काठमाडौं- जग्गा मुआब्जाका कारण विवादित २२० केभी खिम्ती–ढल्केबार प्रसारण लाइनको निर्माण आगामी दुई महिनाभित्र पूरा हुने भएको छ। जग्गा विवादका सबै समस्या समाधान भइसकेकाले उक्त अवधिमा निर्माण पूरा हुने संकेत देखिएको हो।नेपाल विद्युत् प्राधिकरणले निर्माणलाई निरन्तरता दिए पनि मुआब्जा तथा क्षतिपूर्ति विवादले पटक–पटक रोकिँदै आएको थियो। पछिल्लो समय कमलामाई मन्दिरका कारण उत्पन्न विवाद स्थानीयकै सहयोगमा समाधान गरिएको आयोजना निर्देशक कन्हैया मानन्धरले बताए।
'निर्माणका लागि अब खासै समस्या छैन, उनले भने, '५ वटा टावर निर्माण गर्न बाँकी छन्, अधिकांश क्षेत्रमा तार तान्ने काम पनि पूरा भइसकेकाले दुई महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको छ।' विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भइरहेको यो आयोजनासँगको सम्झौता सन् २०१३ डिसेम्बरमा सकिएको छ। आयोजनाका लागि आवश्यक थप २० करोड रुपैयाँ दिन अर्थ मन्त्रालय सहमत भइसकेको प्राधिकरणले जानकारी दिएको छ।
उक्त प्रसारण लाइन निर्माणपछि ६० मेगावाटको खिम्ती र ४५ मेगावाटको भोटेकोसीको विद्युत पूर्वमा वितरण गर्न सहज हुनेछ। हालसम्म यी आयोजनाको विद्युत खिम्ती–बाह्रबिसे–काठमाठौंको प्रसारण लाइन हुँदै हेटौंडाबाट पूर्वमा वितरण गर्ने गरिएको छ। यसरी घुमाउरो बाटो प्रयोग गर्दा प्राविधिकरुपमै करिब १० मेगावाट विद्युत चुहावट हुने गरेको प्राधिकरण अधिकारी बताउँछन्।
उक्त आयोजनाको निर्माणपछि आगामी वर्ष हिउँदमा १० मेगावाट विद्युत बचत गर्न सकिने प्राधिकरणका एक अधिकारीले बताए। उनले भने, 'यसले बढ्दो लोडसेडिङमा केही भए पनि राहत थपिन्छ, साथै निजी क्षेत्रले निर्माण गरिरहेका साना आयोजनाको विद्युत पनि यही प्रसारण लाइनमा जोड्न सकिन्छ।'
दोलखा जिल्लाको खिम्तीबाट सुरु भएर रामेछाप, सिन्धुली, महोत्तरी हुँदै धनुषाको ढल्केबर सबस्टेसनमा टुंगिने आयोजनाको हालसम्म करिब ९५ प्रतिशत काम पूरा भएको आयोजनाले जानकारी दिएको छ। ७३ किलोमिटर लामो डबल सर्किट (डबल तार) आयोजनाका लागि १ सय ९० टावर निर्माण हुनेछन्।
४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीलाई लक्षित गरी निर्माण भइरहेको प्रसारण लाइनले उक्त करिडोरमा निर्माण हुने अन्य आयोजनालाई समेत फाइदा पुग्नेछ। प्राधिकरणले गरेको अध्ययनअनुसार सो प्रसारण लाइनमार्फत ५ सय ८५ मेगावाट विद्युत प्रवाह हुन सक्छ। तामाकोसी नदीमै हाल ८७ मेगावाटको तामाकोसी पाँचौं र ६ सय मेगावाटको तामाकोसी तेस्रो निर्माण चरणमा छन्।
आयोजना प्रभावित बासिन्दाका लागि ल्याइएको पुनर्बास कार्यक्रमअनुसार प्रसारण लाइनको ३० मिटर क्षेत्रभित्र पर्ने १७ घर (१ सय जनसंख्या) उपयुक्त स्थानमा स्थानान्तरण गरिएको छ। तीमध्ये ३ वटा रामेछाप, ९ वटा सिन्धुली र ५ घर धनुषामा परेका छन्। आयोजना प्रभावित परिवारमध्ये ९२ प्रतिशत घरधुरीले विद्युत उपयोग गर्ने अध्ययनले देखाएको छ। यो आयोजनाका लागि २ सय १९ हेक्टर जमिन अधिग्रहण गरिएको थियो।