काठमाडौं-म्यानपावर कम्पनीले नियुक्त गर्ने एजेन्ट बढी भएको एउटा सरकारी प्रतिवेदनले औंल्याएको छ। एजेन्टको संलग्नतामा ठगीका घटना बढिरहेको बेला श्रम विभागका महानिर्देशक कृष्णहरि पुस्करको संयोजकत्वमा गठित कार्यदलले म्यानपावर कम्पनीले एउटा देशका लागि बढीमा ४ जनामात्र एजेन्ट राख्न पाउने व्यवस्था गर्न सरकारलाई सुझाएको छ।
म्यानपावर कम्पनीले काठमाडौंदेखि जिल्ला र गाउँगाउँसम्म एजेन्ट राख्ने गरेका छन्। इजाजतपत्र प्राप्त एउटा कम्पनीलाई एक मुलुकको लागि एकजना र बढीमा ४ जनामात्र एजेन्ट राख्न दिनुपर्ने कार्यदलले सुझाएको छ। एक व्यक्तिलाई धेरै कम्पनीको श्रम प्रतिनिधि बन्न दिँदा समस्या आएको कार्यदलको ठहर छ।
श्रम तथा रोजगार मन्त्रालयद्वारा गठित कार्यदलले एजेन्टको नाममा ठगीको उजुरी बढ्दै गएकाले संख्या सीमित गनुपर्ने निष्कर्ष निकालेको हो। यसअघि एउटा कम्पनीले कति एजेन्ट कुन देशका लागि राख्ने भन्ने कुनै प्रावधान थिएन।
कार्यदलले मन्त्रालयका तत्कालका लागि २८ बुँदे र दीर्घकालका लागि समेत केही सुझाव पेस गरेको छ। कार्यदलले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई कामसँग सम्बन्धित कम्तीमा एक महिनाको सीप परीक्षण प्रमाणपत्र लिएर मात्र पठाउने व्यवस्था गर्न सुझाएको छ। वैदेशिक रोजगारीसम्बन्धी निजी क्षेत्रबाट हुने सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्रणालीबाट गर्न सुझाइएको छ।
वैदेशिक रोजगारीमा जानेको अभिलेख राख्ने तर फर्किएकाको नराख्ने गर्दा विदेशमा कार्यरत नेपालीको यथार्थ संख्या अनुमान गर्न नसकिएको भन्दै कार्यदलले मन्त्रालयलाई फर्किएका कामदारको समेत अभिलेख राख्ने व्यवस्था मिलाउन सुझाव दिएको छ।
कार्यदलले वैदेशिक रोजगारीको लागत खर्च पुनरावोकलन गर्न पनि सुझाएको छ। हाल गन्तव्य मुलुकमा जान लाग्ने खर्च तोकिए पनि वैज्ञानिक नभएको गुनासो आइरहेको भन्दै कार्यदलले यसको निराकरणको लागि बिस्तृत विवरणसहितको समयसापेक्ष एवं वैज्ञानिक लागत तोक्ने र समयसमयमा पुनरावलोकन गर्दै जानुपर्नेमा जोड दिएको छ। सरकारले सशुल्क र निःशुल्क वैदेशिक रोजगारीको अवसरबारे समेत स्पष्ट मापदण्ड तयार गरी लागू गर्नुपर्ने कार्यदलको सुझाव छ।
कार्यदलले दीर्घकालीन काममा वैदेशिक रोजगार विभागको संरचना र प्रणालीमा व्यापक परिवर्तनको खाँचो औंल्याएको छ। विभागको संरचना अत्यन्त साँघुरो, समस्यामूलक, केन्द्रिकृत हुँदा सेवा प्रवाहमा ढिलासुस्ती, अनियमितता र भ्रष्टाचार हुने गरेको जनाएको छ। वैदेशिक रोजगारीसम्बन्धी सेवाभित्र पर्ने अन्तिम अधिकार सरकारी निकायमा कायम राख्दै यसका लागि अपनाउनु पर्ने सम्पूर्ण प्रक्रिया र कागजात जाँच गरी स्वीकृतिको लागिमात्र सरकारी निकाय आउने गरी अन्तर्राष्ट्रिय सेवा प्रदायक निजी क्षेत्रलाई प्रतिर्स्धात्मक तरिकाले जिम्मा दिनुपर्ने सुझाव दीर्घकालीन कामको सूचीमा छ।