निर्यात व्यापार ३२ प्रतिशतले बढ्यो
०८ असार २०७८
•
३ मिनेट पाठ
निर्यात व्यापार ३२ प्रतिशतले बढ्यो
स्रोत : भन्सार विभाग
मुलुकको वैदेशिक व्यापारमा ठूलो खाडल रहे पनि यो वर्ष निर्यातमा सन्तोषजनक सुधार आएको छ। कोभिड महामारीबीच पनि पोहोरको तुलनामा चालु आर्थिक वर्षमा निर्यात करिब ३२ प्रतिशतले वृद्धि भएको भन्सार विभागले जनाएको छ। पोहोरभन्दा यो वर्षको वैशाखसम्म २६ अर्ब ४२ करोड रूपैयाँ बढीका वस्तु निर्यात भएका छन्।




चालु आर्थिक वर्षको वैशाखसम्म एक खर्ब आठ अर्ब ४८ करोड रूपैयाँका वस्तु निर्यात भएको छ। पोहोर सोही अवधिमा ८२ अर्ब ६ करोड रूपैयाँका वस्तु निर्यात भएको थियो।

नेपालबाट प्रमुख निर्यात हुने वस्तुमा भटमासको तेल, धागो, अलैंची, उनि गलैंचा कार्पेट, जुटका बुनिएका कपडा, चिया, फलफूल जुस लगायत छन्। नेपालबाट सबैभन्दा धेरै भटमासको प्रशोधित तेल निर्यात हुने गरेको छ। १० महिनाको अवधिमा २८ अर्ब ८१ करोड रूपैयाँको प्रशोधित भटमासको तेल निर्यात भएको छ। पाँच अर्ब ७४ करोड रूपैयाँको सेन्थेटिक धागो, पाँच अर्ब ६८ करोड रूपैयाँको अलैंची, पाँच अर्ब ३९ करोड रूपैयाँको उनी गलैंचा कार्पेट, चार अर्ब एक करोडको तयारी कपडा, जुटका बुनिएका कपडा तीन अर्ब २७ करोड चिया तीन अर्ब ३६ करोड रूपैयाँको निर्यात भएको छ।

भारततर्फको निर्यात व्यापार वृद्धि भए पनि चीनतर्फको निर्यात भने घटेको छ। भारततर्फ ३५.८ प्रतिशतले निर्यात बढेको छ भने चीनतर्फ १८.४ प्रतिशतले घटेको छ। निर्यात व्यापारमा भारतसँगको हिस्सा ७३.१ प्रतिशत रहेको छ।

निर्यात व्यापारमा सामान्य सुधार भए पनि मुलुकको व्यापार घाटा वृद्धि हुँदै गएको छ। चालु आर्थिक वर्षको १० महिनामा आयात २२.३४ प्रतिशतले बढेको छ। वैशाखसम्म १२ खर्ब ५४ अर्ब ११ करोड रूपैयाँको वस्तु आयात भएको छ। यो गत वर्षको तुलनामा २२.३४ प्रतिशतले वृद्धि हो। गत वर्ष सोही अवधिमा १० खर्ब २५ अर्ब रूपैयाँका वस्तु आयात भएका थिए। मुलुकको व्यापार घाटा पोहोरभन्दा २१.४८ प्रतिशतले वृद्धि भएको छ। मुलुकको व्यापार घाटा वैशाखसम्म ११ अर्ब ४५ अर्ब ६३ करोड व्यापार घाटा रहेको छ।

१० महिनाको अवधिमा ७० अर्ब ५६ करोड रूपैयाँको डिजेल आयात भएको छ। त्यसैगरी, ५७ अर्ब ४८ करोड रूपैयाँको एमएस बिलेट ३९ अर्ब ४६ करोडको भटमासको कच्चा तेल, ३२ अर्ब नौ करोडको मोबाइल टेलिफोन, २९ अर्ब ५१ करोडको एलपी ग्यास, २६ अर्ब १२ करोडको तयारी कपडा, २६ अर्ब ८८ करोडको पेट्रोल, २३ अर्ब ९१ करोडको चामल, २१ अर्ब ७६ करोड रूपैयाको पोलिथिन दाना आयात भएको भन्सार विभागले जनाएको छ।

सरकारले हरेक वस्तुको उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्ने रणनीति बनाए पनि सफल हुन सकेको छैन। हरेक वर्ष व्यापार घाटा बढिरहेको छ।  

नेपालको वैदेशिक व्यापार देशगत र वस्तुगत आधारमा विविधीकरण गर्नुपर्ने विज्ञहरूले बताउँदै आएका छन्। नगद अनुदानसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएपछि अनुदान प्राप्त वस्तुहरू जडिबुटी, अलैंची, चिया, ऊनी गलैंचा, पस्मिना, जुटका सामान, तयारी पोसाक आदिले निर्यातमा सकारात्मक योदगान पुर्‍याएको छ।

सरकारले व्यापार घाटा कम गर्न औद्योगिक विकास र लगानी प्रवद्र्धनमा जोड दिएको छ। मुलुकको व्यापार घाटा कम गर्दै समृद्धि कायम गर्ने सरकारी लक्ष्य छ।

स्वदेशी वस्तुको बृहत् उत्पादन, बजारीकरण, प्रयोग एवं निकासी प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा मेड इन नेपाल र मेक इन नेपाल अभियान सञ्चालन गर्ने आर्थिक वर्ष ०७८/७९ बजेटमा घोषणा गरेको छ। सिमेन्ट, औषधि, फलामे डन्डी, फर्निचर, जुत्ता लगायत उत्पादनमा आत्मनिर्भर हुँदै निकासी प्रवद्र्धन गर्ने योजना बनाएको छ। घरेलु, साना तथा मझौला उद्योगलाई संरक्षण गरी स्थानीय कच्चा पदार्थ र श्रममा आधारित उत्पादन वृद्धि गर्ने रणनीति बनाएको छ। निर्यातजन्य उद्योगमा विदेशी लगानी आकर्षित गर्ने, हिमालय क्षेत्रको गुणस्तरीय पिउने पानी ब्रान्डिड गरी खाडी लगायत मुलुकमा निकासी गर्ने, निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिएको छ।
अर्को समाचार
विराटनगर नाकाबाट हुने निर्यात ७१ प्रतिशतले बढ्यो
२९ असार २०७९
•
२ मिनेट पाठ
विराटनगर नाकाबाट हुने निर्यात ७१ प्रतिशतले बढ्यो
विराटनगर नाकाबाट हुने निर्यात व्यापार ७१ प्रतिशतले बढेको छ। गत वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको ११ महिनामा विराटनगर नाकाबाट हुने निर्यात ७१ .१२ प्रतिशतले बढेको हो।  




विराटनगर भन्सार कार्यालयको तथ्याँक अनुसार आर्थिक वर्ष ०७७/०७८को जेठ मसान्त सम्ममा ३० अर्ब ८४ करोड १७ लाख ६८ हजार रुपैयाँको बस्तु निकासी भएकोमा चालु आर्थिक वर्षको जेठ मसान्त सम्म ५२ अर्ब ७७ करोड ६९ लाख २५ हजार रुपैयाँको बस्तु निर्यात भएको छ। चालु आर्थिक वर्षको ११ महिनामा विराटनगर नाकाबाट २ खर्ब ४९ अर्ब २८ करोड २० लाख रुपैयाँ बरावरको व्यापार भएको छ। गत वर्ष  २ खर्ब २ अर्ब १५ करोड ४५ लाख रुपैयाँको व्यापार भएको थियो। विराटनगर नाकाबाट चालु आर्थिक वर्षको साउन देखि नै निर्यात बढेको देखिन्छ। 

११ महिनाको अवधिमा सबै भन्दा बढी भदौ महिनामा ६ अर्ब ९ करोड ९९ लाख ३१ हजार रुपैयाँ बराबरको निर्यात भएको छ। भन्सार कार्यालयको तथ्याँक अनुसार साउन देखि मंसिर सम्म मासिक ५ देखि ६ अर्ब बढीको निर्यात भएको देखिए पनि पुस देखि भने निर्यात घट्दै गएर जेठमा आइपुग्दा मासिक साँढे ३ अर्बको मात्रै निर्यात भएको देखिएको छ।  

चालु आर्थिक वर्षको साउनमा  विराटनगर नाकाबाट ५ अर्ब ८६ करोड २९ लाख ७७ हजार रुपैयाँको निर्यात भएको छ। यस्तै भदौमा ६ अर्ब ९ करोड ९९ लाख ३१ हजार, असोजमा ५ अर्ब ३४ करोड ६४ लाख ७१ हजार, कार्तिकमा ५ अर्ब २० करोड ५३ लाख ७४ हजार रुपैयाँको बस्तुहरू निर्यात भएको छ। यस्तै मंसिरमा ६ अर्ब ५ करोड १४ लाख ९७ हजार, पुसमा ४ अर्ब ८१ करोड १५ लाख ९२ हजार, माघमा ४ अर्ब १७ करोड ६१ लाख ५२ हजार, फागुनमा ४ अर्ब २१ करोड ८८ लाख ८ हजार, चैतमा ३ अर्ब ६६ करोड ५६ लाख ४१ हजार रुपैयाँको निर्यात भएको छ। 

यस्तै वैशाखमा ३ अर्ब ८४ करोड ९९ लाख ३४ हजार र जेठमा ३ अर्ब ४८ करोड ८५ लाख ४८ हजार रुपैयाँको निर्यात भएको छ। निर्यातमा सुधार भएसँगै विराटनगर नाकाको व्यापार घाटा पनि सुधार आएको छ। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष विराटनगर नाकाको व्यापार घाटा करिब ९ प्रतिशतले घटेको छ। 

गत आर्थिक वर्षको ११ महिनामा ८३ प्रतिशत रहेको व्यापार घाटा चालु आर्थिक वर्ष ७३.१४ प्रतिशतमा झरेको छ। गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा विराटनगर नाकाबाट १ अर्ब ७१ अर्ब ३१ करोड २८ लाख २४ हजार रुपैयाँको आयात भएकोमा ३० अर्ब ८४ करोड १७ लाख ६८ हजार रुपैयाँको निर्यात भएको थियो। चालु आर्थिक वर्ष आयात बढेर १ खर्ब ९६ अर्ब ५० करोड ५० लाख ८१ हजार रुपैयाँ  बराबरको भएको छ।  यस्तै निर्यात पनि उल्लेख्य बढेर ५२ अर्ब ७७ करोड ६९ लाख २५ हजार रुपैयाँ पुगेको छ। विराटनगर नाकाबाट भटमासको प्रशोधित तेल, जुटका सामाग्री, सेन्सेटिक यार्न, टेक्सटायल, जुटको वोरा, सुर्यमुखिको प्रशोधित तेल, तामाको सिट, चिया, धागो, चाउचाउलगायतका वस्तुहरू निर्यात हुने गरेको छ।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस