अब स्मार्ट लकडाउन गर्ने, हवाइ उडान पुनः संचालन हुने
०३ असार २०७८
•
१ मिनेट पाठ
अब स्मार्ट लकडाउन गर्ने, हवाइ उडान पुनः संचालन हुने
कोभिड १९ व्यवस्थापन निर्देशक समितिले असार दोस्रो साताबाट स्मार्ट लकडाउन गर्ने निर्णय गरेको छ। समितिको दोस्रो बैठकले संक्रमणको जोखिम नियन्त्रणसँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित स्मार्ट लकडाउन गर्ने निर्णय गरेको हो।




निषेधाज्ञा कायमै राख्ने र त्यसपछिको अवस्था मूल्यांकन गरी स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने निश्कर्ष समितिले निकालेको छ।

प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशिया जस्ता देशहरुमा हवाइ उडान पुनः संचालन गर्ने निर्णय गरेको छ।

यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाइ उडान सञ्चालन हुने छन्।

बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टिनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ। कुल १५ दिन बस्नुपर्ने क्वारेन्टिनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ।
अर्को समाचार
कास्कीमा भोलिदेखि स्मार्ट लकडाउन
३० पौष २०७८
•
३ मिनेट पाठ
कास्कीमा भोलिदेखि स्मार्ट लकडाउन
कास्कीमा माघ १ गते शनिबारदेखि स्मार्ट लकडाउन लागु हुने भएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार एक विज्ञप्ती निकालेर माघ १ गते शनिबारदेखि कास्की जिल्लाभर स्मार्ट लकडाउन हुने जनाएको हो।




कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण फैलिँदै गएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि कास्की जिल्लाभर माघ १ गतेदेखि अर्को आदेश जारी नभएसम्मका लागि स्मार्ट लकडाउन घोषणा गरिएको जानकारी दिए।

प्रजिअ आचार्यले जारी गरेको विज्ञप्तीमा भनिएको छ, 'कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिस बमोजिम गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड–१९ को पुस २६ गते बसेको बैठकको निर्णयसमेतको आधारमा संक्रामक रोग ऐन २०२० को दफा २, स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) तथा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ बमोजिम आदेश जारी गरिएको छ।’

प्रशासनले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी व्यक्ति जम्मा हुन रोक लगाएको छ। राजनीतिक, सामाजिक तथा सांस्कृतिकलगायतका भेला, महोत्सव, मेला, सभा, सम्मेलनलगायतका कार्यक्रम नगर्न/नगराउन प्रशासनले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना बमोजिम जिल्ला स्थित सम्पूर्ण आधारभूत तथा माध्यमिक विद्यालयहरुको पठनपाठन नगर्ने/नगराउन प्रशासनले आदेश जारी गरेको छ। तर पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाहरु तथा अन्य परीक्षाको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुने गरी सञ्चालन गर्न सकिने जनाइएको छ।

प्रशासनले धार्मिक, पारम्परिक, सांस्कृतिक कार्य गर्दा/गराउँदा परिवारमा मात्र सीमित गर्न भनेको छ। साथै सार्वजनिक सवारी साधनहरु सञ्चालन तथा प्रयोग गर्दा सवारी साधनको सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, चालक/सहचालक र यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सवारी साधनमा सेनिटाइजरको अनिवार्य व्यवस्था गर्न भनिएको छ। लामा दूरीका सवारी साधन तथा हवाईजहाजबाट यात्रा गर्नु पूर्व खोप कार्ड वा कोभिड–१९ को नेगेटिभ रिपोर्ट भएको प्रमाण अनिवार्य लिन/दिन भनिएको छ।

प्रशासनले जिल्लास्थित सेवा प्रदायक निकायहरुमा सेवा प्रवाह गर्दा सेवाग्राहीहरुले अनिवार्य कोभिडविरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने भनेको छ। साथै सेवा प्रदायकहरुले खुल्ला स्थानमा अनिवार्य सामाजिक दूरी कायम गरेर सेवा दिने व्यवस्था मिलाउन पनि भनेको छ।

प्रशासनले कोभिडको बढ्दो संक्रमणलाई दृष्टिगत गरी घरबाहिर निस्कँदा, सार्वजनिक सवारी प्रयोग गर्दा अनिवार्य रुपमा उचित तरिकाले मास्कको प्रयोग गर्ने, भौतिक सामाजिक दूरी कायम गर्नुपर्ने र समय समयमा साबुनपानीले हात धुने वा सेनिटाइजरको प्रयोगसहितका तोकिएका स्वास्थ्य मापदण्ड पालना गर्न/गराउन आदेश जारी गरेको छ।

त्यस्तै, औषधिलगायतका अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृतिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गर्ने उपर कानून बमोजिम कारवाही हुने जनाइएको छ। साथै औद्योगिक तथा व्यवसायीक संस्था, फर्म तथा पसलहरुले तोकिएका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि सञ्चालन गर्नुपर्ने प्रशासनले जारी गरेको आदेशमा भनिएको छ।

माथि जारी गरिएको आदेश उल्लंघन गरेको पाइए प्रचलित कानून बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ।

कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस