काठमाडौं– नेपाल राष्ट्र बैंकले नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन नियन्त्रणमा लिएको छ। केन्द्रीय बैंकले २०६८ पुस २८ गते यसलाई समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेको थियो।
नियमनकारी निकायले दिएको निर्देशन पालना गर्नुको सट्टा उल्टै सर्वसाधारणको निक्षेप हिनामिना गर्ने तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठकै हित हुने काम गरेको भन्दै राष्ट्र बैंकले कम्पनी सञ्चालक समिति निलम्बन गरी व्यवस्थापन आफूले लिएको आइतबार एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।
संस्थाको व्यवस्थापन सम्हाल्न राष्ट्र बैंकका उपनिर्देशकको संयोजकत्वमा तीन सदस्यीय टोली खटाइएको छ।
केन्द्रीय बैंकले संस्थालाई न्यूनतम पुँजी कोष, निष्त्रि्कय कर्जाको अनुपात, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनको समुचित व्यवस्था गर्ने लगायत निर्देशन दिएको थियो। तर, संस्था सञ्चालक समितिले उक्त निर्देशन पालना नगरेकाले हस्तक्षेप गर्नुपरेको राष्ट्र बैंकको विज्ञप्तिमा छ।
संस्थाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डिडिए) प्रतिवेदनले तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठले १९९ करोड हिनामिना र दुरुपयोग गरेको देखाएको छ। श्रेष्ठले नै थप हिनामिना गरेको ६९ करोड रुपैयाँ कर्जा पनि संस्थाले असुल गर्न नसकेको राष्ट्र बैंकले जनाएको छ। अझै संस्थाको २१३ करोड रुपैयाँ कर्जा असुल हुन बाँकी छ।
संस्था स्वयंले पेस गरेको कार्य योजनाअनुसारको असुली अत्यन्त न्यून रहेको र विवेकशील बैंकिङ विधिविपरीतका कैफियत सुधार्न दिइएको निर्देशन सञ्चालक समितिले पालना नगरेको राष्ट्र बैंकले जनाएको छ।
यो सञ्चालक समितिलाई नै निरन्तरता दिइए संस्थाको पुँजी थप क्षय हुने, योगेन्द्रप्रसाद श्रेष्ठले हिनामिना गरेको रकमको छानबिन हुन नसक्ने, निक्षेपकर्ताको हकहित संरक्षण नहुने, लगानीकर्ताको रकम जोखिममा पर्ने र वित्तीय प्रणालीमा दण्डहीनता र अनुशासनहीनता बढन सक्ने भन्दै राष्ट्र बैंक सञ्चालक समितिले व्यवस्थापन नियन्त्रणको निर्णय लिएको विज्ञप्तिमा छ।
वित्तीय क्षेत्रको नियमनकारी निकाय केन्द्रीय बैंकले उपनिर्देशक सन्तोषकुमार घिमिरेको संयोजकत्वमा तीन सदस्यीय टोलीलाई माघ २६ देखि संस्थाको व्यवस्थापन तथा कारोबार सञ्चालन गर्न खटाएको छ। व्यवस्थापन समूहमा सहायक निर्देशक काजीराम कार्की र प्रकाश श्रेष्ठ सदस्य छन्।
राष्ट्र बैंकको टोलीले संस्थाको दैनिक कार्य सञ्चालन र व्यवस्थापन, सञ्चालक समिति, प्रचलित कानुन, संस्थाको प्रबन्धपत्र तथा नियमावलीले प्रदान गरेको सम्पूर्ण अधिकार प्रयोग गर्ने अख्तियारी पाएको छ। संस्थाको साधारण वा विशेष साधारण सभाले गर्ने काम वा अन्य कुनै प्रकारले प्रयोग गर्न पाउने अधिकारको समेत प्रयोग गर्ने अख्तियारी यसलाई छ।
ऋणात्मक रहेको संस्थाको पूँजीकोष पर्याप्त बनाउन तत्काल कायम शेयरधनीको सहभागिता कम गराई अन्य व्यक्तिलाई सेयर बेचेर पुँजी बढाउन लगानीकर्ता खोज्ने अधिकार पनि टोलीलाई छ।
तत्कालीन कार्यकारी अध्यक्ष श्रेष्ठले हिनामिना र दुरूपयोग गरेकोमध्ये असुलउपर हुन बाँकी रकम यकिन गरी असुल गर्ने, संस्थाको ठूला खराब कर्जा असुल गर्न नियमबमोजिम कालोसूचीमा राख्ने लगायत अन्य कानुनी कारबाहीका प्रक्रिया पनि टोलीले टुंग्याउन पाउने छ।
टोलीले संस्था भविष्यमा सुचारु रूपले सञ्चालन गर्न सकिने/नसकिने विषयमा अध्ययन र विश्लेषण गरी स्पष्ट आधारसहितको वैकल्पिक योजना तयार गरी ६ महिनाभित्र राष्ट्र बैंकमा पेस गर्नुपर्नेछ।
संस्थालाई अन्य वाणिज्य बैंक वा वित्तीय संस्थामा गाभ्ने वा संस्थाको सम्पत्ति तथा दायित्व अन्य कुनै वाणिज्य बैंक वा वित्तीय संस्थामा हस्तान्तरण गर्न पहल गर्ने अख्त्यिारी पनि यसलाई छ। टोलीले संस्थामा खटिएको मितिले ३० दिनभित्र ती कार्य सम्पादन गर्ने कार्ययोजना तयार गरी राष्ट्र बैंकको वित्त कम्पनी सुपरिवेक्षण विभागमा पेस गर्नुपर्ने गभर्नरको कार्यालयले जारी गरेको विज्ञप्तिमा छ।