काठमाडौं– नेपालमा उत्पादन भएका वस्तु तथा सेवाको प्रदर्शनी 'मेड इन नेपाल' एक्स्पो शुक्रबारबाट भृकुटीमण्डपमा सुरु भएको छ। नेपालमा उत्पादन भएका वस्तुको ब्रान्डिङ र व्यापार प्रबर्द्धन गर्न युवा उद्यमी मञ्चले गरेको मेला मन्त्री रामशरण महतले उद्घाटन गरे। उद्घाटन कार्यक्रममा मन्त्री महतले आफ्नै दक्षताले स्वदेशमै वस्तु उत्पादन गरी नेपाली उद्यमीले आर्थिक क्षेत्रमा ठूलो योगदान पुर्याडएको बताए। नेपालमा उत्पादन भएका वस्तु तथा सेवालाई विदेशमा समेत प्रदर्शन गर्न सकिए अन्तर्राष्ट्रिय मान्यता पाउने र नेपालको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ थियो।
प्रदर्शनी कतार र मलेसियामा पनि गर्ने निश्चित भइसकेको मञ्चका मिडिया संयोजक सुदर्शन बस्नेतले बताए। नेपाली वस्तुप्रति चासो दिने उपभोक्तालाई यहीं उत्पादित वस्तु गुणस्तरीय छन् भन्ने विश्वास दिलाउने, नेपाली उपभोक्तालाई जागरुक गराउने र नेपाली वस्तु तथा सेवालाई सबैमाझ चिनाएर उक्त वस्तुको प्रबर्द्धन गर्ने मेलाको उद्देश्य रहेको आयोजकले जनाएको छ। मेलामा नेपाली उद्योगमा उत्पादन भएका खाद्यान्न, कफी, मह, चकलेट, छ्वालीबाट बनेका सजावटका सामग्री, शृंगारका वस्तु, ब्रिकेटलगायत सामग्रीका १ सयभन्दा बढी स्टल छन्।
मेलामा नेपाल टेलिकम, चैतन्य स्पा, मेगा बैंकका स्टल पनि रहेका छन्। बस्नेतका अनुसार मेलामा सानादेखि प्रतिष्ठित र नाम कमाएका ब्रान्ड पनि समावेश गरिएको छ। मेलामा उत्पादन ब्रान्डिङका उपाय र उद्यम गर्नका लागि बैंकबाट पाइने कर्जाको विषयमा विभिन्न सेमिनार पनि सञ्चालन गरिने आयोजकले जनाएको छ। स्वदेशी र विदेशी गरी ५० हजारले मेला अवलोकन गर्ने आयोजकको अपेक्षा छ।
मेलामा सहभागी हुने उत्पादकलाई विदेशी सामग्री नराख्न मञ्चले अनुरोध गरेको छ। मेला अवधिभर वेलनेस हस्पिटलले निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ।