काठमाडौं- यसवर्षको भ्यालेन्टाइन प्रेमीहरुलाई महँगो पर्ने भएको छ। विभिन्न सो पिस, खेलौना, गिफ्ट आइटममा यस वर्ष मूल्य अत्यधिक वृद्धि भएका कारण प्रेमीहरुका लागि यस वर्षको प्रणय दिवस महँगो पर्ने भएको हो। भ्यालेनटाइन डेमा माग हुने र समाग्रीको मूल्यमा अहिले ५० प्रतिशतसम्म बढेको व्यवसायीले बताएका छन्।'भ्यालेनटाइन्स डे' का दिन बिक्री हुने गरेको विभिन्न सजावट तथा उपहारका सामाग्रीहरु नेपालमा चीनबाट भित्रिने गरेको छ। केही महिनादेखि डलरको मूल्य बढेपछि यस वर्ष बजारमा सबै वस्तु महँगिएका छन्। त्यस्तै गत वर्ष दुई हजारमा पाइने टेडी बियरको मूल्य यस वर्ष तीन हजार परेको छ। गत वर्ष पाँच सयमा पाइने फ्रेम यस वर्ष सात सय ५० भएको छ। बजारमा विशेषगरी यस्ता समान खरिद गर्नेमा यूवा पुस्ताकै बाहुल्यता रहेको छ। प्लस टु , स्नातक र स्कुले विद्यार्थी पनि यस्ता सामाग्री खरिद गर्न अगाडि देखिएको वेट्रोस डिपार्टमेन्टल स्टोरका निर्देशक देभिड खड्का बताउँछन्। मूल्य वृद्धि भएपनि आधुनिक युगमा अगाडि बढेका यूवापुस्ता भ्यालेनटाइन डे को आकर्षणले व्यापार पनि चम्केको उनले बताए।
यी समाग्री खरिद गर्न गिफ्ट सपहरु धाउनेमा यूवा पुस्ता र कलेजका विद्यार्थी नै बढी हुने दिस एन्ड द्याट चाबहिलका विक्रेता दिनेश बस्नेतले बताए। कृक्रिम रातो गुलाफ, डल, सो पिस, फ्रेम, मुटु अकारका विभिन्न खाले गिफ्ट आइटम, ग्रिटिङ कार्डलगायत चकलेटको पनि अत्यधिक माग हुने गरेको उनले बताए। यस दिन गुलाफको फूल, उपहार सामाग्री र विभिन्न चकलेटहरु अन्य समयभन्दा दोब्बर बिक्री हुने गरेको व्यवसायी बताउँछन्। बजार ५० रुपैयाँका फूल देखि उपहार अनुसार पाँच हजार सम्मका यस्ता सामाग्री विक्री हुने गरेको व्यवसायीले जानकारी दिएका छन्।
'भ्यालेन्टाइन्स डे' मायाप्रेम र सद्भाव साटासाट गर्ने यस दिन एकअर्काको सम्बन्धलाई अझ प्रगाढ बनाउन हरेक मायालु जोडीहरु उपहार साटासाट र रमाइलो गर्ने गर्छन्। सहरमा केही दिनयता प्रणयदिवसको चर्चास“गै चहलपहल पनि निकै बढेको छ। विगत तीन वर्षदेखि प्रेमिकासँग प्रणय दिवस मनाउँदै आएका काठमाडौंका सुशील अधिकारीलाई पनि यसवर्ष भ्यालेनटाइन डे को बजार महँगो नै लागेको बताए। काठमाडौंकै उपासना श्रेष्ठलाई समेत यस वर्षको भ्यालेन्टाइनमा प्रेमीलाई के उपहार दिने भन्ने दुविधा बढेको छ। 'सबैले मनाउँछन् हामी पनि यस दिन भने एक अर्कालाई विशेष सम्झन्छौ, ' उनले भनिन्।
प्रणयदिवस कतिपयका लागि प्रेम अभिव्यक्त गर्ने उपयुक्त समय भएको छ भने कसैका लागि अझ मलजल गर्ने माध्यम समेत बनेको छ। रोमनबाट शुरु भएको 'भ्यालेन्टाइन्स डे' मनाउने प्रचलन अहिले नेपालमा पनि उत्तिकै महत्वका साथ मनाउन थालिएको छ। अहिले कतिपय पार्क, रेस्टुरेन्ट वा कुनै एकान्तस्थलमा पाका उमेरका मानिससमेत प्रणयदिवसमा रमाइरहेको देख्न सकिन्छ।
काठमाडौंका रेस्टुरेन्ट, गिफ्ट सपहरु पनि प्रणयदिवसका अवसरमा सजाइएका छन्। विभिन्न रेस्टुरेन्टहरु कार्यक्रम आयोजना गर्नुका साथै जोडीहरुका लागि विशेष छुट योजनाहरु पनि ल्याएका छन्। फूलका विभिन्न सामान (बुकी, बास्केट), कट फ्लावर , माला, बगैंचा डिजाइन, इनडोर र आउटडोर प्लान्ट, फ्लावर बुटिक्स, सबै प्रकारका डेकोरेसन र कार्डको सेवा प्रदान गर्ने गरेका छन्।