्यकारी हुँदै अहिले पुरै जिम्मेवारी लिएर बैंक हाँकिरहेका छन्। आक्रमक बैंकिङका नाममा जनताको पैसा जथाभावी लगानी गर्न नहुने तर्क गर्ने उनी कुमारी बैंकले मर्जरको एजेन्डा नछाडेको बताउँछन्। बैंकको अवस्था, प्रतिफललगायत नागरिकका सुदर्शन सापकोटासँग उपाध्यायले गरेको कुराकानी :केही वर्षदेखि कुमारी बैंक 'लो प्रोफाइल' मा छ। खास कारण के हो?
आक्रमकको परिभाषा के हो? बैंकिङ व्यवसाय गर्ने भनेको आक्रमक भएर होइन। यसको मतलब यो होइन कि हामी 'प्यासिभ' छौं। हल्लाखल्ला गरेर मात्र आक्रमक भइने होइन। हामीले आफूलाई सस्टेन गर्ने गरी कारोबार गर्नु पर्छ, जुन हामीले गरिरहेका छौं। बजार अर्थतन्त्र कसरी चलिरहेको छ? देशको अवस्था के छ? सबै बुझेर रणनीतिक हिसाबले अगाडि बढ्नु पर्छ। कारोबार बढाउने नाममा जनताको पैसा जथाभावी लगानी पनि गर्नु भएन। यद्यपी पछिल्लो समय हामीले प्रविधिमा आधारित बैंकिङलाई आत्मसात गरिरहेका छौं। देशको अवस्था अनुसार कारोबार बढाइरहेका छौं। आक्रमकको नाममा अर्काको ग्राहक खोसेर कारोबार गर्नु पर्छ भन्ने मान्यता हामी राख्दैनौं। 
पुस मसान्त पनि सकियो। दोस्रो त्रैमासलाई हेरेर यो वर्षलाई कसरी विश्लेषण गर्न सक्छौं?
हाम्रो पुससम्म राम्रो वृद्धि छ। निक्षेप र कर्जा लगानी पनि बढेको छ। नाफामा पनि वृद्धि भएको छ। तर हामीले अपेक्षा गरे अनुसारको वृद्धि नभएको पक्का हो। नेपालको लगानी वातावरणलाई हेरेर लक्ष्य प्रक्षेपण गर्न नै गाह्रो छ। हामीले नसोचेको कुराहरु बाहिर विकास भइरहेको हुन्छ तर यसले लगानीलाई प्रभावित गरिरहेको हुन्छ। चैतसम्म ब्याज ११ प्रतिशत राख्दासम्म निक्षेप नपाएको अवस्था थियो। मंसिरमा चुनाव हुन्छ भन्ने विश्वास कसैलाई थिएन। तर बजारमा अधिक तरलता आउन थालेर निक्षेपको ब्याज ६/७ प्रतिशतमा आयो। ५/६ महिनाको अवधिमा ब्याज दर यति तल आउँछ भन्ने प्रक्षेपण गर्न सकेको भए ११ प्रतिशतमा निक्षेप लिनु पर्दैन थियो। निक्षेपको ब्याज घट्न थालेपछि कर्जाको ब्याज घटाउनु पर्योप। तर एक वर्षका लागि लिएको निक्षेपको ब्याज त घट्दैन। यसले पुँजी लागत माथि भएर नाफा प्रभावित भएको हो।
अधिक तरलता भयो तर ऋणको माग भएन। टे्रजरी बिलको बट्टादर लामो समयदेखि आधा प्रतिशतभन्दा तल छ। राष्ट्र बैंकले रिभर्स रिपो भनेर पैसा तान्छ। तर त्यसको ब्याजले खर्च पनि उठ्दैन। भएको कर्जाको ब्याज घट्ने तर लागत माथि नै हुने। लगानीको नयाँ उपकरण नहुने यसले गर्दा नाफा सबै बैंकको प्रभावित भएको छ। 
बैंकले अझै साधारणसभा गर्न सकेको छैन। लगानीकर्ता प्रतिफल कुरिबसेका छन्। कति बाँड्दै हुनु हुन्छ?
प्राविधिक कारणले साधारणसभा ढिलाइ भएको हो। साधारणसभा गर्न हामीले राष्ट्र बैंकसँग तिहारअघि नै प्रारम्भिक सहमति लिइसकेको हो। तर केही कारणले ढिलाइ भएको हो। अब साधारणसभाका लागि धेरै कुर्नु पर्दैन। प्रतिफलको कुरा छ यो सञ्चालक समितिले निर्णय गर्ने कुरा भयो। हाम्रो गत बर्षको नाफाबाट आकर्षक लाभांश दिन पुग्छ भनेर सहजै अनुमान गर्न सकिन्छ। 
कुमारी बैंक भन्ने वित्तिकै मर्जरको कुरा पनि सँगसँगै आउँछ। मर्जरको चर्चा चल्ने तर नहुने किन यस्तो भइरहेको छ?
मर्जर राष्ट्रिय मुद्दा हो। संस्था धेरै भए तर पहुँच बढ्न सकेको छैन भन्ने कुरा पनि आएको छ। ठूलो लगानीको परियोजना आयो भने एउटा दुईटाले लगानी गर्न सक्ने अवस्था छैन। हामीले पनि त्यही भएर मर्जरमा जान खोजेको हो। हामीले मर्जरको एजेन्डा छाडेको छैन। कुराकानी भइरहेको छ। तर परिपक्व नभएकाले बाहिर नआएको हो। मर्जर गर्न सहज पनि छैन सबै कुरा मिलाएर जानु पर्छ। 
दुई वर्षको अवधिमा चर्चामा नआएका संस्था मर्ज भए तर राष्ट्र बैंकले नीति ल्याएदेखि चर्चामा रकेको कुमारीको मर्जर के ले रोक्यो?
केहीले पनि रोकेको छैन। हाम्रो सोच मर्जरको लागि मर्जरमा जाने भन्ने होइन। सिनर्जी आउनु पर्योक मर्जरले। हाम्रो चर्चा बढी हुनुमा नभएका कुराहरु पनि मिडियामा आएर हो। हामीले मर्जरका लागि समिति नै बनाएका छौं। मर्जरमा उल्लेख्य प्रगति भएर बाहिर आउनु पर्ने अवस्था नभइसकेकाले बाहिर नआएको हो। मर्ज गर्छु भनेर साधारणसभाबाट स्वीकृति लिएर मात्र बसेको अवस्था होइन। सबै किसिमका संस्थाहरुसँग मर्जरको छलफल चलिरहेको छ। हाम्रो शाखा धेरै छैन, त्यही भएर शाखा सञ्जाल भएका क्षेत्रीय संस्थाहरुलाई पनि मर्जरमा ल्याउन सकिन्छ। सञ्जाल बढाउने हिसाबले मर्जरको कुराकानी भइरहेको छ। 
तरलता बढेको बढै छ। लगानी हुन सकेको छैन। कसरी व्यवस्थापन गरिरहनु भएको छ?
बैंकले निक्षेप लिन्न भन्न मिल्दैन। गभर्नरले भनेजस्तै तरलता सुखद समस्या हो। पहिले अभाव हुँदा सिआआर पुर्या उन गाह्रो भएको थियो। त्यो समस्याभन्दा अहिलेको समस्या केही हलुका हो। तर यो समस्या लम्बियो भने यो सुखद होइन दुखद पनि हुन सक्छ। ब्याज दर घटिरहेको। यो निरन्तर घट्नु भनेको पक्कै नराम्रो छ। मूल्य वृद्धिको हाराहारीमा निक्षेपको ब्याज हुनु पर्छ। तर यहाँ निक्षेपको ब्याज घट्ने तर मूल्य वृद्धि बढिरहेको अवस्था छ। ब्याज घट्दै जाँदा यहाँको पैसा भारत जाने सम्भावना रहन्छ। पहिले पनि भएको हो। तर बीचमा यसमा सुधार आएको थियो। तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले केही नयाँ उपायहरु लिएर आउनु पर्छ। यो बैंकको मात्र होइन राष्ट्रिय समस्या भइसक्यो अब। कर्जा लगानी नहुने निक्षेप मात्र थपिने हुँदा बैंकको नाफामा प्रभाव पार्छ। यसबाट मूल्य वृद्धिमा दवाव पर्छ। नाफा घटेपछि सरकारको कर पनि घट्छ। 
आर्थिक गतिविधि बढाउनु पर्यो। लगानी बोर्ड आएको दुई वर्ष भयो तर प्रतिफल के आयो त? यो बैंकिङको मात्र समस्या होइन, सबैतिरको समस्या हो। सरकारले लगानी वातारण बनाउनु पर्योक। बैंकले पनि अरुको ग्राहक मात्र तान्नु भएन नयाँ ठाउँ पनि खोज्नु पर्योक। तर सरकार र केन्द्रीय बैंकको पनि त दायित्व हो नि?
स्प्रेड दरले कस्तो प्रभाव पार्न थालेको छ?
प्रभाव त परिहाल्छ। हाम्रो बैंकको स्प्रेड दर ५–६ प्रतिशतको हाराहारीमा छ। यसलाई ५ प्रतिशतमा झार्नु पर्ने भएपछि प्रभावित त भइहालिन्छ। स्प्रेड प्रभाव पार्छ पार्दैनमा भन्दा पनि मेरो मत पोलिसी कति ठिक हो ठिक होइन भन्नेमा हो। खुला अर्थतन्त्रमा यस्तो खालको रेस्टिक्सन हुनु हुँदैन। यो त दोहोरो मापदण्ड भयो। मैलै ब्याज दर बढी लिन्छु भने ग्राहक अर्को सस्तो बैंक खोज्दै जान्छ नि। बढी ब्याज लिने बित्तिकै मेरो व्यवसाय नै चल्दैन। मेरो प्रिमियम लिने अवस्था छ भने त्यो त लिन दिनु पर्योछ नि। 
सँगसँगै सेवा शुल्कको कुरा पनि आइरहेको छ। एकपछि अर्को नीति ल्याएर राष्ट्र बैंक अनुदार भएजस्तो लाग्दैन?
शुल्क बैंकले आफ्नो सेवा सुविधा र सक्षमताका आधारमा लिने हो। सेवा दिनका लागि महँगो प्रविधिको प्रयोग भएको हुन्छ। जनशक्ति प्रयोग भएको हुन्छ। बैंकले गरेको खर्चलाई त नदेखेजस्तो गर्नु भएन नि। अन्तर शाखा कारोबारमा शुल्क लिन नपाउने भन्ने छ। यो भनेको आन्तरिक रेमिटेन्स हो। वाणिज्य बैंकले निःशुल्क यस्तो सुविधा दिनु पर्छ भन्ने त कतै छैन। रेमिटेन्स ओसारपसारमा खर्च त भएकै हुन्छ नि। बैंकले ग्राहकलाई एउटै छानोबाट सबै सुविधा दिन अन्तर शाखा कारोबारको सुरुवात गरेका हुन्। बैंकले दिने भन्दा अतिरिक्त सुविधा दिन्छ भने त शुल्क त लाग्छ । अन्तर बैंक कारोबार गराउने प्रविधि राख्न त बैंकको खर्च भएको छ नि। अतिरिक्त सुविधामा त शुल्क लाग्छ संसारभरी नै। हामीले राष्ट्र बैंकलाई पनि भनेका छौं। हो शुल्कका नाममा जति मनलाग्यो त्यति लिनु भएन। तर एउटा मापदण्डभित्र रहेर शुल्क त लिन पाउनु पर्छ ।


अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
८ घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।




सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस