बैंक निक्षेप ८ प्रतिशतले बढ्यो
०७ फागुन २०७०
•
८ मिनेट पाठ
बैंक निक्षेप ८ प्रतिशतले बढ्यो
काठमाडौं– पछिल्लो ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८ प्रतिशत ( ९५ अर्ब ४१ करोड) ले बढेको छ। गत वर्ष ६ महिनामा निक्षेप परिचालन ५.३ प्रतिशत (५४ अर्ब १३ करोड) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०७० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन २०.४ प्रतिशतले वृद्धि भएको हो। यस अवधिमा वाणिज्य बैंकहरुको निक्षेप परिचालन ७.२ प्रतिशतले, विकास बैंकहरुको १३.९ प्रतिशतले र वित्त कम्पनीहरुको ८.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको वाणिज्य बैंकहरुको निक्षेप ४.६ प्रतिशतले, विकास बैंकहरुको ७.४ प्रतिशतले र वित्त कम्पनीहरुको ५.८ प्रतिशतले बढेको थियो। 
बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह ७.३ प्रतिशत ( ८३ अर्ब ६६ करोड) ले बढेको छ। गत वर्ष यस्तो कर्जा तथा लगानी ११.२ प्रतिशत (१०८ अर्ब १७ करोड) ले बढेको थियो। समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा तथा लगानी ७.० प्रतिशतले, विकास बैंकहरुको १२.१ प्रतिशतले र वित्त कम्पनीहरुको ६.५ प्रतिशतले बढेकोे छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ९.० प्रतिशत ( ८४ अर्ब ८३ करोड) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १२.३ प्रतिशत ( ९५ अर्ब ७८ करोड) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०७० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १७.३ प्रतिशतले वृद्धि भएको छ। समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ९.३ प्रतिशतले, विकास बैंकहरुको ११.६ प्रतिशतले र वित्त कम्पनीहरुको ०.८ प्रतिशतलेे बढेको छ। 
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको निजी क्षेत्रमा प्रवाहित कर्जा १२.१ प्रतिशतले विकास बैंकहरुको १२.४ प्रतिशतले र वित्त कम्पनीहरुको १३.८ प्रतिशतले बढेको थियो। 
बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २२ अर्ब ३६ करोडले बढेको छ। अघिल्लो वर्षको उक्त क्षेत्रतर्फको कर्जा २१ अर्ब ७८ करोडले बढेको थियो। अघिल्लो वर्षको कृषि क्षेत्रतर्फको कर्जा ८ अर्ब २९ करोडले बढेकोमा यस वर्ष ४ अर्ब ११ करोडले मात्र बढेको छ। निर्माण क्षेत्रतर्फको कर्जा ९ अर्ब ६२ करोडले र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ१ अर्ब ६७ करोडले र थोक तथा खुद्रा व्यापारतर्फको कर्जा २६ अर्ब ३८ करोडले बढेको छ। गत वर्ष निर्माण क्षेत्रतर्फको कर्जा ५ अर्ब २९ करोडले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ ४ अर्ब ३२ करोडले र थोक तथा खुद्रा व्यापारतर्फ २२ अर्ब २८ करोडले बढेको थियो। 
राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर १ अर्ब ६९ करोड खुद खरिद गरी १ सय ६८ अर्ब ९३ करोड बराबरको खुद तरलता प्रवाह गरेकोे छ। गत वर्ष ६ महिनामा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब १९ करोड खुद खरिद गरी १०३ अर्ब ३४ करोडकोे खुद तरलता प्रवाह भएकोे थियो। 
बैंकले अमेरिकी डलर १ अर्ब ४४ करोड बिक्री गरी १४३ अर्ब ६ करोड बराबरको भारु खरिद गरेको छ। गत वर्ष अमेरिकी डलर १ अर्ब ४० करोड बिक्री गरी १२२ अर्ब ४ करोड बराबरको भारु खरिद भएको थियो। 
बैंक तथा वित्तीय संस्थाहरुमा विद्यमान अधिक तरलतालाई खुला बजार कारोबारमार्फत् प्रशोचन गरिएको छ। रिभर्स रिपोमार्फत् ११८ अर्ब ५० करोड र सोझै बिक्री बोल–कबोलमार्फत् ८ अर्ब ५० करोड बराबरको तरलता प्रशोचन राष्ट्र बैंकले गरेको छ। गत वर्ष सोझै बिक्री बोल–कबोलमार्फत् ८ अर्ब ५० करोड बराबरको तरलता प्रशोचन गरिएको थियो। 
वाणिज्य बैंकहरुले ९४ अर्ब ३४ करोड र अन्य वित्तीय संस्थाहरू (विकास बैंक र वित्त कम्पनीहरु) ले ६४ अर्ब २८ करोड बराबरको अन्तर–बैंक कारोबार गरेका छन्। गत वर्ष वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरुले क्रमशः १७४ अर्ब ४१ करोड र ६९ अर्ब २६ करोड बराबरको यस्तो कारोबार गरेका थिए। 
यस वर्ष ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर र अन्तर–बैंक कारोबारको ब्याजदरहरुमा कमी आएको छ। ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर अघिल्लो वर्षको पुस महिनामा १.५२ प्रतिशत रहेकोमा २०७० पुस महिनामा ०.४७ प्रतिशत कायम रहेको छ। वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर अघिल्लो वर्षको पुसमा ०.७१ प्रतिशत रहेकोमा २०७० पुसमा ०.२१ प्रतिशत रहेको छ। अन्य वित्तीय संस्थाहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०६९ पुसमा ४.१३ प्रतिशत रहेकोमा २०७० पुसमा २.६२ प्रतिशत रहेको छ। 
बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.६८ प्रतिशत रहेको छ भने कर्जाको भारित औसत ब्याजदर ११.५३ प्रतिशत रहेको छ। कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ६.८५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो महिनामा यस्तो अन्तर ६.७३ प्रतिशत रहेको थियो। वाणिज्य बैंकहरुको औसत आधार दर २०७० पुस महिनामा ८.७५ प्रतिशत कायम हुन आएको छ। अघिल्लो महिना यस्तो दर ८.८६ प्रतिशत रहेको थियो।


अर्को समाचार
बैंक निक्षेप १८ प्रतिशतले बढ्यो
०८ भदौ २०७१
•
७ मिनेट पाठ
बैंक निक्षेप १८ प्रतिशतले बढ्यो
काठमाडौं– गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन १८.४ प्रतिशत (२ खर्ब १८ अर्ब ६८ करोड) ले वृद्धि भएको छ। अघिल्लो वर्ष निक्षेप परिचालन १७.४ प्रतिशतले बढेको थियो।वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको निक्षेप परिचालन क्रमशः १७.८ प्रतिशत, २९.१ प्रतिशत ५.७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष वाणिज्य बैंक र विकास बैंकहरुको निक्षेप परिचालन क्रमशः १७.९ प्रतिशत र २७.१ प्रतिशतले बढेको थियो भने वित्त कम्पनीहरुको निक्षेप परिचालन ९.६ प्रतिशतले घटेको थियो।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७०/७१ मा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा तथा लगानी १४.४ प्रतिशत (१ खर्ब ६५ अर्ब ४८ करोड) ले वृद्धि भएको छ। अघिल्लो वर्ष यस्तो कर्जा तथा लगानी १८.६ प्रतिशत (१ खर्ब ८० अर्ब २० करोड) ले बढेको थियो। समीक्षा वर्षमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको कर्जा तथा लगानी क्रमशः १३.७ प्रतिशत, २७.० प्रतिशत र ४.३ प्रतिशतले बढेको छ।
उक्त वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १८.७ प्रतिशत ( १ खर्ब ७६ अर्ब १४ करोड) ले बढेको छ। अघिल्लो वर्ष यस्तो कर्जा २०.८ प्रतिशत (१ खर्ब ६१ अर्ब ९२ करोड) ले बढेको थियो। निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १८.७ प्रतिशत र विकास बैंकहरुको २९.३ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको २.१ प्रतिशतले घटेको छ।
बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ३२ अर्ब १० करोडले बढेको छ।
अघिल्लो वर्ष उक्त क्षेत्रतर्फको कर्जा ३४ अर्ब २१ करोडले बढेको थियो। अघिल्लो वर्ष कृषि क्षेत्रतर्फको कर्जा १० अर्ब ९९ करोडले बढेको तुलनामा समीक्षा वर्षमा ११ अर्ब १३ करोडले बढेको छ। समीक्षा अवधिमा निर्माण क्षेत्रतर्फको कर्जा २३ अर्ब ४९ करोडले, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा ४५ अर्ब ९४ करोडले र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३ अर्ब ४५ करोडले बढेको छ। अघिल्लो वर्ष उक्त क्षेत्रहरुमा प्रवाहित कर्जा क्रमशः १३ अर्ब ५३ करोड, ३६ अर्ब ९० करोड र ७ अर्ब ७५ करोडले बढेको थियो।
आर्थिक वर्ष २०७०/७१ मा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ३ अर्ब ५२ करोड खुद खरिद गरी ३ खर्ब ४३ अर्ब ४६ करोड बराबरको खुद तरलता प्रवाह गरेको छ। अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब २२ करोड खुद खरिद गरी २ खर्ब ८५ अर्ब ३ करोडको खुद तरलता प्रवाह भएको थियो। उक्त अवधिमा अमेरिकी डलर ३ अर्ब १४ करोड बिक्री गरी ३ खर्ब ७ अर्ब ९८ करोड बराबरको भारु खरिद भएको छ। अघिल्लो वर्ष अमेरिकी डलर ३ अर्ब १२ करोड बिक्री गरी २ खर्ब ७४ अर्ब ४४ करोड बराबरको भारु खरिद भएको थियो।
बैंक तथा वित्तीय संस्थाहरुमा विद्यमान अधिक तरलतालाई खुला बजार कारोबारमार्फत् प्रशोचन गरिएको छ। यस अवधिमा रिभर्स रिपोमार्फत् पटकपटक गरी ६ खर्ब अर्ब ५० करोड र सोझै बिक्री बोलकबोलमार्फत् ८ अर्ब ५० करोड बराबरको तरलता प्रशोचन गरिएको छ। अघिल्लो वर्ष सोझै बिक्री बोलकबोलमार्फत् ८ अर्ब ५० करोड बराबरको तरलता प्रशोचन गरिएको थियो।
आर्थिक वर्ष २०७०/७१ मा वाणिज्य बैंकहरुले २ खर्ब ७६ करोड र अन्य वित्तीय संस्थाहरू (विकास बैंक र वित्त कम्पनीहरु) ले १ खर्ब ७१ अर्ब ६ करोड बराबरको अन्तर–बैंक कारोबार गरेका छन्। अघिल्लो वर्ष वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरूले क्रमशः ७ खर्ब २५ अर्ब ७७ करोड र १ खर्ब ८४ अर्ब ५८ करोड बराबरको यस्तो कारोबार गरेका थिए। समीक्षा अवधिमा स्थायी तरलता सुविधाको भने उपयोग भएको छैन।
२०७० असारको तुलनामा २०७१ असारमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर र अन्तर–बैंक कारोबारको ब्याजदरहरुमा कमी आएको छ। ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर २०७० असारमा १.१९ प्रतिशत रहेकोमा २०७१ असारमा ०.०२ प्रतिशत कायम रहेको छ। वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७० असारमा ०.८६ प्रतिशत
रहेकोमा २०७१ असारमा उक्त ब्याजदर ०.१६ प्रतिशत रहेको छ। अन्य वित्तीय संस्थाहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७० असारमा ५.०३ प्रतिशत रहेकोमा २०७१ असारमा २.४० प्रतिशत रहेको छ। ब्याजदर अन्तर गणना गर्ने संशोधित विधि अनुसार २०७१ असार महिनामा वाणिज्य बैंकहरुको भारित औसत ब्याजदर अन्तर ५.१५ प्रतिशत (कृषि विकास बैंक लिमिटेड बाहेक) रहेको छ। वाणिज्य बैंकहरुको औसत आधार दर २०७० असारको ९.८३ प्रतिशतको तुलनामा २०७१ असार महिनामा ८.३६ प्रतिशत कायम हुन आएको छ।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस